Skip to main content

Posts

Showing posts from February 3, 2017

जिल्ला र अञ्चल विशेषः

भुगोल — जिल्ला र अञ्चल विशेषः •••••••••••••••••••••••••••••••••• ➤ भारतलाई मात्र छुने जिल्ला — २४ ➤ भारत र चीन दुवै देशलाई छुने जिल्ला — २ (ताप्लेजुङ र दार्चुला) ➤ चीनलाई मात्र छुने जिल्ला — १३ ➤ चीन समेत भारतलाई छुने जिल्ला — २६ ➤ भारत समेत चीनलाई छुने जिल्ला — १५ ➤ भारतलाई मात्र छुने अञ्चल — ४ ➤ चीनलाई मात्र छुने अञ्चल — ४ ➤ दुई जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला — ३ (झापा, दर्चुला र कञ्चनपुर) ➤ तीन तिरबाट नदीले सिमाना छुट्याएको जिल्ला — ओखलढुंगा ➤ आफनै अञ्चल सीमाना नछुने जिल्लाहरु — ३ (भक्तपुर, नुवाकोट र लमजुङ) ➤ नेपालको सीमावर्ती जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला — ३६ ➤ हिमाली प्रदेशमा पर्ने जिल्ला — १६ ➤ पहाडी प्रदेशमा पर्ने जिल्ला — ३९ ➤ तराई प्रदेशमा पर्ने जिल्ला — २० ➤ दुवै देशसँग सिमाना नजोडिएका जिल्ला — ३६ ➤ माथिल्लो सगरमाथामा पर्ने जिल्ला — ३ (ओखलढुंगा, खोटाङ र सोलुखुम्बु) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🍃‘Save Energy’🍃

General Knowledge

वस्तुगत प्रश्नोत्तरः महत्त्वपूर्ण •••••••••••••••••• 1. स्पेनको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?? → मोन्सट्सेरेट 2. हाल नेपालमा ८७९ प्रजातिका चरा पाइन्छ । यी मध्ये कति प्रजातिका चरा चितवनमा पाइन्छ ?? → ६ सय ३४ 3. ‘तिलहरी, प्रसान्त, लाम डुटे राजपुत्रि’ आदि केको प्रजाति हो ?? → चरा 4. चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या कति रहेको छ ?? → ५४ प्रजाति 5. किम्वदन्ती अनुसार भगवान विष्णुले रजोगुण बाट माता लक्ष्मी प्रकट गरे भने शिवले तमोगुण बाट कुन देवी प्रकट गरेका थिए ?? → महाकाली (त्यस्तै, ब्रम्हाजीले सत्वगुणबाट सरस्वती) 6. संगीतको सप्त सुरमा प्रथम सुर कुन शब्दलाई मानिन्छ ?? → ‘सा’ 7. ‘वाणीको देवी र वागेश्वरी’ को नामबाट कसलाई चिनिन्छ ?? → सरस्वती 8. ऋतुहरुको पनि राजा वसन्तको शाब्दिक अर्थ के हो ?? → मादकता 9. पौराणिक कथन अनुसार सर्वप्रथम सरस्वतीको पूजा कसले गरेका थिए ?? → भगवान श्रीकृष्ण 10. अमेरिकाले सर्वप्रथम विदेशीलाई एच1 बी भिसा कहिले देखि र को द्वारा जारी गरिएको थियो ?? → सन् १९९० र राष्ट्रपति जर्ज बुस 11. ‘दाँतेदार पहाड’ को नामले कुनलाई चिनिन्छ ??

Brain (दिमाग/मस्तिष्क)

रोचक तथ्य — दिमाग (Brain) ••••••••••••••••••••••••••••••• १. यदि 5 देखि 10 मिनेट सम्म दिमागमा अक्सीजनको कमी भएमा दिमाग सँधैको लागि बिग्रन सकिन्छ । •• २. दिमाग पुरै शरीरको केवल 2% हुन्छ, तर यसले पुरै शरीरको 20% रगत र अक्सीजन एक्लैले उपयोग गर्दछ । •• ३. हाम्रो दिमाग 40 वर्षको उमेर सम्म बढि रहन्छ । •• ४. हाम्रो दिमागको 60% भागमा चर्बी हुन्छ, त्यसैले यो शरीरको सबभन्दा बढी चर्बी वाला अंग हो । •• ५. सर्जरी गरेर हाम्रो आधा दिमाग हटाउन सकिन्छ । यसो गर्दा पनि हाम्रो सम्झने क्षमतामा कुनै असर पर्दैन । •• ६. जुन बच्चा पाँच वर्ष पुग्नु भन्दा पहिले नै दुई भाषा सिक्छन्, उसको दिमागको संरचना थोरै बदलिन्छन् । •• ७. दिमागको 10% प्रयोग गर्ने कुरा साँचो होइन किनकी दिमागको सबै भागको फरक-फरक काम हुन्छन् । •• ८. दिमागको बारेमा सर्वप्रथम 6000 वर्ष पहिले सुमेरमा उल्लेख गरेको पाइन्छ । •• ९. 90 मिनेट सम्म पसिनामा भिजिरहेमा तपाई सधैंको लागि मनोरोगी हुन सकिन्छ । •• १०. बच्चामा केही उमेर सम्म हामिलाई कुनै कुरा याद गर्न गाह्रो हुन्छ किनकी यस उमेर सम्म हाम्रो दिमागको “HIPPOCAMPUS” को विकास भएको हुद

Zika Virus

भाइरस : जिका ••••••••••••••• 🔴. सर्वप्रथम सन् १९४७ मा जिका भाइरस युगान्डाको भिक्टोरिया ताल नजिकैको जिका जंगलको एउटा बाँदरमा पाइएको थियो । •• 🔴. नाइजेरियामा सन् १९५४ मा यो रोग पहिलो पटक मानिसमा फेला पारियो । •• 🔴. त्यसपछि यो अफ्रिका, दक्षिणपूर्वी एसिया तथा प्यासिफिक आइल्याण्डका विभिन्न क्षेत्रमा पाइएको थियो । •• 🔴. पछिल्लो पटक ब्राजिलमा सन् २०१५ को मे महिनामा पहिलो पटक जिकाको लक्षण देखियो । •• 🔴. जिका एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइ बाट सर्ने भाइरस हो। •• 🔴. जिका भाइरस संक्रमित मानिसको वीर्यमा समेत सक्रिय हुने भएकाले यौन सम्पर्क बाट पनि यो भाइरस सर्दछ । •• 🔴. जिका भाइरसको संक्रमित ५ मध्ये एक जनामा मात्र यसको लक्षण देखिन्छ । •• 🔴. विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसका अहिले ब्राजिलमा मात्र झन्डै १५ लाख मानिस संक्रमित छन् । •• 🔴. जिका भाइरस बाट जोगिने उपाय भनेकै लामखुट्टेबाट बच्नु हो । •• 🔴. जिका भाइरसको लक्षणमा सामान्य ज्वरो आउने, आँखा दुख्ने र रातो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने र खटिरा आउने हुन्छन् । (©साप्ताहिक, २०७२) ●•●•●•●•●•●•●•●•

Earth (पृथ्वी)

रोचक तथ्य — पृथ्वी (Earth) •••••••••••••••••••••••••••••• १. पृथ्वीको 40% हिस्सामा केवल छ: देश छ। • २. पृथ्वीको सम्पूर्ण मानिस 1 वर्ग किलोमीटरको घन (cube) मा राख्न सकिन्छ । यदि हामि एक वर्ग मीटरमा एक व्यक्तिलाई उभ्याएर राखेमा एक वर्ग किलोमीटरमा दस लाख व्यक्ति राख्न सकिन्छ । • ३. पृथ्वीको स्लो रोटेशनको कारणले 2015 एक सेकन्ड लामो थियो । • ४. यदि मानिसलाई कुनै सुरक्षा विना स्पेसमा छोडिएको खण्डमा केवल 2 मिनेट मात्र जीवित रहन् सकिन्छ । • ५. पृथ्वीमा एक पटक सबभन्दा विशाल उल्का पिण्ड खसेको थियो जसको नाम होबा मीटिऑराइट राखेको थियो । • ६. धरतीमा यति Gold छ कि जुन 1.5 फीटको गहिराई सम्म यसले पूरै सतह ढाक्न सकिन्छ । • ७. 12 माइल (19 किमी) को ऊचाईमा प्रेशराइज्ड सूट लगाउन जरुरी छ । नत्र मर्न सक्छ । • ८. पृथ्वीमा 1 सेकेन्डमा करिब 100 पटक र हरेक दिन 80.6 लाख पटक आकाशीय बिजुली खस्दछ । • ९. धरतीमा तापको स्त्रोत केवल सुर्य मात्र होइन । जमिन मुनिको भागमा पग्लिरहेको पदार्थहररुले पनि पृथ्वीको ताप स्थिर राख्न सहयोग गरिरहेको हुन्छ । • १०. तपाइलाई थाहा छ पृथ्वीको सबै महादेशहरु आज भन्दा करिब

लाटोकोसेरो (Owl)

लाटोकोसेरोः (Owl) ••••••••••••• ⚫. लाटोकोसेरो मांसाहारी वर्गमा पर्ने चरा हो । • ⚫. लाटोकोसेरोको समूहलाई अंग्रेजीमा पार्लियामेन्ट भनिन्छ, जसको शाब्दिक अर्थ नै छलफल भन्ने बुझिन्छ । • ⚫. संसारभर लाटोकोसेरोका २ सयभन्दा बढी प्रजाति छन्। तीमध्ये नेपालमा २१ प्रजाति पाइन्छन् । • ⚫. यो चरा प्रायः राति सक्रिय हुन्छ । यसले दिउँसो सूर्यको प्रकाशमा आँखा देख्दैन, तर छायाँ परेको ठाउँमा रहेका वस्तुहरु भने ठम्याउन सक्छ । • ⚫. लाटोकोसेरोले आफनो टाउकोलाई २७० डिग्री सम्मको कोणमा घुमाउन सक्छ । यसै कारणले लाटोकोसेरोले आफनो पछाडि पनि देख्न सक्छ । • ⚫. धेरैजसो मांसाहारी लाटोकोसेरोले स-साना कीरा फट्याङ्ग्रा, मुसा, खरायो तथा आफुभन्दा स-साना चरालाई आफनो सिकार बनाउँछ । केही लाटोकोसेरोले माछाको पनि सिकार गर्छन् । • ⚫. लाटोकोसेरोको खुट्टाको पञ्जा अत्यन्तै शक्तिशाली तथा घातक मानिन्छ । • ⚫. धेरैजसो लाटोकोसेरोको अनुहार फराकिलो हुन्छ । (©बंगलामुखी प्रकाशन) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🌴 “Save Trees” 🌴

Quote

तीतो सत्य •••••••••• १. जीवनको हर क्षण सम्भावना लिएर आएको हुन्छ । मात्र सदुपयोग गर्न सक्नुपर्छ । २. मानिसको सर्वश्रेष्ठ सम्पत्ति भनेको चरित्र हो । ३. भोको मानिसका लागि इज्जतको भन्दा एक छाक खानाकै बढी महत्त्व हुन्छ । ४. साँचो प्रेमले जीवनलाई स्वर्ग बनाउँछ । झुटो प्रेमले जीवनलाई नर्क बनाउँछ । ५. अताल्लिएको मन खुसी हुन सक्दैन । ६. मान्छेको मन, भावना बदलिन्छ तर समय कहिल्यै बदलिँदैन । ७. जिन्दगीमा यस्तो पनि स्थिति आउँदो रहेछ जसमा खुसीले भन्दा बाध्यताले जीवनका पाइलाहरु चाल्नु पर्ने हुँदो रहेछ । ८. फेल हुनेहरुलाई निराश नतुल्याउनुहोस् किनभने तपाई फेल हुनेहरुले सरकार चलाएको देशमा हुनुहुन्छ । ९. पोखरीमा पानी हुँदा माछाले कमिला खान्छ । त्यही पोखरीमा पानी सुकेपछि कमिलाले माछा खान्छ । त्यसैले पालो सबैको आउँछ धैर्य गर्न जान्नुपर्छ किनकी प्रतीक्षाको फल मीठो हुन्छ । १०. गल्ती नगरी केही नयाँ कुरा सिक्न सक्दैन । त्यसैले गल्ती गरेनी असल स्वभाव वा सफा विचारले गर्नु होस् । ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 “Go Green”

Science Multi-Questions

Science Multi-choice Question ••••••••••••••••••••••••••••••••••••••• १. सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह कुन हो ?? (A) शनि (B) वृहस्पति (C) अरुण (D) मंगल Ans : (B) •• २. अरु ग्रन्थीमाथि नियन्त्रण गर्ने ग्रन्थी कुन हो ?? (A) थाईराइड      (B) अड्रिनल (C) प्याङ्क्रियाज  (D) पिट्युटरी Ans : (D) •• ३. ड्राइ आइस बनाउन प्रयोग गरिने ग्याँस कुन हो ?? (A) अमोनिया (B) कार्वनडाईअक्साइड (C) अक्सिजन (D) हाइड्रोजन Ans : (B) •• ४. हेमोग्लोविनमा के पाइन्छ ?? (A) क्याल्सियम (B) फलाम (C) म्याग्नेसियम (D) सोडियम Ans : (B) •• ५. प्लास्टर अफ पेरिस बनाउन के प्रयोग गरिन्छ ?? (A) क्याल्सियम क्लोराइड (B) क्याल्सियम सल्फेट (C) क्याल्सियम नाइट्रेड (D) कपर सल्फेट Ans : (B) •• ६. वंश विज्ञानका पिता को हुन् ?? (A) लेमार्क (B) चार्ल्स डार्विन (C) रसेल वालेस (D) मेण्डल Ans : (D) •• ७. निम्न मध्ये कुन स्तनधारी होइन ?? (A) ह्वेल (B) चमेरो (C) शुतुरमुर्ग (D) मुसा Ans : (C) •• ८. स्वतन्त्रता खसाइमा के हुँदैन ?? (A) गति (B) प्रवेग (C) दुरी (D) वेग Ans : (B) •• ९. हेमाटाइट के को धाउ

Miss Universe 2016

मिस युनिभर्स - 2016 ••••••••••••••••••••• ➤ नाम (Titleholder) — आइरिस मित्तेनायर (Iris Mittenaere) ➤ उमेर — २४ वर्षिय ➤ उचाई — ५ फिट ८ इन्च ➤ कहाँकी (Represented) — पेरिस, फ्रान्स ➤ कति औं — ६५ औं ➤ प्रवेशक (Entrants) — ८६ ➤ प्रदर्शन मिति (Pageant Date) — ३० जनवरी २०१७ ••••••••••••••••••••••••••••••••••••••• #U_T_R