Skip to main content

Some Basic Accounting Terminologiesः

लेखाविधिका केही आधारभूत शब्दावलीहरुः
Some Basic Accounting Terminologiesः

••••••••••••••••••••••••••••••••••••••••••••
☞ #सम्पत्ति (Asset)ः
►► व्यवसायको स्वामित्त्वमा रहेका नगद अथवा जिन्सी सामानलाई सम्पत्ति भनिन्छ ।
•••
☞ #पूँजी (Capital)ः
►► व्यवसायको सञ्चालन र विकासको लागि व्यवसायको मालिकले लगानी गर्ने नगद वा अन्य सम्पत्तिहरुलाई पूँजी भनिन्छ ।
•••
☞ #दायित्त्व (Liability)ः
►► व्यवसायले तुरुन्तै वा भविष्यमा कुनै व्यक्ति वा संस्थालाई भुक्तानी वा चुक्ता गर्नुपर्ने रकमलाई दायित्त्व भनिन्छ ।
•••
☞ #मौज्दात (Inventory or Stock)ः
►► बिक्रि गर्न वा भविष्यको लागि खरिद गरेर राखेको वा उत्पादन गरेर राखेका मालसामान नै मौज्दात हो । यो चल सम्पत्तिको एउटा मुख्य अंश हो।
•••
☞ #आय (Revenue)ः
►► वस्तुहरु विक्रि गरेर र सेवा उपलब्ध गराएर प्राप्त हुने रकम नै आय हो ।
•••
☞ #खर्च (Expenses)ः
►► आय आर्जन गर्नको लागि नियमित रुपमा तिर्नु पर्ने रकमहरुलाई खर्च भनिन्छ।
•••
☞ #लाभ (Gain)ः
►► लगानी विना वा कुनै सेवा प्रदान नगरेर पनि कुनै प्रतिफल हासिल हुन्छ भने त्यसलाई लाभ भनिन्छ ।
•••
☞ #नाफा (Profit)ः
►► सम्पूर्ण खर्चहरु तिरेर बाँकी रहेको रकम वा आम्दानी भन्दा खर्च कम भएको अवस्थाबाट प्राप्त रकम नै नाफा हो ।
•••
☞ #नोक्सानी (Loss)ः
►► प्राप्त हुनुपर्ने रकम प्राप्त नभएमा वा कम प्राप्त भएमा विना प्रतिफल कुनै सम्पत्ति त्याग गर्नुपर्ने भएमा जस्ता कारणहरुबाट नोक्सानी उत्पन्न हुन्छ ।
•••
☞ #स्थिर_सम्पत्ति (Fixed Asset)ः
►► एक वर्षभन्दा बढी समयावधिको लागि खरिद गरिएका सम्पत्तिहरु हुन्। जस्तैः घर, मेशीन, फर्निचर आदी।
•••
☞ #दृश्य_सम्पत्ति (Tangible Asset)ः
►► भौतिक आकार भएका र देख्न तथा छुन सकिने सम्पत्तिहरु हुन्। जस्तैः फर्निचर, घरजग्गा, मेशिन आदी।
•••
☞ #अदृश्य_सम्पत्ति (Intangible Asset)ः
►► भौतिक आकार नभएका र देख्न छुन नसकिने तर व्यवसायको लागि मूल्यवान् भएका सम्पत्तिहरु नै हुन्। जस्तैः व्यसायको ख्याति(Goodwill), व्यापार चिन्ह(Trade Mark), प्रकाशन अधिकार(Copyright).
•••
☞ #चल_सम्पत्ति (Current Asset)ः
►► सामान्यतयाः एक वर्षभित्रै नगदमा परिणत गर्न सकिने सम्पत्तिहरुलाई चल सम्पत्ति भनिन्छ। जस्तैः नगद(Cash), बैंक मौज्दात(Bank Balance).
•••
☞ #दीर्घकालीन_दायित्त्व (Long-Term Liabilities)ः
►► एक वर्षभन्दा बढी म्याद भएको दायित्त्वहरु। जस्तैः बोन्ड, डिवेन्चर
•••
☞ #अल्पकालीन_वा_चल_दायित्त्व (Short-Term liability)ः
►► एक वर्षभित्रै भुक्त्तानी गर्नुपर्ने दायित्त्वहरु।
•••
☞ #साहु (Creditor)ः
►► जुन व्यक्ति वा संगठनहरुबाट उधारोमा मालसामान खरिद गरिन्छ, त्यस्ता व्यक्ति वा संगठनहरुलाई साहु भनिन्छ ।
•••
☞ #ऋण (Loan)ः
►► भविष्यमा फिर्ता गर्ने गरी व्यवसायको मालिक बाहेक अन्य पक्षबाट प्राप्त रकम हो। ऋण व्यक्ति, बैङ्क, वित्तीय संस्था आदिबाट प्राप्त गरिन्छ । सामान्यतयाः ऋणमा नियमित रुपमा ब्याज र ऋणको म्यादको अन्तिममा सावाँ फिर्ता गर्ने शर्तमा ऋण प्राप्त गरिएको हुन्छ ।
•••
☞ #भुक्तानी_गर्नुपर्ने_खर्च (Outstanding Expenses)ः
►► यदि व्यक्ति वा संगठनबाट सेवा प्राप्त भइसकेको छ, तर सो सेवा वापत भुक्तानि गर्नुपर्ने रकम भुक्तानि दिन बाँकी छ भने, त्यस्ता खर्चहरुलाई भुक्तानि दिन बाँकी खर्च भनिन्छ । जस्तैः २ महिनाको घरभाडा तिर्न बाँकी ।
•••
☞ #अग्रिम_आम्दानी (Advance Income)ः
►► कुनै व्यक्ति वा पक्षलाई सेवा उपलब्ध गराउनुभन्दा पहिले नै सो वापतको रकम प्राप्त हुन्छ भने, त्यसलाई अग्रिम आम्दानी भनिन्छ । यसलाई दायित्त्व मानिन्छ ।
•••
☞ #लगानी (Investment)ः
►► नियमित आम्दानी जस्तैः ऋणमा ब्याज, शेयरमा लाभांस आदि प्राप्त गर्ने र लगानीको मूल्य बृद्धिबाट लाभ आर्जन गर्ने उद्देश्यले बैङ्कमा नगद जम्मा गरिएको रकम, विभिन्न व्यक्ति तथा संगठनलाई प्रदान गरिएको ऋण र सरकार तथा संगठित संस्थाहरुले निष्कासन गरेका शेयर, ऋणपत्रहरु आदिको खरिदलाई लगानी भनिन्छ ।
•••
☞ #आसामी (Debtor)ः
►► मालसामान उधारोमा खरिद गर्ने व्यक्ति वा संगठनहरु ।
•••
☞ #अग्रिम_भुक्तानी (Prepaid Expense)ः
►► सेवा प्राप्त गर्नुभन्दा पहिले खर्चको भुक्तानी गर्नु
•••
☞ #आर्जित_आम्दानी (Accrued Income)ः
►► आय आर्जन भइसकेको तर प्राप्त नभएको रकम
•••
☞ #प्राप्य_बिल (Bills Receivable)ः
►► ग्राहक वा आसामीले तोकिएको समयावधि भित्र निर्धारित रकम भुक्तानि गर्नेछु भनी स्वीकार गरेको एक प्रकारको मञ्जुरनामा वा प्रतिज्ञा ।
•••
☞ #द्वेय_बिल (Bills Payable)ः
►► साहुलाई तोकिएको भाखाभित्र निश्चित रकम बुझाउन गरिएको प्रतिज्ञा ।
•••
☞ #पूँजी_फिर्ता (Drawing)ः
►► व्यवसायको मालिकले नगद वा बैंकबाट रकम फिर्ता लानु वा निजी प्रयोजनको लागि नगद/मालसामान प्रयोग गर्नु ।
•••
☞ #बैङ्क_अधिविकर्ष (Bank Overdraft)ः
►► बैंकमा जम्मा गरिएको रकमभन्दा बढी रकम झिक्नु ।
•••
☞ #मालसामान_फिर्ता (Return Inward or Sales Return)ः
►► विक्रि भइसकेको मालसामान फिर्ता आउनु ।
•••
☞ #मूल्यह्रास (Depreciation)ः
►► स्थिर सम्पत्तिको मूल्यमा आउने क्रमिक कमी ।
•••
☞ #मूल्यबृद्धि (Appreciation)ः
►► मूल्यह्रासको विपरीत सम्पत्तिको मूल्य बढ्नु हो ।
•••
☞ #खराब_ऋण (Bad Debt)ः
►► यदि कुनै आसामीले तिर्नुपर्ने रकम तिर्न नसक्ने भएमा सो आसामीबाट असुल हुन नसक्ने रकमलाई खराब ऋण भनिन्छ, जुन एक प्रकारको नोक्सानी हो ।
••••••••••••••••••••••••••••••••
#U_T_R
October 20, 2016 at 4:08pmPrivacy: Public

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...