Skip to main content

Posts

Showing posts from May 9, 2022

नेपाली साहित्यका चम्किला ताराहरु

“त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति” आदिकवि भानुभक्त आचार्य भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको रम्घामा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई आदिकवि भानुभक्तका नामले चिनिन्छ । उनले आफ्नो ५४ वर्षको जीवन अवधिभर 'रामायण', 'भक्तमाला', 'प्रश्नोत्तर', 'वधुशिक्षा' र ३ दर्जनभन्दा बढी फुटकर कविताहरू सृर्जना गरेका छन् । भानुभक्तले आफ्नो विभिन्न कला कृतिद्वारा नेपाली साहित्यको जगलाई बलियो बनाएका छन् । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक !” महाकवि लक्ष्मी प्रसाद देवकोटा लक्ष्मी प्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाका दिन काठमाण्डौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका नामले चिनिन्छ । देवकोटा कविता, आख्यान, नाटक र निबन्ध गरी नेपाली साहित्यका चार ओटै विधामा निपूर्ण थिए । उनले 'मुनामदन', 'सुलोचना', 'शकुन्तला' जस्ता अद्वितीय कृतिहरू लेखेका छन् । “कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको ज्योति कालो! कालो सौदामिनीको चहक सब, शरच्चन्द्रको कान्ति कालो!!” कविशिरोमणि लेखनाथ प