Skip to main content

Posts

Showing posts from November 7, 2021

केन्द्रीय बैँक तथा संवैधानिक अङ्ग सम्बन्धी लामो प्रश्नोत्तर:

🏦. नेपाल राष्ट्र बैँकलाई किन केन्द्रीय बैँक भनिन्छ ?? कारण सहित पुष्टि गर्नुहोस्। वा 🏦. नेपाल राष्ट्र बैँकलाई केन्द्रीय बैँक भन्नुका कारणहरु उल्लेख गर्नुहोस्। ➤ उत्तर:- नेपाल राष्ट्र बैँक ऐन, २०१२ अन्तर्गत रही २०१३ बैशाख १४ गते नेपाल राष्ट्र बैँकको स्थापना भएको हो। विशेषतः मुलुकी सरकारद्धारा यस बैँकलाई केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छ। मुलुकको मौद्रिक, आर्थिक एवं विकासात्मक कार्यमा नेपाल राष्ट्र बैँकको अग्रणी भूमिका रहेको पाउन सकिन्छ। यसलाई निम्न कारणले गर्दा केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छः वा केन्द्रीय बैँकका कार्यहरू यसप्रकार छन्: ➤ सरकारद्धारा स्थापित केन्द्रीय बैँक ➤ सम्पूर्ण वित्तीय तथा मौद्रिक गतिविधिको नियन्त्रण गर्ने भएकोले ➤ प्रमुख सरकारी बैँक  ➤ बैँकहरुको बैँकका रुपमा कार्य गर्ने हुनाले ➤ मौद्रीक नीति, मौद्रिक प्रणालीलाई उपयुक्त एवं व्यावाहारिक ढङ्गले सञ्चालन गर्ने भएकाले ➤ सर्वसाधारणको आर्थिक हित कायम गर्नु ➤ मुलुकमा मौद्रीक सुशासन कायम राख्नु ➤ शोधानान्तर स्थितिको सुदृढिकरण गर्नु ➤ मुलुकको आवश्यकताअनुसार नोट तथा सिक्का निष्कासन कार्य गर्नु ➤ सरकारी