Skip to main content

Posts

Showing posts from January 5, 2023

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा परिमार्जन गरेको छ। परिमार्जनका प्रमुख १० बुँदाहरु निम्नानुसार छन:

१. रु.१ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २०% वा ४०% को अधिकतम सिमा नलाग्ने। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने। २. रु.१ करोड देखि रु.२ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमालाई ४०% को अधिकतम सिमा बनाईयो। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने। ३. रु.२ करोड भन्दा बढि चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमा Fluctuating working capital को लागी यथावत। Permanent working capital को लागी कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाईयो। ४. चालु पुजी को आबधिक सिमा निर्धारण गर्दा ५ बर्षको अनुमानित विवरण को सट्टा ३ बर्षको वित्तीय बिवरण बिष्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ बर्षको विवरण यथावत। ५. ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले चालु सम्पत्ति तथा दायित्व को मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धवार्षिक बनाईयो। ६. कर्जा अधिकारीले चालू पूज