Skip to main content

Posts

Showing posts from November 3, 2021

धर्मशास्त्र-७

१५१) ऋतु ६ ओटा, करण ७ ओटा, योग र नक्षत्र २७ ओटा, तथा सम्वत्सर ६० ओटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति ओटा पर्दछन् ?? ➤ क्रमशः १५ र २ ओटा १५२) अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ?? ➤ प्रद्युम्न १५३) हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ?? ➤ सुभद्रा  १५४) आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ?? ➤ अग्नी   १५५) नवरत्नमा के के पर्दछन् ?? ➤ नवरत्नहरू यसप्रकार छन्: १. माणिक्य (Ruby) २. मोती (Pearl) ३. मूंगा (Coral) ४. पन्ना (Emerald) ५. पुखराज (Topaz, Yellow Sapphier) ६. हीरा (Diamond) ७. नीलम (Blue Sapphire) ८. गोमेद (Zircon, Hessonite) ९. लहसुनिया (Cat's Eye) १५६) श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ?? ➤ आफ्ना कामदारलाई  १५७) हिमालयकी पुत्री पार्वती हुन् भने उनकी माता को हुन् ?? ➤ मेनका १५८) क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ?? ➤ बीजक  १५९) “नमाज” पढ्दा बस्ने आसनलाई के भनिन्