Skip to main content

Posts

Showing posts from September 29, 2023

नेपालले T20 र T20I क्रिकेटमा बनाएका केही विश्व किर्तिमानहरु

नेपालले मंगोलिया विरुद्धको क्रिकेट खेलमा बनाएका केही विश्व किर्तिमानहरु: खेल मिति: २०८० असोज १० (2023 Sept 27) सर्वाधिक रन नेपालले एसियन गेम्स 2023 मा मंगोलिया विरुद्ध 3 विकेटको क्षतिमा 314 रन बनाएर पुरुष टी-20 क्रिकेट इनिङ्समा विश्वकै सबैभन्दा धेरै रन बनाउने टिम बनेको छ। यस अघि T20 क्रिकेटको उच्चतम स्कोर वा रन 278 थियो, जुन अफगानिस्तानले 2019 मा आयरल्याण्ड विरुद्ध, र चेक गणतन्त्रले टर्की विरुद्ध 2019 मा बनाएको थियो। यो नेपालले बनाएको रन पुरुष T20 अन्तर्राष्ट्रिय स्तरमा पनि अहिले सम्मकै सर्वाधिक रन हो। सबैभन्दा कम बलमा शतक नेपालका कुशल मल्लले जम्मा 34 बलमा 100 रन वा शतक पुरा गरी सबैभन्दा कम बलमा छिटो शतक पुर्याउने खेलाडीको किर्तिमान राखेको हो। यसअघि 35 बलको कीर्तिमान साउथ अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमसेकराको नाममा रहेको थियो । सबैभन्दा कम बलमा अर्धशतक   नेपालका दीपेन्द्र सिंह ऐरीले 9 बलमा अर्धशतक (50 रन) प्रहार गरी किर्तिमान राखेका हुन्। जसमा शुन्य चौका सहित आठ छक्का प्रहार गरेका हुन्। यस अघि यो किर्तिमान 12 बलमा संयुक्त रूपमा युवराज सिंह, क्रिस