Skip to main content

Posts

Showing posts from October 12, 2021

आँखा (Eyes) सम्बन्धी प्रश्नोत्तरहरु:

  Pic: PIXTA 👀. मानव शरीरमा देख्न प्रयोग हुने अङ्ग कुन हो ?? ➤ आँखा (Eyes) 👀. आँखाको मुख्य तिन तह कुन-कुन हो ?? ➤ स्क्लेरा, कोरोइड र रेटिना 👀. आँखा कुन हाड भित्र रहेको हुन्छ ?? ➤ ल्याक्रिमल हाड (Lacrimal bone) 👀. आँखाको सबैभन्दा बाहिरी तहलाई के भनिन्छ ?? ➤ स्कलेरा (Sclera) 👀. स्कलेराको अगाडीको पारदर्शी भागलाई के भनिन्छ ?? ➤ कर्निया (Cornea) 👀. कर्नियालाई ढाक्ने पारदर्शी झिल्लीलाई के भनिन्छ ?? ➤ कन्जङ्टिभा (Conjunctiva) 👀. आँखाको कुन तह कालो रङको हुन्छ ?? ➤ कोरोइड (Choroid) 👀. आँखाको सबैभन्दा भित्री तह कुन हो ?? ➤ रेटिना (Retina) 👀. आँखाको कुन तहमा वस्तुको आकृति बन्दछ ?? ➤ रेटिना 👀. चयमक (Rods) र कोन (Cones) के हुन् ?? ➤ प्रकाशसँग चेतनायुक्त कोषहरु (light sensitive cells) 👀. रड सेलहरुमा भएको रोडोप्सिन (Rhodopsin) ले मधुरो प्रकाशमा हेर्न सघाउँछ भने कोन सेलहरुमा भएको केले उज्यालो प्रकाशमा हेर्न सघाउँछ ?? ➤ आयोडोप्सिन (Iodopsin) 👀. रङहरु छुट्याउन (Colour distinction) मद्दत गर्ने कोष कुन हो ?? ➤ कोन सेलमा भएको आयोडोप्सिन ले 👀. कुन रोगलाई एक पुर्ख्यौली गुणबाट सर्ने दृष्टिदोष भने