Skip to main content

केहि वैज्ञानिक उपकरणहरु र तिनका कार्य

🔬अल्टिमिटर — विमान कति उचाइमा उडिरहेको छ भनी नाप्ने यन्त्र हो ।
🔬एम्मीटर — एम्पियर्समा विद्युत् धारा नाप्ने यन्त्र
🔬एनीमोमिटर — हावाको शक्ति तथा गति नाप्ने यन्त्र
🔬अडियोमिटर — ध्वनिको तिव्रता नाप्ने यन्त्र
🔬अडियोफोन — कम श्रवणशक्ति भएको व्यक्तिले यस उपकरणलाई कानमा राखेर ठीक तरिकाले सुन्न सहयोग गर्ने यन्त्र हो
🔬ब्यारोग्राफ वा ब्यारोमिटर — वायुमण्डलको चापमा हुने परिवर्तनलाइ नाप्ने यन्त्र
🔬एक्सिलेरोमिटर — हवाईजहाजको गतिवृद्धि नाप्ने यन्त्र
🔬केलिपर्स — गोलो वस्तुको आन्तरिक तथा बाह्य व्यास जाप्ने यन्त्र साथै यसले मोटाई पनि नापिन्छ
🔬क्रेस्कोग्राफ — बिरुवाहरुको वृद्धिक्रमलाई नाप्ने यन्त्र
🔬एस्ट्रोमिटर — ताराहरुको प्रकाशको तिब्रताको तुलना गर्न प्रयोग गर्ने यन्त्र
🔬कार्डियोग्राम — हृदय रोगबाट पीडित व्यक्तिहरुको मुटुको स्पन्दन जाँन गर्ने यन्त्र
🔬क्रोनोमिटर — पानी जहाजमा जडान गरिने समयको जानकारी दिन्छ ।
🔬सिनेमेटोग्राफ — स–साना चित्रहरुलाई ठूलो बनाएर पर्दामा हेर्न सहयोग गर्दछ ।
🔬कम्पास निडल — उत्तर दिशाको जानकारी दिन्छ ।
🔬रेक्टिफायर — विद्युत धाराको दिशा परिवर्त गर्ने यन्त्र हो ।
🔬एक्युमुलेटर — विद्युत ऊर्जा संचय गर्ने यन्त्र
🔬युडिओमिटर — रासायनिक क्रियाको कारणले ग्याँसहरुमा हुने आयतनको परिवर्तनलाई नाप्ने यन्त्र हो ।
🔬डाइनामाइट — नाइट्रोग्लिसरिनबाट बनेको अति विस्फोटक पदार्थ हो
🔬ग्याल्भेनोमिटर — स–साना विद्युत् तरङ्गलाई नाप्ने यन्त्र हो ।
🔬प्रिडिक्टर — वायुयान आउनुभन्दा त्यसको आगमनबारे पूर्वसूचना दिने यन्त्र
🔬ग्रामोफोन — रेकर्ड गरिएको ध्वनी तरङ्गलाई पुनः जागृत गराई सुन्न सकिने यन्त्र
🔬ग्रेभीमिटर — पानीको सतहमा तेलको उपस्थितिबारे जानकारी  दिने यन्त्र
🔬हाइड्रोफोन — पानीको ध्वनीलाई अंकित गर्ने यन्त्र
🔬एक्टिमोमिटर — सूर्यको किरणको तापीय तीव्रता निश्चित गर्ने यन्त्र
🔬एरोमिटर — हावा र ग्यासको तौल र घनत्व नाप्ने यन्त्र

Comments

Post a Comment