Skip to main content

आँखा (Eyes) सम्बन्धी प्रश्नोत्तरहरु:

 
Pic: PIXTA

👀. मानव शरीरमा देख्न प्रयोग हुने अङ्ग कुन हो ??
आँखा (Eyes)

👀. आँखाको मुख्य तिन तह कुन-कुन हो ??
स्क्लेरा, कोरोइड र रेटिना

👀. आँखा कुन हाड भित्र रहेको हुन्छ ??
ल्याक्रिमल हाड (Lacrimal bone)

👀. आँखाको सबैभन्दा बाहिरी तहलाई के भनिन्छ ??
स्कलेरा (Sclera)

👀. स्कलेराको अगाडीको पारदर्शी भागलाई के भनिन्छ ??
कर्निया (Cornea)

👀. कर्नियालाई ढाक्ने पारदर्शी झिल्लीलाई के भनिन्छ ??
कन्जङ्टिभा (Conjunctiva)

👀. आँखाको कुन तह कालो रङको हुन्छ ??
कोरोइड (Choroid)

👀. आँखाको सबैभन्दा भित्री तह कुन हो ??
रेटिना (Retina)

👀. आँखाको कुन तहमा वस्तुको आकृति बन्दछ ??
रेटिना

👀. चयमक (Rods) र कोन (Cones) के हुन् ??
प्रकाशसँग चेतनायुक्त कोषहरु (light sensitive cells)

👀. रड सेलहरुमा भएको रोडोप्सिन (Rhodopsin) ले मधुरो प्रकाशमा हेर्न सघाउँछ भने कोन सेलहरुमा भएको केले उज्यालो प्रकाशमा हेर्न सघाउँछ ??
आयोडोप्सिन (Iodopsin)

👀. रङहरु छुट्याउन (Colour distinction) मद्दत गर्ने कोष कुन हो ??
कोन सेलमा भएको आयोडोप्सिन ले

👀. कुन रोगलाई एक पुर्ख्यौली गुणबाट सर्ने दृष्टिदोष भनेर चिनिन्छ ??
रङ अन्धता (Colour Blindness)

👀. रतन्धो शरीरको कुन अङ्गमा लाग्ने रोग हो ??
आँखा

👀. आँखाको रङ्गीन भाग कुन हो ??
आइरिस (Iris)

👀. आँखाको लेन्स र कर्नियाको बीच भागमा के रहेको हुन्छ ??
आइरिस

👀. आइरिसको बिचमा रहेको प्वाललाई के भनिन्छ ??
नानी (Pupil)

👀. आँखाको कालो भागलाई नानी भनिन्छ भने सेतो भागलाई के भनिन्छ ??
स्कलेरा (Sclera)

👀. नानीको आकार सानो हुने कि ठूलो हुने भन्ने कुरा के ले निर्धारण गर्दछ ??
आइरिसको मांसपेशीलेे

👀. आँखाको नानी कति बेला सानो हुन्छ ??
उज्यालो प्रकाश वा नजिकको वस्तुलाई हेर्दा

👀. आँखाको नानी कति बेला ठूलो हुन्छ ??
अन्धकार वा टाढाको वस्तुलाई हेर्दा

👀. आइरिसको पछाडि रहेको पारदर्शी, बाइकन्भेक्स स्फटिक (क्रिस्टिलिन) वस्तु के हो ??
लेन्स (Lens)

👀. के को खुम्च्याई र फैलावटबाट लेन्स पातलो र बाक्लो हुन्छ ??
सिलिएरी मांसपेशी (Ciliary Muscles)

👀. टाढाको वस्तुलाई हेर्ने क्रममा सिलिएरी मांसपेशी खुम्चिने र लेन्स पातलो हुने हुन्छ भने नजिकको वस्तुलाई हेर्दा के हुन्छ ??
सिलिएरी मांसपेशी फैलिने र लेन्स बाक्लो हुने गर्छ।

👀. रेटिनामा बनेको वस्तुको आकृतिलाई मस्तिष्कसम्म पुर्याउने काम के ले गर्दछ ??
अप्टिकल नर्भ (Optic nerve)

👀. रेटिनामा बनेको वस्तुको आकृतिलाई सुल्टो बनाउने काम के ले गर्दछ ??
अप्टिक नर्भ

👀. कर्निया र लेन्सको बिचको खाली ठाउँमा रहेको पातलो तरल पदार्थलाई के भनिन्छ ??
एक्वायस ह्युमर (Aqueous Humour)

👀. रेटिनामा पाइने चहकिलो प्रकाशमा क्रियाशील हुने कोषहरु कुन हो ??
कोन सेल

👀. आँखालाई घुम्न सहयोग गर्ने तरल पदार्थ कुन हो ??
एक्वायस ह्युमर (Aqueous Humour)

👀. आँखालाई गोलो आकारमा राख्ने भाग कुन हो ??
भिट्रिअस ह्युमर (Vitreous Humour)

👀. रेटिनामा पाइने मधुरो प्रकाशमा क्रियाशील हुने कोषहरु कुन हो ??
रड सेल

👀. आँखाबाट मस्तिष्कसँम्म जोडिएको नशा कुन हो ??
अप्टिकल नर्भ (Optical Nerve)

👀. लेन्स र रेटिना बिचको खाली ठाउँ बाक्लो जेली जस्तो वस्तुले भरिएको हुन्छ, त्यसलाई के भनिन्छ ??
भिट्रिअस ह्युमर (Vitreous Humour)

👀. कोरोइडको मुख्य काम के हो ??
विकिरणहरु सोसेर आँखालाई खाना र अक्सिजन प्रदान गर्नुका साथै प्रकाशका किरणहरुलाई परावर्तन हुन दिँदैन।

👀. आँखामा रहेको लेन्सकाे काम के हो ??
प्रकाशका किरणहरुलाई रेटिनामा आवर्तन गरी वास्तविक, उल्टो र सानो आकृति बनाउन सहयोग गर्दछ।

👀. मानिसले वरिपरि रहेको वस्तुलाई कसरी देख्छ ?? How do people see the object around them ??
आँखाको लेन्सले कुनै पनि वस्तुबाट आएको प्रकाशको किरणलाई रेटिनामा केन्द्रित गरी आकृति बनाउँछ। उक्त आकृति वास्तविक र उल्टो हुन्छ। यसरी रेटिनामा बनेको आकृति अप्टिक नर्भ हुँदै मस्तिष्कमा पुग्छ । मस्तिष्कले वस्तुको आकृतिलाई सुल्टो बनाइदिन्छ र तब मानिसले वस्तु देख्न सकिन्छ।

👀. आँखाको हेरचाह र सरसफाइ कसरी गर्न सकिन्छ ?? How to do care and hygiene of the eye ??
➤ आँखाको हेरचाह र सरसफाइ निम्नानुसार गर्न सकिन्छ:
(क) भिटामिन A युक्त पहेला फलफूल तथा हरिया सागसब्जी खाने,
(ख) चर्को र मधुरो प्रकाश भएको ठाउँमा नपढने,
(ग) सधैँ सफा पानीले आँखा सफा राख्ने,
(घ) आँखामा जथाभावी रूपमा औषधीको प्रयोग नगर्ने,
(ङ) आँखालाई हातले नमिच्ने,
(च) डण्डीबियो जस्ता खतरानाक खेलहरू नखेल्ने,
(छ) बेला बेलामा आँखाको जाँच गराउने,
(ज) कारखानामा काम गर्दा चस्मा तथा आँखालाई सुरक्षा दिने वस्तुको प्रयोग गर्ने ।


🖊️. Uttar Tamang (उत्तर तामाङ्ग)

यस्तै अन्य ज्ञानेन्द्रियहरु: कान (Ear), नाक (Nose), जिब्रो (Tongue), र छाला (Skin) सम्बन्धी प्रश्नोत्तरको लागि यहाँ थिच्न्नुहोस्।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...