Skip to main content

भगवद् गीता वा श्रीमद्भगवद्-गीता सम्बन्धी सामान्य ज्ञान

१. त्री गुण वा तिन गुणमा के-के पर्दछन् ??
➤ सत्व, रजस् र तमस् (वेदअनुसार)

२. प्राचीन समयमा कसले यज्ञसँगै प्रजाहरुको सिर्जना गरेको मानिन्छ ??
➤ प्रजापति ब्रह्मा

३. कर्म इन्द्रियहरू भन्दा ज्ञानेन्द्रिय श्रेष्ठ छन्, ज्ञानेन्द्रियहरू भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ मानिन्छ भने बुद्धिभन्दा पनि श्रेष्ट के लाई मानिन्छ ??
➤ आत्मतत्व 

४. भगवान् श्रीकृष्णले 'नित्य ज्ञान' पहिलो पटक कसलाई सुनाएको थियो ??
➤ सूर्य

५. सूर्यले मनुलाई 'नित्य ज्ञान' दिएको थियो भने मनुले कसलाई यो ज्ञान दिएका थिए ??
➤ राजा इक्श्वाकु

६. हिन्दु अनुसार गुण र कर्मका आधारमा चारवर्णहरूको सृष्टि कर्ता को थिए ??
➤ भगवान श्रीकृष्ण

७. त्री दुःख वा तिन दु:खमा के-के पर्दछन् ??
➤ आदिभौतिक, आदिदैविक र आध्यात्मिक

८. आठ ओटा प्राकृतिक शक्तिहरू भित्र के-के पर्दछन् ??
➤ पृथ्वी, पानी, आगो, बतास, आकाश, मन, बुद्धि एवं अहंकार। (Earth, Water, Fire, Wind, Sky, Mind, Intellect and Ego)

९. भगवान श्रीकृष्णको त्यो शक्तिको नाम के हो जसले पराप्रकृति अर्थात् सम्पूर्ण जीवन-जगतलाई धानिरहेको छ भन्ने विश्वास गरिन्छ ??
➤ अपरा शक्ति

१०. अधिदेव के हो ??
➤ परमेश्वरको विराट रूप।

११. मानवीय गणना अनुसार एक हजार युगमा ब्रह्माको कति दिन हुन्छ ??
➤ एक दिन (रात पनि त्यति नै लामो हुन्छ।)

१२. सनातन धर्मका अनुसार संसारलाई त्याग्ने दूई ओटा पथहरू के-के हुन् ??
➤ प्रकाशमय र अन्धकारमय पथ

१३. श्रीमद्भगवद्-गीता अनुसार के को प्रमुख तर असीम विशिष्ट स्वरूपहरू वा विभूतिहरू को वा के ??
➤ आदित्यहरूमा → विष्णु
➤ किरणवालहरूमा → तेजस्वी सूर्य
➤ बतासहरूमा → मरिची
➤ नक्षत्रहरूमा → चन्द्रमा
➤ वेदहरूमा → साम
➤ देवाताहरूमा → स्वर्गको राजा
➤ इन्द्रियहरूमा → मन
➤ जीवहरूमा → चेतनशक्ति 
➤ रुद्रहरूमा → शंकर
➤ यक्ष-राक्षसहरूमा → कुवेर
➤ वसुहरूमा → अग्नी
➤ पहाडहरू → मेरू
➤ पुरोहितहरूमा → वृहस्पति
➤ सेनापतिहरूमा → कार्तिकेय
➤ जलाशयहरूमा → सागर
➤ महर्षिहरूमा → भृगु
➤ बोलीहरूमा → ॐकार
➤ यज्ञहरुमा → जप 
➤ जड वस्तुहरूमा → हिमालय
➤ रूखहरुमा → पिपल
➤ देवर्षिहरूमा → नारद
➤ गन्धर्वहरूमा → चित्ररथ
➤ सिद्ध पुरुषहरूमा → कपिल
➤ घोडाहरुमा → उच्चैश्रवा
➤ हात्तीहरूमा → ऐरावत
➤ मानिसहरुमा → राजा 
➤ हतियारमा → बज्र
➤ गाईहरूमा → कामधेनु
➤ प्रजनन कर्ताहरूमा → कामदेव
➤ सर्पहरूमा → वासुकी
➤ नागहरुमा → अनन्त
➤ जलचरहरूमा → बरुण
➤ पितृहरुमा → अर्य
➤ अनुशासन कर्ताहरूमा → यमराज
➤ दैत्यहरूमा → प्रह्लाद 
➤ नाशकर्ताहरूमा → काल
➤ मृगहरूमा → सिंह
➤ चराहरूमा → गरूड 
➤ पवित्रकर्तामा → बायु
➤ शस्त्रधारीहरूमा → राम
➤ माछामा → गोही 
➤ नदीहरूमा → गंगा 
➤ समयमा → आदि, मध्य र अन्त्य
➤ विद्याहरूमा → अध्यात्म-विद्या
➤ तर्कमा → सार सत्य
➤ अक्षरमा → मकार
➤ समासहरूमा → द्वन्द्व-समास
➤ समयमा → शाश्वत-समय
➤ सृष्टिकर्ताहरूमा → ब्रह्मा
➤ हरणकारीमा → मृत्यु 
➤ उत्पन्न हुने विषयहरूमा → नियम
➤ नारीहरूको गुणमा → स्मृति, कीर्ति, मीठो बचन, बुद्धि, धृति र क्षमा
➤ सामवेदका ऋचाहरूमा → बृहत्साम
➤ छन्दहरूमा → गायत्री
➤ महिनाहरूमा → मंसीर 
➤ ऋतुमा → कुसुमाकर वसन्त
➤ ठग-विद्यामा → जुवा
➤ तेजस्वीहरूमा → तेज
➤ विजय, साहस र बलबानहरूमा → बल
➤ वृष्णीहरूमा → बासुदेव
➤ पाण्डवहरूमा → धनन्जय
➤ मुनिहरूमा → ब्यास 
➤ कविहरूमा → शुक्राचार्य अर्थात् उशना
➤ दमनकारीहरूमा → दण्ड
➤ बिजयको चाहना राख्नेहरूमा → सदाचार
➤ रहस्यमय आचरणमा → मौन 
➤ ज्ञानबानहरूमा → बुद्धि

१४. महाभारतमा कौरवको तर्फ बाट लड्ने बीर योद्धाहरू को-को थिए ??
➤ द्रोणाचार्य, पितामह भीष्म, बीर जयद्रथ, महावीर कर्ण आदि।

१५. मृत्युलोकमा श्रीकृष्णको दिव्य विश्वरूप वा विराट स्वरूप देख्ने पहिलो व्यक्ति को थिए ??
➤ अर्जुन

१६. कर्मको अभ्यास गर्नुभन्दा ज्ञान श्रेष्ठ हुन्छ, ज्ञान भन्दा ध्यान श्रेष्ठ हुन्छ भने ध्यान भन्दा के श्रेष्ठ हुन्छ ??
➤ कर्मफल त्याग

१७. शरीर वा क्षेत्रको बारेमा जान्ने मानवलाई के भनिन्छ ??
➤ क्षेत्रज्ञ

१८. संस्कृत वाक्यांश 'अतिथी देवो भव', जसको अर्थ 'अतिथि भगवान हो' कुन उपनिषदबाट लिइएको हो ??
➤ तैत्तिरीयोपनिषद्

१९. महाभारतका अनुसार, कौरवहरूको कुन षडयन्त्रकारीलाई लाक्षागृह नामक दरबारमा जलाएर मारिएको थियो ??
➤ पुरोचन

२०. लाखको दरबार भनेर कुन दरबारलाई चिनिन्छ ??
➤ लाक्षागृह

२१. रामायण अनुसार, लङ्का युद्धमा श्रीराम र लक्ष्मणलाई 'नागपाश' मा कसले बाँधेको थियो ??
➤ मेघनाद 

२२. हिन्दू चन्द्र पञ्चाङमा कृष्ण र शुक्ल के हुन् ??
➤ पन्ध्र दिनको नाम

२३. हिन्दू धर्मग्रन्थका अनुसार, एउटा श्रापको कारण कुन ऋषिको दुवै खुट्टा कमजोर भएको थियो तब भगवान शिवले उनलाई तेस्रो खुट्टाको वरदान दिएका थिए ??
➤ भृंगी ऋषि
➤ उक्त श्राप पार्वतीले दिएका थिए।

२४. नाट्य कला "पण्डवानी" मुख्यतया कुन ग्रन्थमा आधारित छ ??
➤ महाभारत 

२५. भगवद् गीताको साहित्यिक अर्थ के हो ??
➤ भगवानको गीत (Song of the Lord)

२६. भगवद् गीताको वक्ता को हुन् ??
➤ श्रीकृष्ण

२७. अर्जुन भन्दा पहिले गीताको पवित्र ज्ञान कसलाई थियो ??
➤ भगवान सूर्य

२८. अर्जुन बाहेक क-कसले गीता सुनिरहेको थियो ??
➤ धृतराष्ट्र र सञ्जय

२९. गीतामा कति ओटा अध्याय छन् ??
➤ १८ अध्याय

३०. गीता पूरा गर्न भगवान कृष्णलाई कति समय लागेको थियो ??
➤ लगभग ४५ मिनेट

३१. भगवद्गीतामा कति श्लोक छन् ??
➤ ७०० श्लोक (श्री कृष्ण - ५७४, अर्जुन - ८५, धृतराष्ट्र - ०१, सञ्जय - ४०)

३२. कृष्णले कति वर्ष अघि गीताको उपदेश दिएका थिए ??
➤ करिब ५ हजार वर्ष पहिले

३३. भगवान श्रीकृष्णले गीताको उपदेश कुन दिन दिएको थियो ??
➤ आइतबार (अंग्रेजी पात्रो अनुसार)

३४. हिन्दू क्यालेन्डर अनुसार कुन तिथिमामा गीता वाचन गरिएको थियो ??
➤ एकादशी

३५. महाभारतको कुन अध्यायमा गीताको उल्लेख गरिएको छ ??
➤ अध्याय भीष्म-पर्व

३६. गीता कुन भाषाको हो ??
➤ संस्कृत

३७. धृतराष्ट्रलाई गीता सुनाउँने को थिए ??
➤ सञ्जय

३८. दुर्योधनको गुरुको नाम के थियो ??
➤ द्रोणाचार्य 

३९️. सोमदत्तका छोरा को थिए ??
➤ भूरीश्रवा

४०. श्रीकृष्णको शंख पञ्चजन्य, अर्जुनको देवदत्त हो भने भीमसेनको शंखको नाम के थियो ??
➤ पौन्ड्र 

४१️. युधिष्ठिरले बजाएको शंख अनन्त-बिजय हो भने नकुल र सहदेवले बजाएको शंख कुन कुन हो ??
➤ सुघोष र मणिपुष्पक 

४२️. कुरुक्षेत्रमा बजाएको वाद्य-साधनहरू के-के थिए ??
➤ शंख, दमाहा, स-सङ मादल, नरसिंहा आदि।

४३️. अर्जुन र श्रीकृष्ण कसको झण्डा भएको रथमा सबार थियो ??
➤ हनुमान

४४️. दुर्योधनको पिता को हुन् ??
➤ धृतराष्ट्र

४५️. अर्जुनको धनुषको नाम के हो ??
➤ गाण्डिव धनुष

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...