🌐. २०७८ असार मसान्त सम्म देशभरका कति स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ ??
➤ ६६३
🌐. कोरोना भाइरसको बाहिरी कडा पत्रलाई के भनिन्छ ??
➤ स्पैक प्रोटिन
🌐. ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि कसले जितेका छन् ??
➤ किरण गजमेर
➤ नगद २५ लाख रुपैयाँ र टीम प्रमोदबाट
🌐. सेप्टेम्बर २०२१ मा, तालिबानले अफगानिस्तानको कार्यवाहक सरकारको प्रमुखको रूपमा कसलाई नियुक्त गरेको हो ??
➤ मुल्ला हसन अखुन्द (Mullah Hassan Akhund)
🌐. टोक्यो ओलम्पिक 2020 मा भारतलाई पहिलो स्वर्ण पदक दिलाउने खेलाडी को हुन् ??
➤ निरज चोपडा
➤ खेलः ज्याभलिन थ्रो
➤ दुरीः ८७.५८ मिटर
🌐. टोक्यो ओलिम्पिकको १०० मिटर दौडको बिजेता खेलाडी को हुन् ??
➤ लमोन्ट मार्सेल जेकोब्स
➤ देशः इटाली
➤ समयः ९.८० सेकेन्ड
🌐. ग्रीष्मकालीन ओलिम्पिक्समा स्वर्ण पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देश कुन बन्न पुग्यो ??
➤ बर्म्यूडा
➤ जनसंख्याः ६३,०००
➤ खेलाडीः फ्लोरा डफी
🌐. हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान कसको रहेको छ ??
➤ मार्जोरी गेस्टिङ
➤ सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्रिङबोर्डमा पदक जितेका ।
🌐. विश्वमा जनगणनाको सुरूवात कहाँबाट भएको मानिन्छ ??
➤ वेविलोनिया (इसापूर्व ४,०००)
🌐. जनगणना लिने प्रक्रियाको औपचारिक सुरुवात कहिले र कहाँबाट भएको मानिन्छ ??
➤ सन् १६६५ मा क्यानडाको क्युवेक र नोभा स्कोटीया बाट
🌐. आयोजक राष्ट्र कतार पछि फिफा विश्वकप २०२२ को लागी छनोट हुने पहिलो देश कुन हो ??
➤ जर्मनी
🌐. हाल विश्वको सबैभन्दा अग्लो जीवित महिला को हुन ??
➤ रुमेसा गेल्गी (Rumeysa Gelgi)
➤ देश: टर्की
➤ उचाई: ७ फिट ०.७ इन्च
🌐. वन विनाशमा प्रतिबन्ध लगाउने पहिलो देश कुन हो ??
➤ नर्वे
🌐. हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर ठिमीमा कुन जात्रा मनाइन्छ ??
➤ भुईफसी (कुभिण्डो) जात्रा
🌐. जेके रोलिङ्गको पहिलो ह्यारी पोटर उपन्यासको पहिलो संस्करण कतिमा बिकेको छ ??
➤ £२७,५०० (अन्तर्राष्ट्रिय मिडियाका अनुसार)
🌐. स्टार ट्रेक फिल्मका कुन क्यानेडियन अभिनेता ९० वर्षको उमेरमा अन्तरिक्षमा जाने सबैभन्दा बृद्ध व्यक्ति बन्नुभयो ??
➤ विलियम श्याटनर (कप्तान कर्क)
🌐. साफ च्याम्पियनसिप २०२१ फुटबल प्रतियोगिताको विजेता को बनेको छ ??
➤ भारत
🌐. टी–२० विश्वकप क्रिकेट २०२१ मा पहिलो खेल जित्ने राष्ट्र कुन बनेको छ ??
➤ ओमान
➤ मिती: २०२१ अक्टोबर १७
➤ ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले हराएको
🌐. कोभिड–१९ विरुद्धको फाइजर खोप (Pfizer vaccine) नेपाललाई अक्टोबर २०२१ मा कुन देशले र कति मात्रामा सहयोग गरेको हो ??
➤ अमेरिका र
➤ १,००,६२०
🌐. सन् 2021 सम्म, कुन महिला कलाकारले सबैभन्दा बढी ग्रामी अवार्ड जितेको छ ??
➤ बियोन्से (Beyonce)
🌐. कुन राष्ट्रले जनावरहरूका लागि संसारको पहिलो COVID-19 खोप विकास गर्ने दाबी गरेको छ ??
➤ रुस (Russia)
🌐. विश्वको पहिलो आणविक पनडुब्बी (nuclear-powered submarine) कुन हो ??
➤ नौटिलस (Nautilus)
🌐. ग्याङ्नम (Gangnam) नामक सहरी जिल्ला कुन देशमा रहेको छ ??
➤ दक्षिण कोरिया
🌐. विश्वको पहिलो औलो विरुद्धको खोपको नाम के हो ??
➤ मस्क्यूरिक्स (Mosquirix)
🌐. ओस्टियोपोरोसिस (Osteoporosis) ले मानव शरीरको कुन भाग बढी प्रभावित हुन्छ ??
➤ हाड वा हड्डी
🌐. कुन मसलालाई 'ब्ल्याक गोल्ड' भनेर पनि चिनिन्छ ??
➤ मरिच (Black Pepper)
Comments
Post a Comment