Skip to main content

Posts

Showing posts from December 16, 2017

बैंकिङ अन्तरवार्तामा सोध्न सकिने सम्बन्धित टपिकहरु

बैंकमा जागिरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ  !! 🇳🇵चेक चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो । 🇳🇵एटीएम अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्राष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । 🇳🇵ई बैंकिङ ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको