Skip to main content

Posts

Showing posts from May 15, 2022

प्रदेश १ लोकसेवा आयोगले चौथो तहलाई सोधेका प्रश्नोत्तर

१. नेपालको संविधान अनुसार नेपालको शासन प्रणालीको आधारभूत पक्ष कुन हैन? ➤ खाद्य सार्वभौमिकता २. दिइएका नगरपालिका मध्ये क्षेत्रफलको आधारमा ठूलो देखि सानो क्रममा मिलाउनुहोस्। ➤ शितगंगा, आठविसकोट, त्रियुगा, कमलामाई ३. प्रदेश मन्त्रिपरिषद्को गठन व्यवस्था संविधानको कुन धारामा छ? ➤ धारा १६८ ४. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दा नेपालका प्रधानमन्त्री को थिए? ➤ टंक प्रसाद आचार्य ५. दिइएका मध्ये संयुक्त राष्ट्र संघको खर्च व्यहोर्ने राष्ट्र मध्ये बढी खर्च व्यहोर्नेबाट कम खर्च व्यहोर्ने राष्ट्रको क्रम मिलाउनुहोस्। ➤ अमेरिका, जर्मनी, फ्रान्स, क्यानडा ६. सन् २०२१ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेका घोलाभिर कुन देशमा पर्दछ? ➤ भारत ७. विमस्टेकको सचिवालय कहाँ रहेको छ? ➤ बंगलादेश ८. प्रदेश २ को नाम मधेस प्रदेश कहिले घोषणा भयो? ➤ २०७८ माघ ३ ९. सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोक्न नेपाल प्रहरीले २०७४ साउन १८ देखि सुरु गरेको नयाँ अभियानको नाम के हो? ➤ सेफ्टीपिन १०. विटक्वाईनलाई कानुनी मान्यता दिने पहिलो राष्ट्र कुन हो? ➤ एल साल्भाडोर ११. दिईएका हिमालहरू मध्ये पूर्व देखि पश्