Skip to main content

Posts

Showing posts from February 2, 2023

औद्योगिक क्रान्ति (Industrial Revolution)

बेलायतमा १८औं शताब्दीको उत्तरार्द्धमा सुरू भएको औद्योगिक क्रान्तिको लहर १९औं शताब्दीको आरम्भमै फ्रान्स, जर्मन, इटाली, अस्ट्रिया र रूससम्म तीव्र गतिमा फैलिन पुग्यो । त्यो लहर युरोपमा मात्र सीमित नरहेर एटलान्टिक महासागर पारिको संयुक्त राज्य अमेरिकासम्म पुग्यो । आधुनिक उद्योगले विश्व बजारको स्थापना गर्यो, जसका लागि अमेरिकाको खोजले मार्ग प्रशस्त गरेको थियो । यो बजारले वाणिज्य, नेवी - परिवहन र स्थल - संचारको क्षेत्रमा अत्याधिक उन्नति गर्यो । यो उन्नतिको प्रभाव उद्योग विस्तारमा पर्यो र जुन अनुपातमा उद्योग, वाणिज्य, नेवी-परिवहन र रेल लाइन वृद्धि भयो, त्यही अनुपातमा पुँजीपति वर्गले उन्नति गर्यो, उसको पुँजीमा वृद्धि भयो । यसका साथै उसले मध्ययुगबाट चलिआएको प्रत्येक वर्गलाई पृष्ठभूमिमा धकेलिदियो । उद्योगमा प्रयोग हुने नयाँ इन्जिनको अविष्कार र सुधार तथा इन्जिनियरिङ उद्योगको (मेसिन निर्माण गर्ने ठूलो मेसिन) विकासले उत्पादन प्रक्रियालाई शिघ्रता प्रदान गर्यो । त्यसरी नै १९औं शताब्दीमै सुरु भएको परिवहन क्षेत्रको प्राविधिक क्रान्तिले पनि ( Technological Revolution) उद्योगको सम्पूर्ण शाखा - प्रशाखालाई व