Skip to main content

इन्स्योरेन्स (बीमा) सम्बन्धि परिभाषाहरुः

‘अ’
अस्थायी पूर्ण अशक्तताः
→• बीमित आय वा मुनाफा आर्जन गर्ने कुनै पनि व्यवसाय वा पेशा गर्न केही समयको लागि पूर्ण रुपले असमर्थ भएको अवस्था हो ।

‘आ’
आगलागी वा अग्निबाट भएको क्षति/हानि-नोक्सानीः
→• दुर्घटनावश ज्वाला प्रस्फुटित भई उत्पन्न भएको आगलागी वा अग्नि बाट भएको क्षति/हानि-नोक्सानी हो तर कुनै प्रयोजनको लागि बालिएको र आफनै सीमाभित्र रहेको आगोलाई बीमालेखको प्रयोजनको लागि आगलागी वा अग्नि मानिने छैन ।

आवश्यक तथा वास्तविक औषधोपचार खर्चः
→• दुर्घटना बाट बीमितलाई लागेको घाउँ चोटको लागि आवश्यक उपचार, उपचार सामाग्री वा उपचार सेवाको लागि भुक्तानी गरिएको वास्तविक खर्च रकम हो जुन खर्च रकम सो खर्च गरिएको ठाउँबाट त्यस्तो उपचार, उपचार सामाग्री वा उपचार सेवाको प्रचलित दर भन्दा बढी हुने छैन ।

‘औ’
औसत शर्तः
→• बीमालेख अन्तर्गत बीमा भएको सम्पत्तिको क्षति/हानि-नोक्सानी हँुदाको बजार मूल्य भन्दा सोही सम्पत्तिको बीमाङ्क घटी भएको अवस्थामा बीमकले समानुपातिक रुपमा भुक्तानी गर्ने क्षतिपूर्ति रकम हो ।

‘क’
कुनै प्रकारको नाफा समावेश नगरिएको मूल्यः
→• कुनै पनि सामग्री तयार गर्दा वा आपूर्ति गर्दा नाफा समावेश नगरिएको मूल्य हो ।

‘घ’
घरेलु उपकरणको विस्फोटन बाट भएको क्षति/हानि-नोक्सानीः
→• व्यापारिक तथा औद्योगिक प्रयोजनको लागि नभई घरायसी उपयोगको लागि राखिएको, भण्डारण गरिएको वा जडान गरिएको घरेलु उपकरणको आन्तरिक वा वाह्य विस्फोटनको कारणबाट भएको आगलागी वा अन्य कुनै भौतिक क्षति/हानि-नोक्सानी हो ।

‘च’
चट्याङ्ग बाट भएको क्षति/हानि-नोक्सानीः
→• चट्याङ्ग परेर वा बिजुली चम्किएर भएको आगलागी वा बाहिरबाट स्पष्ट देखिने भौतिक क्षति/हानि-नोक्सानी हो ।

‘ज’
जोखिम समूहः
→• “जोखिम समूह” भन्नाले हूलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेषपूर्ण कार्य, आतंकवाद तथा विध्वंशात्मक कार्य जस्ता क्रियाकलाप बाट हुन् सक्ने दुर्घटना हो ।

‘द’
दुर्घटनाः
→• दुर्घटना भन्नाले बाहिरी, आँखाले स्पष्ट देख्न सकिने र सांघातिक माध्यम बाट हुने आकस्मिक र अप्रत्याशित घटना हो ।

‘न’
निको नहुने गरी आँखाको दृष्टि पूर्णरूपले क्षतिः
→• नेत्र विज्ञान (Opthalmology) मा विशेषज्ञता प्राप्त गरेको इजाजत प्राप्त चिकित्सकद्वारा निको नहुने भनी प्रमाणित गरिएको आँखाको दृष्टि पूर्ण रुपले क्षति हुनु हो । भविष्यमा निको हुने वा नहुने एकिन हुन् नसकिने अवस्थामा दुर्घटना घटेको मितिदेखि ३६५ दिन सम्म बीमितको दृष्टि शक्ति पूर्ण रुपले क्षति भएको अवस्था कायम रहेमा निजको निको नहुने गरी आँखाको दृष्टि पूर्ण रुपले क्षति भएको हो।

‘ब’
बजार मूल्यः
→• बीमालेख अन्तर्गत बीमा भएको सम्पत्ति क्षति/हानि-नोक्सानी भएको समयमा सो सम्पत्ति निर्माण गर्न वा नयाँ खरिद गर्न लाग्ने मूल्य वा बजार मूल्यमा प्रतिस्थापन गर्न लाग्ने मूल्यबाट प्रचलित दरमा ह्रासकट्टी गरी कायम हुन् आउने खुद मूल्य हो ।

बीमाङ्कः
→• बीमितले प्रस्ताव फाराममा उल्लेख गरेको आधारमा बीमालेखको तालिकामा उल्लिखित बीमा गरिएको सम्पत्तिको मूल्य हो ।

‘भ’
भूकम्प बाट भएको क्षति/हानि-नोक्सानीः
→• भूकम्पको कारणबाट हुने आगलागी र अन्य भौतिक क्षति/हानि-नोक्सानी हो र सो शब्दले भूकम्पको कारण बाट आएको बाढी वा नदी तथा ताल वा पानी जम्मा गरेको पोखरीको पानी उर्लिएर, बाँध फुटेर वा भत्किएर पानी उर्लिई भएको क्षति समेत हो ।

‘म’
मूलभूत विवरणः
→• बीमालेख अन्तर्गत बीमा हुने सम्पत्ति (बीमाको विषयवस्तु) मा निहित जोखिम तथा त्यस्तो जोखिमको मात्रा विश्लेषण गरी बीमा गर्दा लागू हुने बीमाशुल्क निर्धारण गर्न र बीमकले बीमा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णयमा पुग्नमा सघाउँ पुर्याउने महत्त्वपूर्ण विवरणहरु हुन् ।

‘श’
शारीरिक रुपले काम नलाग्नेः
→• दुर्घटना बाट चोटपटक लागेको अंगको सम्बन्धमा उक्त विषयमा विशेषज्ञता प्राप्त गरेको इजाजत प्राप्त चिकित्सक द्वारा प्रमाणित गरिएको अंगको उपयोगको पूर्ण ह्रास वा पूर्ण स्थायी क्षति हो ।

‘स’
साप्ताहिक आयः
→• बीमितको व्यक्तिगत संलग्नता बाट बीमितले आर्जन गर्दै आएको मासिक आम्दानीको चार भागको एक भाग रकम हो ।

सम्पुष्टिः
→• बीमालेखको प्रावधान लाई संशोधन गर्न, हटाउँन वा थपघट गर्नका लागि बीमालेखको अङ्गको रूपमा रहने गरी बीमालेखको तालिकामा जनाई बीमकको तर्फबाट सही छाप गरी जारी भएको थप लिखत हो ।

स्वजलन बाट भएको क्षति/हानि-नोक्सानीः
→• अन्यत्रबाट उत्पन्न नभई चाप, ताप, आफनो प्रकृति परिवर्तन वा वातावरणीय प्रभावको कारणले वस्तु आफैंबाट स्वतः उत्पन्न भएको आगलागीको कारणले भएको क्षति/हानि-नोक्सानी हो ।

स्थायी पूर्ण अशक्तताः
→• स्थायी पूर्ण अशक्तता भन्नाले बीमित आय वा मुनाफा आर्जन गर्ने कुनै पनि व्यवसाय वा पेशा गर्न सधैंको लागि असमर्थ भएको अवस्था हो । भविष्यमा निको हुने वा नहुनेमा एकिन हुन नसकिने अवस्थामा दुर्घटना घटेको मिति देखि ३६५ दिन सम्म बीमित स्थायी पूर्ण अशक्त रहेमा निज सधैंको लागि स्थायी पूर्ण अशक्त मानिनेछ ।

‘ह’
हुरी बतास तथा आँधीबेहरी बाट भएको क्षति/हानि-नोक्सानीः
→• यो भन्नाले सबै प्रकारको, हुरी बतास तथा आँधी बेहरी (असिना समेत) ले पुर्याएको भौतिक क्षति/हानि-नोक्सानी हो ।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...