Skip to main content

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् ।

#उत्तर
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अङ्ग भनिन्छ । संवैधानिक अङ्गका काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको सङ्ख्या, तिनको नियुक्ति एवम् बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अङ्ग स्वतन्त्र, स्वायत्त, तटस्थ एवम् निष्पक्ष हुने गर्दछन् । सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका ह अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुनसक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भैष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अङ्गको आवश्यकता पर्दछ ।

नेपालमा हाल भएका #संवैधानिक_अङ्ग
» नेपालको संविधान अनुसार हाल नेपालमा निम्न १३ वटा संवैधानिक अङ्ग रहेका छन्ः
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
२. महालेखा परीक्षक,
३. लोकसेवा आयोग,
४. निर्वाचन आयोग,
५. राष्ट्रिय मानव अधिकार आयोग,
६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
७. राष्ट्रिय महिला आयोग,
८. राष्ट्रिय दलित आयोग,
९. राष्ट्रिय समावेशी आयोग,
१०. आदिवासी जनजाति आयोग,
११. मधेसी आयोग,
१२. थारू आयोग,
१३. मुस्लिम आयोग,

Comments

  1. Very excellent

    ReplyDelete
  2. संवैधानिक अङ्ग भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हो l नेपालको संविधानमा संवैधानिक अङ्ग बाहेक उल्लेख गरिएका निकायहरू संवैधानिक निकायहरू हुन जुन १३ वटा रेहेको छ l

    ReplyDelete
  3. yesko dhara samet khulauna paryo.

    ReplyDelete

Post a Comment