Skip to main content

मानव शरीर (Human Body)

 १. मानव शरीरको आधारभूत एकाई के हो ??
कोष (Cell)

२. कति ओटा प्रणाली मिलेर मानव शरीरको निर्माण भएको छ ??
१०

३. मुख्यतया मानव तन्तु (Tissue) कति प्रकारको हुन्छन् ??

४. मानव शरीरमा कति कोषहरू हुन्छन् ??
करिब ट्रिलियन्स (10^12)

५. कोषको जीवित भाग कुन हो ??
प्रोटोप्लाज्म (Protoplasm)

६. न्युक्लियस भित्र के हुन्छन् ??
क्रोमोजोम (Chromosome)

७. कोषको खोज कसले गरेका हुन् ??
रोबर्ट हुक (Robert Hooke)

८. कोष कहिले पत्ता लागेको हो ??
सन् १६६५

९. तन्तु तन्तु मिलेर के बन्छ ??
अंग (Organ)

१०. घाटी देखि पेट सम्म खाना पुर्याउने नलीलाई के भनिन्छ ??
Oesophagus (भोजन नली)

११. मुटुको तौल कति हुन्छ ??
२५०—३५० ग्राम

१२. मुटु औसत एक मिनेटमा कति पटक ढडकिन्छ ??
७२ (दिनमा १ लाख र वर्षमा ३.५ करोड पटक)

१३. मुटुलाई दायाँ र बायाँ भागमा छुट्याउने बिचको पर्खाललाई के भनिन्छ ??
सेप्टम (Septum)

१४. मानव शरीरमा सबभन्दा छिटो निको हुने अङ्ग कुन हो ??
जिब्रो 👅

१५. पाचन प्रणालीको सबैभन्दा माथिको भाग कुन हो ??
मुख 👄

१६. खानामा भएको कार्बोहाइड्रेट्लाई आंशिक रूपमा ग्लुकोजमा परिणत गर्ने इन्जाइम कुन हो ??
अमाइलेज (Amylase)

१७. अमाइलेज (Amylase) इन्जाइम कहाँ पाइन्छ ??
र्याल (Saliva)

१८. आमाशयको आकार कस्तो हुन्छ ??
जे (J)

१९. आमाशयको दायाँ पट्टिको भागलाई के भनिन्छ ??
एब्डोमेन

२०. आमाशयमा हुने ग्रन्थीको नाम के हो ??
ग्यास्ट्रिक ग्रन्थी

२१. बोसोलाई फ्याटी र ग्लिसिरोलमा परिणत गर्ने इन्जाइम कुन हो ??
लाइपेज

२२. प्रोटिनलाई पेप्टाइडमा परिणत गर्ने इन्जाइम कुन हो ??
➤  पेप्सिन

२३. आमाशयमा खाना इन्जाइमको मिश्रणलाई के भनिन्छ ??
काइम (Chyme)

२४. पाचन नलीको सबैभन्दा लामो भाग कुन हो ??
सानो आन्द्रा

२५. सानो आन्द्राको कति ओटा भाग हुन्छन् ??

ड्युडेनम, जेजुनम र इलियम

२६. कुन भागमा उत्पन्न हुने वाइल रसले बोसोलाई इमल्सीफाइ  (Emulsify) गर्दछ ??
गल ब्लाडर (Gall Bladder)

२७. जेजुनम (Jejunum) २.५ मिटर लामो हुन्छ भने इलियम कति लामो हुन्छ ??
३ मिटर

२८. सानो आन्द्रामा उत्पादन हुने रस कुन हो ??
इन्टेस्टिनल

२९. ठूलो आन्द्रा कति लामो हुन्छ ??
१.५ मिटर

३०. ठूलो आन्द्राले कति प्रतिशत पानी सोस्दछ ??
करिब ९०%

३१. श्वास प्रश्वास प्रणालीको बाहिरी अङ्ग कुन हो ??
नाक 👃

३२. खाना निल्दा के कारणले सर्किन्छ र खोकी लाग्छ ??
इपिग्लोटिस (Epiglotis) राम्ररी बन्द नभएको अवस्थामा

३३. इपिग्लोटिस (Epiglotis) के हो ??
श्वास नलीको मुखमा भएको भाग

३४. Voice box के हो ??
स्वरयन्त्र (Larynx)

३५. स्वरयन्त्रमा भएको दुई ओटा पत्रलाई के भनिन्छ ??
भोकल कर्ड

३६. एक जना वयस्क मानिसको दुवै फोक्सोमा कति अल्भिवोली (Alveoli) हुन्छ ??
करिब ७०० मिलियन

३७. श्वास प्रश्वास प्रणालीको सबैभन्दा मुख्य अङ्ग कुन हो ??
फोक्सो

३८. दायाँ फोक्सोमा तिन खण्ड हुन्छ भने बायाँ फोक्सोमा कति हुन्छ ??
२ खण्ड

३९. फोक्सोलाई ढाक्ने दुई पत्रे झिल्लीलाई के भनिन्छ ??
प्लूरा (Pleura)

४०. एउटा वयस्क व्यक्तिले सामान्यतया एक मिनेटमा कति पटक सम्म श्वास प्रश्वास गर्छ ??
१८ - २०

४१. मानिसमा खाना चपाउने चार दाँतहरू कुन-कुन हुन् ??
इन्साइजर, केनाइन, प्रिमोलार र मोलार

४२. फोक्सोको वायुथैलीमा कुन ग्याँसको आदान प्रदान हुन्छ ??
अक्सिजन र कार्बनडाइअक्साइड

Uttar Tamang

Comments