Skip to main content

Posts

Showing posts with the label Bank and Insurance

नेपाल राष्ट्र बैंक FIU प्रतिवेदन २०८१/८२: वित्तीय जोखिम र सम्पत्ति शुद्धीकरणको विशेष विश्लेषण

नेपालको वित्तीय प्रणालीलाई पारदर्शी र सुरक्षित बनाउन नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (FIU-Nepal) ले हालै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनले नेपालमा अवैध धनको ओसारपसार, सम्पत्ति शुद्धीकरणका चुनौती र आगामी सुरक्षा रणनीतिहरूका बारेमा महत्वपूर्ण तथ्यहरू उजागर गरेको छ। नेपाल राष्ट्र बैंक FIU प्रतिवेदन २०८१/८२ का मुख्य १५ बुँदाहरू: शंकास्पद कारोबार (STR/SAR) मा बढोत्तरी: यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त हुने शंकास्पद कारोबार प्रतिवेदनमा उल्लेख्य वृद्धि भएको छ, जसले बैंकिङ क्षेत्रमा अनुगमन प्रणाली बलियो भएको देखाउँछ। भर्चुअल एसेट र क्रिप्टोकरेन्सीको जोखिम: प्रतिवेदनले क्रिप्टोकरेन्सीलाई नेपालको वित्तीय स्थिरताका लागि प्रमुख चुनौती मानेको छ। डिजिटल माध्यमबाट हुने अनलाइन ठगीले पुँजी पलायनमा मद्दत गरिरहेको निष्कर्ष छ। 'गो-एमएल' (goAML) प्रणालीको प्रभावकारिता: रिपोर्टिङ प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाइएकाले प्राप्त सूचनाहरूको विश्लेषण छिटो र प्रभ...

मौद्रिक नीति २०८०/०८१ - नेपाल राष्ट्र बैंक

मौद्रिक नितिका मुख्य बुँदाहरु: ➤ मुद्रास्फीतिलाई ६.५ प्रतिशत भित्र कायम राख्ने लक्ष्य । ➤ ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ➤ विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशत सम्मले वृद्धि हुने प्रक्षेपण । ➤ अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । ➤ बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम । ➤ वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने । ➤ पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याईने । ➤ चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने । ➤ लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विद...

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ सम्बन्धी विस्तृत जानकारी र सामान्य ज्ञान प्रश्नोत्तर

१. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कहिले प्रकाशन भयो ? ➤ २०७४ बैशाख १० २. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कति पटक संशोधन भएको छ ? ➤ अहिले सम्म भएको छैन। ३. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कसले बनाएको हो ? ➤ नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले ४. "खुद सम्पत्ति (नेट वर्थ)" भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको वासलातमा रहने सम्पत्तिको कुल जोडमा वाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम हो। ५. "गैर कार्यकारी सञ्चालक" भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक बाहेकको अन्य सञ्चालकलाई बुझाउँछ। ६. “चल्ती खाता” भनेको के हो ? ➤ ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैंक वा वित्तीय संस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता ७. “चुक्ता पूँजी " भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको जारी भएको पूँजीमध्ये शेयरधनीको तर्फबाट चुक्ता भएको पूँजीको अंश हो। ८. "जोखिमभारित सम्पत्ति" भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलात बाहिरको प्रत्येक...

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा परिमार्जन गरेको छ। परिमार्जनका प्रमुख १० बुँदाहरु निम्नानुसार छन:

१. रु.१ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २०% वा ४०% को अधिकतम सिमा नलाग्ने। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने। २. रु.१ करोड देखि रु.२ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमालाई ४०% को अधिकतम सिमा बनाईयो। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने। ३. रु.२ करोड भन्दा बढि चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमा Fluctuating working capital को लागी यथावत। Permanent working capital को लागी कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाईयो। ४. चालु पुजी को आबधिक सिमा निर्धारण गर्दा ५ बर्षको अनुमानित विवरण को सट्टा ३ बर्षको वित्तीय बिवरण बिष्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ बर्षको विवरण यथावत। ५. ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले चालु सम्पत्ति तथा दायित्व को मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धवार्षिक बनाईयो। ६. कर्जा अधिकारीले चालू पूज...

Career Opportunities in Banking

In this article, we have focused on the great importance of banks in the functioning of the economy and on their many services and roles in dealing with the public. But banks are more than just financial service providers: they can also be a vehicle for a satisfying professional career.   What opportunities are there for careers in banking? "A bank is a place where they lend you an umbrella in fair weather and ask for it back when it begins to rain." - Robert Frost Loan Officers Most bank managers begin their careers accepting and analyzing loan applications submitted by business and household customers. Bank loan officers make initial contacts with potential new customers and assist them in filling out loan requests and in developing a service relationship with the bank. Credit Analysts The credit analyst backstops the work of the loan officer by preparing detailed written assessments of each loan applicant's financial position and advises the bank's management on th...

केन्द्रीय बैँक तथा संवैधानिक अङ्ग सम्बन्धी लामो प्रश्नोत्तर:

🏦. नेपाल राष्ट्र बैँकलाई किन केन्द्रीय बैँक भनिन्छ ?? कारण सहित पुष्टि गर्नुहोस्। वा 🏦. नेपाल राष्ट्र बैँकलाई केन्द्रीय बैँक भन्नुका कारणहरु उल्लेख गर्नुहोस्। ➤ उत्तर:- नेपाल राष्ट्र बैँक ऐन, २०१२ अन्तर्गत रही २०१३ बैशाख १४ गते नेपाल राष्ट्र बैँकको स्थापना भएको हो। विशेषतः मुलुकी सरकारद्धारा यस बैँकलाई केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छ। मुलुकको मौद्रिक, आर्थिक एवं विकासात्मक कार्यमा नेपाल राष्ट्र बैँकको अग्रणी भूमिका रहेको पाउन सकिन्छ। यसलाई निम्न कारणले गर्दा केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छः वा केन्द्रीय बैँकका कार्यहरू यसप्रकार छन्: ➤ सरकारद्धारा स्थापित केन्द्रीय बैँक ➤ सम्पूर्ण वित्तीय तथा मौद्रिक गतिविधिको नियन्त्रण गर्ने भएकोले ➤ प्रमुख सरकारी बैँक  ➤ बैँकहरुको बैँकका रुपमा कार्य गर्ने हुनाले ➤ मौद्रीक नीति, मौद्रिक प्रणालीलाई उपयुक्त एवं व्यावाहारिक ढङ्गले सञ्चालन गर्ने भएकाले ➤ सर्वसाधारणको आर्थिक हित कायम गर्नु ➤ मुलुकमा मौद्रीक सुशासन कायम राख्नु ➤ शोधानान्तर स्थितिको सुदृढिकरण गर्नु ➤ मुलुकको आवश्यकताअनुसार नोट तथा सिक्का निष्कासन कार्य गर्नु ➤ सर...

बैंकिङ अन्तरवार्तामा सोध्न सकिने सम्बन्धित टपिकहरु

बैंकमा जागिरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ  !! 🇳🇵चेक चेक त्यो आदेशपत्र हो, जसक...