Skip to main content

Posts

Showing posts from February 7, 2023

समसामयिक सामान्यज्ञान वा प्रश्नोत्तर (Current Affairs of Nepal through General Knowledge)

१. कुन नेपाली क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) स्तरको पहिलो अवार्ड हात पारेको हो? ➤ आसिफ शेख ➤ विधा: ICC Spirit of Cricket Award २. राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन कहिले हुने भएको छ? ➤ २०७९ माघ २३ ३. सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद कहिले खारेज गरेको हो? ➤ २०७९ माघ १३ ४. नेपालमा हाल कुष्ठरोग मुक्त हुन बाँकी जिल्ला कति रहेको छ? ➤ १६ जिल्ला ५. फिफाका अनुसार इङ्लिस फुटबल क्लबहरूले सन् २०२२ मा व्यावसायिक पुरुष फुटबलरहरूको ट्रान्स्फरमा कति भन्दा बढी खर्च गरेको छ? ➤ २.२ बिलियन डलर ६. विश्वको इतिहासमै हालै सबैभन्दा बढी उमेरमा ओस्कारका लागि नोमिनेट हुने व्यक्ति को बनेका छन्? ➤ जोन विलियम्स ➤ ९० वर्षको म्युजिक कम्पोजर ७. युट्युबबाट 'सिल्भर प्ले बटन' लिने पहिलो नेपाल प्रहरी अधिकृत को बनेका छन्? ➤ भूपेन्द्र बुढाथोकी ८. ७०औँ विश्व कुष्ठरोग दिवसको नारा के रहेको छ? ➤ "कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ" ९. अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल सबैभन्दा धेरै महिला पाइलट भएको देश कुन हो? ➤ भारत ➤ १२% भन्दा धेरै पाइलट