Skip to main content

Posts

Showing posts from August 2, 2021

आ.व.२०७७/०७८ को नेपालको अन्तर्राष्ट्रिय व्यापार स्थिति

 ✈. आर्थिक वर्ष (आ.व.) ०७७/०७८ मा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तु कुन हो ?? ➤ भटमासको तेल  ✈. नेपालमा वार्षिक औसत कति मात्रामा भटमासको तेल उत्पादन गरिन्छ ?? ➤ ३० हजार मेट्रिकटन ✈. आ. व. ०७६/७७ मा १२ अर्ब ६९ करोड रुपैयाँको भटमासको तेल निर्यात गरेको नेपालले आ.व.०७७/७८ मा कतिको गरेको छ ?? ➤ ५३ अर्ब ६५ करोड रुपैयाँँ ✈. नेपालबाट दोस्रो धेरै निर्यात हुने वस्तु कुन हो ?? ➤ सिन्थेटिक यार्न धागो ✈. आ.व.०७७/७८ मा नेपालबाट धेरै निर्यात हुने प्रमुख १० वस्तुहरू कुन-कुन हुन् ?? ➤ यसप्रकार छन्ः ✈. ०७७/०७८ मा नेपालले सबैभन्दा बढी आयात गरेको वस्तु कुन हो ?? ➤ डिजेल ✈. आ.व.०७७/७८ मा नेपालले आयात गरेको प्रमुख १० वस्तुहरू कुन-कुन हुन् ?? ➤ यसप्रकार छन्ः ✈. आ.व.०७७/७८ मा ९१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा आ.व.०७६/७७ मा कति भएको थियो ?? ➤ ८७ अर्ब ३७ करोड रुपैयाँ ✈. आर्थिक वर्ष ०७७/७८ मा नेपालले कति बराबरको वैदेशिक व्यापार गरेको छ ?? ➤ १६ खर्ब ८० अर्ब रुपैयाँ ✈. आ.व.०७७/७८ मा नेपालको कूल आयात कति हो ?? ➤ करिब १५ खर्ब ३९ अर्ब ✈. आ.व.०७७/७८ मा नेपालको कूल निर्यात कति हो ?? ➤ १ खर्ब ४१

नगरपालिका (Municipality)

 🏠. नगरपालिका भन्नाले के बुझिन्छ ?? वा नगरपालिका भनेको के हो ?? ➤ गाउँपालिका भन्दा अलि ठूलो क्षेत्र र जनसङ्ख्या समेटेको स्थानीय तहलाई नगरपालिका भनिन्छ। ➤ नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो। 🏠. नगरपालिका कति प्रकारको हुन्छन् ?? ➤ ३ ➤ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका 🏠. हाल नेपालमा कति नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छन् ?? ➤ २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका 🏠. नगरपालिकालाई के-के को आधारमा विभाजन गरिन्छ ?? ➤ आयस्रोत, जनसङ्ख्या, क्षेत्र, विकास, सुविधा आदि 🏠. नगरपालिकामा कम्तीमा कति देखि बढीमा कति ओटा सम्म वडाहरू रहने व्यवस्था छ ?? ➤ ९ देखि ३५ ओटा सम्म वडाहरू 🏠. नगरपालिकाको न्यायिक समितिमा को-को हुन्छन् ?? ➤ नगर उपप्रमुखको संयोजकत्वमा अन्य दुई जना सदस्यहरू। 🏠. नगरसभा भनेको के हो ?? ➤ संविधानको धारा २२३ बमोजिम नगरपालिकाको व्यवस्थापकीय कार्य गर्ने अङ्गलाई नगरसभा भनिन्छ। ➤ नगरसभामा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू रहेका हुन्छन्। 🏠. नगर कार्यपालिका भनेको के हो ?? ➤ नगरपालिकाको सम्पूर्ण कार्य विभाजन र सम्पादन गर्ने कार्यकारिणी अङ्गलाई नगर क