Skip to main content

Posts

Showing posts from May 13, 2022

१०० प्रश्नोत्तर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

१. सामाजिक अध्ययनको अवधारणा कसले ल्याएका हुन् ? ➤ जोन डेवेले २. सामाजिक अध्ययन भनेको के हो ? ➤ समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु र विश्लेषण गर्नु समाजिक अध्ययन हो। ३. सामाजिक अध्ययन किन आवश्यक छ ? ➤ सामाजिक अध्ययन गरेर नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक आदि पक्षको जानकारी प्राप्त गर्न आवश्यक छ। ४. जीवनोपयोगी शिक्षा भनेको के हो ? ➤ सञ्चार, सहकार्य, सहयोग, समस्या समाधान, नेतृत्व, संवेग व्यवस्थापन आदि जस्ता हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग पुर्याउने जीवनोपयोगी सीप सिकाउने प्रक्रिया जीवनोपयोगी शिक्षा हो। ५. सामाजिक विज्ञान भनेको के हो ? ➤ मानव जीवनसँग सम्बन्धित विषयहरू जस्तै भूगोल, अर्थशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र आदिको वैज्ञानिक एवम् व्यवस्थित रूपमा अध्ययन गर्ने विद्या सामाजिक विज्ञान हो। ६. स्वस्थ जीवनशैली भनेको के हो ? ➤ सन्तुलित भोजन, शारीरिक कसरत, सरसफाइ, तनावमुक्त जीवन र स्वथ्यकर खाना हुनु स्वस्थ जीवनशैली हो। ७. न्याय दर्शनका प्रचणेता को हुन् ? ➤ महर्षि गौतम ८. नास्तिक दर्शनलाई एक वाक्यमा चिनाउनुहो