Skip to main content

Posts

Showing posts from January 11, 2023

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ सम्बन्धी विस्तृत जानकारी र सामान्य ज्ञान प्रश्नोत्तर

१. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कहिले प्रकाशन भयो ? ➤ २०७४ बैशाख १० २. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कति पटक संशोधन भएको छ ? ➤ अहिले सम्म भएको छैन। ३. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कसले बनाएको हो ? ➤ नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले ४. "खुद सम्पत्ति (नेट वर्थ)" भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको वासलातमा रहने सम्पत्तिको कुल जोडमा वाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम हो। ५. "गैर कार्यकारी सञ्चालक" भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक बाहेकको अन्य सञ्चालकलाई बुझाउँछ। ६. “चल्ती खाता” भनेको के हो ? ➤ ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैंक वा वित्तीय संस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता ७. “चुक्ता पूँजी " भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको जारी भएको पूँजीमध्ये शेयरधनीको तर्फबाट चुक्ता भएको पूँजीको अंश हो। ८. "जोखिमभारित सम्पत्ति" भनेको के हो ? ➤ बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलात बाहिरको प्रत्येक