Skip to main content

केन्द्रीय बैँक तथा संवैधानिक अङ्ग सम्बन्धी लामो प्रश्नोत्तर:

🏦. नेपाल राष्ट्र बैँकलाई किन केन्द्रीय बैँक भनिन्छ ?? कारण सहित पुष्टि गर्नुहोस्।
वा
🏦. नेपाल राष्ट्र बैँकलाई केन्द्रीय बैँक भन्नुका कारणहरु उल्लेख गर्नुहोस्।
➤ उत्तर:- नेपाल राष्ट्र बैँक ऐन, २०१२ अन्तर्गत रही २०१३ बैशाख १४ गते नेपाल राष्ट्र बैँकको स्थापना भएको हो। विशेषतः मुलुकी सरकारद्धारा यस बैँकलाई केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छ। मुलुकको मौद्रिक, आर्थिक एवं विकासात्मक कार्यमा नेपाल राष्ट्र बैँकको अग्रणी भूमिका रहेको पाउन सकिन्छ। यसलाई निम्न कारणले गर्दा केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छः वा केन्द्रीय बैँकका कार्यहरू यसप्रकार छन्:
➤ सरकारद्धारा स्थापित केन्द्रीय बैँक
➤ सम्पूर्ण वित्तीय तथा मौद्रिक गतिविधिको नियन्त्रण गर्ने भएकोले
➤ प्रमुख सरकारी बैँक 
➤ बैँकहरुको बैँकका रुपमा कार्य गर्ने हुनाले
➤ मौद्रीक नीति, मौद्रिक प्रणालीलाई उपयुक्त एवं व्यावाहारिक ढङ्गले सञ्चालन गर्ने भएकाले
➤ सर्वसाधारणको आर्थिक हित कायम गर्नु
➤ मुलुकमा मौद्रीक सुशासन कायम राख्नु
➤ शोधानान्तर स्थितिको सुदृढिकरण गर्नु
➤ मुलुकको आवश्यकताअनुसार नोट तथा सिक्का निष्कासन कार्य गर्नु
➤ सरकारी बैँक तथा सल्लाहकारका रुपमा कार्य गर्नु
➤ वैदेशिक विनिमयसम्बन्धी कार्यलाई सहजता प्रदान गर्नु
➤ Clearing House सम्बन्धी कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नु
➤ मुलुकको बैँकिङ व्यवसायको विकास र विस्तारमा सहयोग पुर्याउने
➤ मुलुकको बौकिङ तथा वित्तीय क्षेत्रको नियमत र उचित व्यवस्थापन गर्नु
➤ बैँक तथा वित्तीय संस्थाहरुको निरीक्षण तथा नियन्त्रण गर्नु
➤ कर्जा सूचना प्रवाहको उपयुक्त व्यवस्थापन गर्नु
➤ निक्षेप तथा राजस्व संकलन गर्नु
➤ मुद्राको माग तथा आपूर्तिमा सन्तुलन कायम गरी लागू गर्ने
➤ पुँजीको परिचालनका लागि राष्ट्र ऋणको व्यवस्थापन गर्नु
➤ भुक्तानी सन्तुलन (BOP) कायम गर्नु
➤ उपयुक्त ब्याजदर कायम गर्नु
➤ ऋण व्यवस्थापन तथा कर्जा नियन्त्रणसम्बन्धी कार्य गर्नु
➤ बैँक तथा वित्तीय संस्थाहरुको विकासमा उपयुक्त वातावरण सिर्जना गर्नु।


🏬. संवैधानिक अङ्ग भनेको के हो ?? नेपालमा हाल कति ओटा संवैधानिक अङ्ग छन् ?? लेख्नुहोस् ।

➤ उत्तर: कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अङ्ग भनिन्छ । संवैधानिक अङ्गका काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको सङ्ख्या, तिनको नियुक्ति एवम् बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अङ्ग स्वतन्त्र, स्वायत्त, तटस्थ एवम् निष्पक्ष हुने गर्दछन् । सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका हक अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुनसक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भृष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अङ्गको आवश्यकता पर्दछ ।

नेपालमा हाल भएका संवैधानिक अङ्गहरू:
➤ नेपालको संविधान अनुसार हाल नेपालमा निम्न १३ ओटा संवैधानिक अङ्ग रहेका छन्, ती हुन्:
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२. महालेखा परीक्षक
३. लोकसेवा आयोग
४. निर्वाचन आयोग
५. राष्ट्रिय मानव अधिकार आयोग
६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
७. राष्ट्रिय महिला आयोग
८. राष्ट्रिय दलित आयोग
९. राष्ट्रिय समावेशी आयोग
१०. आदिवासी जनजाति आयोग
११. मधेसी आयोग
१२. थारू आयोग
१३. मुस्लिम आयोग

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...