Skip to main content

Posts

Showing posts with the label राजनीति

राष्ट्रिय सभा सदस्य भनेको के हो? सदस्य संख्या, चयन प्रक्रिया, कार्य, अधिकार र महत्व (संविधान अनुसार)

राष्ट्रिय सभा सदस्य; नेपालको संविधान अनुसार चयन प्रक्रिया, कार्यकाल, सदस्य संख्या, अधिकार, महत्व र प्रतिनिधि सभासँगको फरकहरू सरल भाषामा पूर्ण जानकारी: राष्ट्रिय सभा सदस्य भनेको के हो? नेपालको संघीय शासन प्रणाली अन्तर्गत संघीय संसद दुई सदनबाट बनेको हुन्छ, जसमा प्रतिनिधि सभा र राष्ट्रिय सभा पर्दछन्। यी दुई सदनमध्ये राष्ट्रिय सभा माथिल्लो सदन हो र यसका सदस्यहरूलाई राष्ट्रिय सभा सदस्य भनिन्छ। राष्ट्रिय सभा सदस्यको व्यवस्था नेपालको संविधानले संसदलाई स्थायित्व, सन्तुलन र समावेशी बनाउने उद्देश्यका साथ गरेको हो। राष्ट्रिय सभा सदस्य को हुन्? राष्ट्रिय सभा सदस्य भन्नाले नेपालको संविधान बमोजिम विशेष योग्यता, अनुभव र समावेशिताको आधारमा अप्रत्यक्ष निर्वाचन तथा मनोनयन प्रक्रियाबाट चयन भएका संघीय संसदका माथिल्लो सदनका सदस्यलाई जनाउँछ। उनीहरू प्रत्यक्ष जननिर्वाचनबाट नआए पनि कानुन निर्माण र राष्ट्रिय नीतिगत निर्णयमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। राष्ट्रिय सभा के हो? राष्ट्रिय सभा नेपालको संघीय संसदको स्थायी प्रकृतिको माथिल्लो सदन हो। यो सदन मुख्य रूपमा कानुन निर्माण प्रक्रियालाई परिपक्व बनाउने...

नेपालको प्रतिनिधि सभा र सांसद सम्बन्धी २० महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs)

नेपालको संघीय संसदको तल्लो सदन 'प्रतिनिधि सभा' र यसका सांसदहरूको काम, कर्तव्य र अधिकारबारे जानकारी राख्नु लोक सेवा आयोग, शिक्षक सेवा, वा अन्य कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनुभएका साथीहरूका लागि मात्र नभई एक सचेत नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण छ। ​के तपाईंलाई हाम्रो संसदीय व्यवस्था र प्रतिनिधि सभाको संरचनाबारे पूर्ण जानकारी छ? यहाँ संकलन गरिएका २० वटा महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs) मार्फत आफ्नो ज्ञानको परीक्षण गर्नुहोस्। हेरौँ, तपाईंले कति वटा प्रश्नको सही उत्तर मिलाउन सक्नुहुन्छ! ​आफ्नो स्कोर तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। -- १. नेपालको प्रतिनिधि सभा कुन सदन हो? क) माथिल्लो सदन ख) तल्लो सदन ग) संघीय परिषद घ) संवैधानिक सभा उत्तर: ख) तल्लो सदन --- २. प्रतिनिधि सभामा कति जना सांसद हुन्छन्? क) १६५ ख) २७५ ग) ५९ घ) ३०० उत्तर: ख) २७५ ➤ यो संख्या नेपालको संविधान २०७२ अनुसार निर्धारित छ र हालसम्म परिवर्तन भएको छैन । ➤ १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली (First-Past-The-Post / FPTP) बाट निर्वाचित हुन्छन् (एक निर्वाचन क्षेत्रबाट एक जना)। ➤ ११० जना समानुपातिक...

नेपालको प्रतिनिधि सभाका सांसदका मुख्य कार्यहरू (Member of Parliament Duties in Nepal)

नेपालका सांसद (Member of Parliament) का प्रमुख कामहरू यसप्रकार छन्: | Blogger Article नेपालका सांसद (Member of Parliament) का प्रमुख कामहरू नेपालको प्रतिनिधि सभा (House of Representatives) संघीय संसदको तल्लो सदन हो । यसले लोकतान्त्रिक शासन प्रणालीमा नागरिकको सार्वभौम पक्षलाई प्रतिनिधित्व गर्दछन् । सांसदहरूले जनताको मतदानबाट निर्वाचित भई संसद्मा सहभागिता जनाउँछन् । संविधानले संसद्मा सांसदका अधिकार, कर्तव्य तथा जिम्मेवारी सुनिश्चित गरेको छ। १. नीति निर्माण र कानून (Law‐making) सांसदहरूको प्रमुख कार्य कानून बनाउनु हो । प्रतिनिधि सभामा विधेयक (Bills) उठाउने, संशोधन गर्ने र पास गर्ने काम सांसदहरूले गर्दछन् । नयाँ कानून बनाउनका लागि सांसदहरूले प्रस्ताव पेश गर्न, समितिमा छलफल गर्न, र सदनमा बहस तथा मतदान प्रक्रिया पूरा गर्नुपर्छ। कानुन निर्माणले राष्ट्रको शासन, आर्थिक व्यवस्थापन, सामाजिक सुनिश्चय तथा नागरिक अधिकार–कर्तव्यलाई नियमन गर्छ । सांसदहरूले विधेयकलाई यथार्थ र समय सापेक्ष बनाउन सुझाव तथा संशोधन प्रस्तुत गर्छन् । २. सरकार गठन र कार्यकारिणीको नियन्त्रण (Formation of Governmen...

समसामयिक सामान्य ज्ञान २०८२ (Current Affairs GK)

१. आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अन्तिम उम्मेदवारी दर्ता कहिले तोकिएको छ? ➤ २०८२ माघ ६ गते २. काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कहिले आफ्नो पदबाट राजीनामा दिएका हुन्? ➤ २०८२ माघ ५ गते ३. नेपालको मानव अधिकार सम्बन्धी चौथो आवधिक समीक्षा (UPR) जेनेभामा कहिले हुँदैछ? ➤ सन् २०२६ जनवरी २१  ४. 'क्रिएटर मेला २०२६' नेपालको कुन शहरमा आयोजना गरिएको हो? ➤ चितवन ५. ३४ वर्षको संसदीय यात्रा पछि आगामी निर्वाचन (२०८२) नलड्ने घोषणा गर्ने शीर्ष नेता को हुन्? ➤ शेरबहादुर देउवा ६. विश्व आर्थिक मञ्च (WEF) को २०२६ को वार्षिक बैठक कहाँ आयोजना भइरहेको छ? ➤ दाभोस, स्विट्जरल्याण्ड ७. 'Pandemic Agreement' (महामारी सम्झौता) का लागि विश्व स्वास्थ्य संगठनको बैठक कहाँ सुरु भएको छ? ➤ जेनेभा, स्विट्जरल्याण्ड ८. भारतले हालै कुन देशसँग रक्षा र LNG (तरल प्राकृतिक ग्यास) आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ? ➤ संयुक्त अरब इमिरेट्स (UAE) ९. हाइड्रोजन ऊर्जाबाट चल्ने पहिलो कफी रोस्टिङ प्लान्ट कुन देशले सञ्चालनमा ल्याएको छ? ➤ लाओस १०. वि.सं. २०८२ फागुन २१ का लागि तय भएको प...

कसको पदावधि कति वर्ष ??

• सार्क महासचिव — ३वर्ष • आसियान महासचिव —३वर्ष • संयुुक्त राष्ट्रसंघका महासचिव — ५वर्ष • अन्तर्राष्ट्रिय अदालतका न्यायाधीश - ९वर्ष • युरोपेली न्यायलयका न्यायाधीश र ...

कानुनी राज्य विशेष (सूत्र सहित)

कानुनी राज्यमा हुनुपर्ने गुणहरु: (सूत्र: प्रकाश काका जनमाविमा सुसिक्षा लिदैहुनुहुन्छ) १. प्रजातान्त्रिक शासन व्यवस्था••प्र २. कानुनको पालना••का ४. संविधान मुल कानुन•...

राजनीतिशास्त्र एक जानकारी

१. राजनीति शब्द ‘Politics’ को नेपाली रुपान्तरण हो भने ‘Politics’ को उत्पति कुन भाषाबाट भएको हो ?? - ग्रीक २. आधुनिक संघ राज्य अवधारणा प्रतिपादन को हुन् ?? - जोहान अल्युसियस ३. शैक्षणिक अनुशासन...

पहिलो चरण निर्वाचन २०७४ (सबै तयारी पूरा)

✓ २०७४ मंसिर १० मा ✓ ७०२ उम्मेदवार मैदानमा ✓ २८२ प्रतिनिधिसभा सदस्य र ✓ ४२० प्रदेशसभा सदस्यको लागि ✓ ३१,९१,९४५ मतदाता ✓ २,९१९ निर्वाचन स्थल ✓ ४,४६५ निवचन केन्द्र ✓ प्रदेश ...

नेपाली सेनाः

नेपाली सेनाः •••••••••••••• १. नेपाली सेनालाई प्यारासुटबाट हाम फाल्ने तालिम दिने राष्ट्र कुन हो ?? — इजरायल २. नेपाली सेनाको इतिहासमा 'कमाण्डर इन चिफ' को उपाधि पाउने पहिलो व्यक्ति को हुन् ?? — भिमसेन थापा ३. फौजी तर्फ नेपाली सेनामा महिलाहरूलाई कहिले देखि भर्ना गर्न सुरु गरिएको हो ?? — वि.सं. २०६२ ४. रेडियो नेपालले नेपाली सैनिक कार्यक्रम कहिले देखि प्रसारण गर्न थालेको हो ?? — वि.सं. २००९ ५. हाल नेपालमा कुन सैनिक ऎन लागू रहेको छ ?? — सैनिक ऎन २०६३ ६. पानी भित्र दुर्घटना हुँदा उद्दारका लागि खटिने सैनिक प्राविधिक जनशक्तिलाई के भनिन्छ ?? — गोताखोर ७. नेपाली सेनामा सबैभन्दा लामो समय सम्म प्रधान सेनापती हुने व्यक्ति को हुन् ?? — भिम शमशेर ८. विरेन्द्र सैनिक आवासिय विद्यालयको पुरानो नाम के हो ?? — सुपिङ बहुमुखी क्याम्पस ९. श्री ३ वीरशमशेरको पालामा सैनिक ऎनलाई के भनिन्थ्यो ?? — जङ्गी बन्दोबस्त १०. नेपाली सैनिक पुनःस्थापना केन्द्रको स्थापना कहिले भएको हो ?? — वि.सं. २०६४ जेठ ११ ●•●•●•●•●•●•●•● •●•●•●•●•●•● 🌴 🍃 🍂 ‘Go Green’ 🍃 🍂 🌴

देश र संसदको नामः

देश र संसदको नामः •••••••••••••••••••• ➤ अमेरिका ——- काग्रेंस ➤ रूस ————- ड्यूमा ➤ जपान ———– डाइट ➤ पाकिस्तान —- नेशनल असेम्बली र सिनेट ➤ नेपाल ———-– व्यवस्थापिका संसद ➤ अफगानिस्तान – शोरा (नेशनल एसेम्बली) ➤ ईरान ————- मजालिस ➤ ब्रिटेन, आस्टेलिया, क्यानडा – पार्लियामेन्ट ➤ चीन ————- नेशनल पीपुल्स एसेम्बली ► बंगलादेश — जातीय संसद ► भूटान — शोङ्दु ► माल्दिभ्स — मजलिस ► श्रीलंका — पार्लियामेन्ट ► भारत — संसद (लोक सभा र राज्य सभा) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

नेपालको स्थान:

: विश्वका विभिन्न क्षेत्रमा नेपालको स्थान : ••••••••••••••• ••••••••• • 'विश्वमा आर्थिक प्रतिस्पर्धात्म क क्षमतामा' → ९८ औं (चीन २८औं र भारत ३९औं स्थानमा) ''' • ‘श्रम बजारमा महिलाको सहभागिता' → १७ औं स्थानमा ''' • कानूनी अधिकारको सूचकांकमा → ४६ औं स्थानमा ''' • प्राथमिक शिक्षा र प्राथमिक स्वास्थमा → ८२ औंै स्थानमा ''' • ट्रेड ट्यारिफमा → १३५ औं स्थानमा ''' • वैदेशिक सम्पत्तिको स्वामित्वका आधारमा → १३३ औं स्थानमा ''' • मजदुर र मालिकको समन्वयमा → १३४ औं स्थानमा ''' • गुणस्तरीय विद्युतको खपतका आधारमा → १३२ औं स्थानमा ''' • विश्वविद्यालय र औद्योगिक घरानाको सहकार्यमा → १३१ औं स्थानमा ''' • गुणस्तरीय इन्टरनेट प्रयोगमा → २२१ औं स्थानमा ''' • पूर्वाधार विकास र प्रविधि अपनाउने र नयाँ प्रविधिको प्रयोग गर्नेमा → १२६ औं स्थानमा ''' • गुड मार्केट प्राक्टिसमा → ११६ औं ''' • श्रम बजारको क्षमतामा → १०३ औं स्थानमा ''' • वित्तीय क्षेत्रको...

अमेरिकाका भूतपूर्व ४४ जना राष्ट्रपति

अमेरिकाका भूतपूर्व ४४ जना राष्ट्रपति र उनीहरु बारेका ४४ वटा रोचक तथ्यः ••••••••••••••• ••••••••••••••• •••••••••••••••••••••••••••••••••••••••••••••• ● अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटनका दाँत सक्कली थिएनन् । उनले सुन, हात्तीका दाह्रा, सिसा तथा अन्य जनावरका दाँतबाट बनेका नक्कली दाँत लगाएका थिए । "" ● राष्ट्रपति जोन एडम्स प्राय स्कुलमा अनुपस्थित हुन्थे । उनी सिकार गर्दै र माछा मार्दै समय कटाउँथे । "" ● राष्ट्रपति थोमस जेफरसनले सन् १८१९ मा युनिभर्सिटी अफ भर्जिनिया स्थापना गरेका थिए । "" ● राष्ट्रपति जेम्स मेडिसन प्रिन्स्टन विश्व विद्यालयका पहिलो ब्याचका विद्यार्थी थिए । "" ● लाइबेरियाको राजधानी मुनरोभियाको नाम अमेरिकी राष्ट्रपति जेम्स मुनरोको नामबाट राखिएको हो । "" ● जोन क्विन्सी एडम्सले हरेक विहान वासिंटन डिसी स्थित एक पोखरीमा निर्वस्त्र स्नान गरी डुबुल्की मार्दथे । "" ● राष्ट्रपति एन्ड्रू ज्याक्सनले आफ्नो सुगालाई श्राप दिन सिकाएका थिए । ज्याक्सनको अन्त्येष्टिका बेला उक्त सुगाले श्राप दिइरहे पछि त्यसलाई त्यहाँबाट हटाउनु प...