Skip to main content

Posts

Showing posts from November 10, 2021

कान (Ear) सम्बन्धी प्रश्नोत्तर:

Pic: Wikipedia 👂. श्रवणको ज्ञान दिलाउने ज्ञानेन्द्रिय कुन हो ?? ➤ कान (Ear) 👂. कानको संरचनालाई कति भागमा विभाजन गरिएको छ ?? ➤ तिन (बाहिरी कान, मध्य कान र भित्री कान) 👂. तलका मध्ये कुन अङ्गले शरिरलाई सन्तुलित राख्ने काम गर्दछ ?? क) नाक ख) कान ग) आँखा  घ) छाला ➤ ख) 👂. बाहिरी कान (External Ear) लाई कति भागमा विभाजन गरिएको छ ?? ➤ तिन (पिन्ना, श्रवण नली र कानको जाली) 👂. कानको सबैभन्दा बाहिर देखिने भागलाई के भनिन्छ ?? ➤ पिन्ना (Pinna) 👂. पिन्ना (Pinna) कस्तो हाडबाट बनेको हुन्छ ?? ➤ कुरकुरे हाड 👂. पिन्नाको तल्लो छेउ कुन तन्तुले बनेको हुन्छ ?? ➤ बोसे तन्तु (Fatty Tissue) 👂. पिन्ना (Pinna) को काम के हो ?? ➤ आवाजका तरङ्गहरुलाई सङ्कलन गरी श्रवण नली तिर पठाउने। 👂. पिन्ना देखि कानको जाली सम्म फैलिएको भाग के हो ?? ➤ श्रवण नली (Auditory Canal) 👂. श्रवण नली के ले ढाकिएको हुन्छ ?? ➤ रौँयुक्त छालाले 👂. श्रवण नलीमा कुन कुन ग्रन्थीहरू हुन्छन् ?? ➤ सेरुमिनस ग्रन्थी (Ceruminous Gland) र तेल ग्रन्थी (Sebaceous Gland) 👂. कानेगुजी (Earwax) के ले निकाल्छ ?? ➤ सेरुमिनस ग्रन्थी (Ceruminous Gland) 👂.