Skip to main content

Posts

Showing posts from June 4, 2022

शिक्षा, स्वास्थ्य र सञ्चारलाई किन विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ ?

शिक्षा शिक्षा मर्यादित एवम् सभ्य जीवन विकासको एक महत्त्वपूर्ण आधार हो । ज्ञानमा आधारित समाजको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ । शिक्षाको माध्यमबाट नै व्यक्तिमा सकरात्मक चिन्तनको विकास गर्न सकिन्छ । निर्दिष्ट गरिएका योजनाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्भव हुन्छ । तसर्थ शिक्षालाई विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ । साक्षरता देश विकासको मुख्य आधार हो । विकासका निम्ति चाहिने मानवीय स्रोतको आपूर्ति शिक्षित जनशक्तिबाट हुन्छ । विभिन्न क्षेत्रमा चाहिने दक्ष जनशक्ति विकास शिक्षाबाट मात्र सम्भव हुन्छ । शिक्षाले व्यक्तिको क्षमता पहिचान गरी त्यसको सिर्जनशील प्रयोगमा जोड दिन्छ । वर्तमान समाजमा साक्षरताको अवधारणामा परिवर्तन भएको पाइन्छ । पहिले पढ्ने, लेख्ने र अङ्क गणितका सामान्य समस्या समाधान गर्न सक्ने व्यक्तिलाई साक्षर भनिन्थ्यो । वर्तमान सन्दर्भमा पढाइ, लेखाइ, अङ्क गणित, अधिकार, उत्तरदायित्व, आपसी सम्बन्ध, सामान्य डिजिटल साक्षरता तथा मनोरञ्जन जस्ता गुण भएको व्यक्तिलाई साक्षर व्यक्ति भनिन्छ । साक्षरतालाई सशक्तीकरणको माध्यमको रूपमा पनि लिन सकिन्छ । साक्षरता भनेको पढाइ, ल