🇳🇵. फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) कहिले राखेको हो ??
➤ २८ अक्टोबर २०२१
🇳🇵. आ.व. २०७६/७७ मा स्थापना भएका सार्वजनिक संस्थानहरू कुन-कुन हुन् ??
➤ धौबादी फलाम कम्पनी लि. र नेपाल पूवार्धार निर्माण कम्पनी लि.
➤ हाल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ ।
🇳🇵. लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उपाधि कसले जित्यो ??
➤ प्रकाश पराजुली र मीना बुढाथोकी
➤ विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण ।
➤ रकम: २० लाख
🇳🇵. ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज कसले जितेकी छन् ??
➤ सुजिता बस्नेत
🇳🇵. ग्लोबल एग्रीकल्चरल प्रोडक्टिविटी रिपोर्ट २०२१ अनुसार, कुल कारक उत्पादकता (TFP) को वार्षिक दर कति रहेको छ ??
➤ १.३६%
🇳🇵. संयुक्त राष्ट्र संघको ७६ औँ महासभाको अध्यक्षमा निर्वाचित अब्दुल्ला शाहिद कुन देशका नागरिक हुन् ??
➤ माल्दिभ्स
🇳🇵. युरोपेली संघको सर्वोच्च मानवअधिकार पुरस्कार - सखारोभ पुरस्कार २०२१ कसलाई प्रदान गरिएको छ ??
➤ अलेक्सी नाभाल्नी (रसिया)
🇳🇵. बार्बाडोस देशले बेलायतकी महारानी एलिजाबेथको स्थानमा राज्यको प्रमुखको रूपमा आफ्नो पहिलो राष्ट्रपतिको रूपमा कसलाई निर्वाचित गरेको छ ??
➤ सान्ड्रा मेसन (Sandra Mason)
➤ ३० नोभेम्बर २०२१ मा पदभार ग्रहण गर्दै।
🇳🇵. सन् २०१९ मा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक को थिए ??
➤ जोहान कालिन
🇳🇵. हालै विष्फोट भएको माउन्ट आसो ज्वालामुखी कुन देशमा पर्दछ ??
➤ जापान
🇳🇵. कुन ग्लोबल संगठनले सीमापार डाटा प्रयोग र डिजिटल व्यापार सम्झौता गरेको छ ??
➤ G-7
🇳🇵. साल्मोनेला ब्याक्टेरियाबाट हुने संक्रमणका घटनाहरू कुन देशले रिपोर्ट गरेको छ ??
➤ अमेरिका
➤ ६५० भन्दा बढी केसेस
➤ दूषित प्याजका कारण।
🇳🇵. पोल्याण्ड, जर्मनी, फ्रान्स र नेदरल्याण्ड सम्म बगेको आँधीको नाम के हो ??
➤ ओरोर (Aurore)
🇳🇵️. मुस्लिम उइघुर समुदायको अधिकार सुनिश्चित गर्न ४३ अन्य राष्ट्रहरूले कुन देशलाई संयुक्त राष्ट्र संघमा आह्वान गरेको छ ??
➤ चीन
🇳🇵. अक्टोबर २०२१ सम्म, T20 अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी को हुन् ??
➤ शाकिब अल हसन (बंगलादेश)
➤ ८९ टी–२० अन्तर्राष्ट्रिय खेलमा १०८ विकेट लिएका।
🇳🇵. नेपाली राष्ट्रिय गानमा 'नेपाल' भन्ने शब्द कति पटक दोहोरिन्छ ??
➤ २
🇳🇵. प्रदेश नं. १ का मुख्यमन्त्री भिम आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट एकै दिन कहिले राजीनामा दिएका हुन् ??
➤ कार्तिक १५, २०७८
🇳🇵. एकै दिनमा दुई प्रदेशका मुख्यमन्त्री नियुक्त कहिले गरेको हो ??
➤ २०७८ कार्तिक १६ गते
➤ प्रदेश नं. १ मा राजेन्द्र राई र कर्णाली प्रदेशमा जीवन बहादुर शाही
🇳🇵. अन्तर्राष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन २०१८ (IWES-2018) कुन राष्ट्रमा भयो ??
➤ नेपाल
🇳🇵. कोरोनाको खोपलाई बढावा दिन 'Knock Every Door' अभियान सुरु गर्ने देश कुन हो ??
➤ भारत
🇳🇵. हालै देखिएको ट्रिगोनोप्टेरस कोरोना कुन प्रजातिको हो ??
➤ बीटल
🇳🇵. हालै कुन देशले 'धन कर (Wealth Tax)' को प्रस्ताव ल्याएको छ ??
➤ अमेरिका
➤ यो नयाँ कर एक अर्ब डलरभन्दा बढी सम्पत्ति वा १०० मिलियन डलर आम्दानी भएका मानिसहरूलाई लगातार तीन वर्षसम्म लागू हुनेछ।
🇳🇵. 'डिजिटल २०२१: अक्टोबर ग्लोबल स्न्यापसट' का अनुसार मोबाइल फोन प्रयोग गर्ने विश्वको जनसंख्या कति पुगेको छ ??
➤ ५.२९ अर्ब (६५%)
🇳🇵. शावकत मिर्जियोयेभ कुन देशको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् ??
➤ उज्वेकिस्तान
🇳🇵. अष्ट्रेलियाले हालै कहिले सम्ममा शून्य शुद्ध कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको छ ??
➤ सन् २०५०
Comments
Post a Comment