Skip to main content

Posts

Showing posts from July 19, 2017

इन्स्योरेन्स (बीमा) सम्बन्धि परिभाषाहरुः

‘अ’ अस्थायी पूर्ण अशक्तताः →• बीमित आय वा मुनाफा आर्जन गर्ने कुनै पनि व्यवसाय वा पेशा गर्न केही समयको लागि पूर्ण रुपले असमर्थ भएको अवस्था हो । ‘आ’ आगलागी वा अग्निबाट भएको क्षति/हानि-नोक्सानीः →• दुर्घटनावश ज्वाला प्रस्फुटित भई उत्पन्न भएको आगलागी वा अग्नि बाट भएको क्षति/हानि-नोक्सानी हो तर कुनै प्रयोजनको लागि बालिएको र आफनै सीमाभित्र रहेको आगोलाई बीमालेखको प्रयोजनको लागि आगलागी वा अग्नि मानिने छैन । आवश्यक तथा वास्तविक औषधोपचार खर्चः →• दुर्घटना बाट बीमितलाई लागेको घाउँ चोटको लागि आवश्यक उपचार, उपचार सामाग्री वा उपचार सेवाको लागि भुक्तानी गरिएको वास्तविक खर्च रकम हो जुन खर्च रकम सो खर्च गरिएको ठाउँबाट त्यस्तो उपचार, उपचार सामाग्री वा उपचार सेवाको प्रचलित दर भन्दा बढी हुने छैन । ‘औ’ औसत शर्तः →• बीमालेख अन्तर्गत बीमा भएको सम्पत्तिको क्षति/हानि-नोक्सानी हँुदाको बजार मूल्य भन्दा सोही सम्पत्तिको बीमाङ्क घटी भएको अवस्थामा बीमकले समानुपातिक रुपमा भुक्तानी गर्ने क्षतिपूर्ति रकम हो । ‘क’ कुनै प्रकारको नाफा समावेश नगरिएको मूल्यः →• कुनै पनि सामग्री तयार गर्दा वा आपूर्ति गर्दा न