Skip to main content

Posts

Showing posts from February 27, 2020

सगरमाथा (Mt. Everest)

सगरमाथा सम्बन्धी प्रश्नोत्तर तथा कीर्तिमानहरुः ★ सगरमाथाको अवस्थिति ?? → २७°५९' उत्तरी अक्षांश र ८६°५५' पूर्वी देशान्तर ★ सगरमाथाको हालको उचाइ ?? र कहिले सर्वेक्षण गरिएको ?? → ८८४८.८६ मि. → २०७७/०८/२३ ★ ओलम्पिक ज्योति सगरमाथा शिखरमा कहिले पुर्याइएको ?? → २०६५ वैशाख २६ ★ सगरमाथाको तिब्बती नाम ?? → चोमोलोङ्मा ★ सगरमाथा हाल कुन गाउँपालिकामा पर्छ ?? → खुम्बु पासाङ ल्हामु गा.पा . (साविक खुम्जुङ गाविस) ★ सगरमाथाको चुचुरोको क्षेत्रफल ?? → ७ वर्ग मिटर ★ सगरमाथालाई विश्वको तेस्रो ध्रुव भनी नामाकरण गर्ने व्यक्ति ?? → माइकल कर्ज ★ सगरमाथालाई शुरुमा पन्ध्रौ चूली (Peak-15) नामाकरण गर्ने व्यक्ति ?? → राधानाथ सिकन्दर ★ सगरमाथालाई सर्वप्रथम नेपाली नाम दिने व्यक्ति ?? → बाबुराम आचार्य (इतिहास शिरोमणि) ★ सन् १८५२ मा पत्ता लागेको सगरमाथालाई कहिले सर्भेयर जनरल जर्ज एभरेष्टको सम्मानमा माउन्ट एभरेष्ट नामकरण गरिएको हो ?? → सन् १८५७ मे ११ (१९१४ वैशाख ३१) ★ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो टोली कुन देशको हो ?? → ब्रिटिस ★ सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यक्तिहरू