Skip to main content

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक सम्पूर्ण विवरण

🇳🇵. केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ कहिले सार्वजनिक गर्यो?
➤ २०७८ माघ १२ बुधबार

🇳🇵. नेपालको कुल जनसंख्या कति रहेको छ?
➤ २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना

🇳🇵. महिलाको कुल जनसंख्या कति रहेको छ?
➤ १ करोड ४९ लाख १ हजार १ सय ६९ जना
➤ ५१.०४%

🇳🇵. पुरुषको कुल जनसंख्या कति रहेको छ?
➤ १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना
➤ ४८.९६%

🇳🇵. लैङ्गिक अनुपात कति रहेको छ?
➤ ९५.९१ (प्रति १०० महिलामा पुरुषको संख्या)

🇳🇵. सबैभन्दा धेरै लैङ्गिक अनुपात मधेश प्रदेश (१०१) मा हो भने कम कहाँ रहेको छ?
➤ सुदूरपश्चिम प्रदेश (९०)

🇳🇵. जनसंख्या वृद्धिदर कति रहेको छ?
➤ ०.९३%
➤ २०५८ मा १.३५% थियो।

🇳🇵. विदेशमा रहेका नेपालीको संख्या कति रहेको छ?
➤ २१ लाख ६९ हजार ४ सय ७८ जना
➤ पुरुष - १७,६३,३१५ (८१.२८%)
➤ महिला - ४,०६,१६३ (१८.७२%) 

🇳🇵. नेपालमा जम्मा परिवार संख्या कति रहेको छ?
➤ ६७ लाख ६१ हजार ०५९ परिवार

🇳🇵. नेपालमा जम्मा घर संख्या कति रहेको छ?
➤ ५६ लाख ४३ हजार ९ सय ४५ घर
➤ अर्थात १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखिन्छ।

🇳🇵. १० वर्षमा नेपालको जनसंख्या कति ले बढेको छ?
➤ २६ लाख ९७ हजार ९ सय ७६ जन

🇳🇵. १० वर्षमा नेपालको जनसंख्या कति प्रतिशतले बढेको छ?
➤ १०.१८%

🇳🇵. नेपालमा प्रति परिवारको औसत जनसंख्या कति रहेको छ?
➤ ४.३२ जना

🇳🇵. भौगोलिक क्षेत्र अनुसार नेपालको प्रतिपरिवार जनसंख्या कति कति रहेको छ?
➤ हिमाली क्षेत्र - ४.२७ जना
➤ पहाडी क्षेत्र - ३.९५ जना
➤ तराई क्षेत्र - ४.६५ जना
➤ सहरी क्षेत्रमा - ४.२५ जना
➤ ग्रामीण क्षेत्रमा - ४.५५ जना

🇳🇵. सबैभन्दा बढी प्रति परिवार जनसंख्या भएको जिल्ला कुन हो?
➤ रौतहट (५.९२ जना)
➤ कम - दोलखा (३.४१ जना)
➤ त्यसैगरी प्रदेशमा: धेरै - मधेस (५.६६) र कम - गण्डकी (३.६६)

🇳🇵. हालको परिवार संख्या १० वर्ष अघिको भन्दा कति प्रतिशतले वृद्धि भएको हो?
➤ करिब २४.५७%

🇳🇵. सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश कुन हो?
➤ मधेश प्रदेश (६१,२६,२८८ जना)
➤ कम - कर्णाली प्रदेश (१६,९४,८८९ जना)

🇳🇵. हिमाली र पहाडी क्षेत्रका कतिवटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ?
➤ ३२ वटा

🇳🇵. नेपालको जनघनत्व कति रहेको छ?
➤ १९८ जना प्रतिवर्ग कि.मि.
➤ कम - हिमाल (३४ जना) र बढी - तराई (४६१ जना)

🇳🇵. सबैभन्दा धेरै र कम जनघनत्व भएको जिल्ला कुन हो?
➤ क्रमशः काठमाडौं (५,१०८ जना) र मनाङ (३ जना)

🇳🇵. सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका कुन हो?
➤ नार्पा भूमि गाउँपालिका (३९८ जना), मनाङ

🇳🇵. सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिका कुन हो?
➤ बैजनाथ गाउँपालिका (७०,३१५ जना), बाँके 

🇳🇵. सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लाहरु कुन-कुन हुन्?
➤ काठमाडौँ, मोरङ, रुपन्देही, झापा र सुनसरी
➤ काठमाडौँको जनसंख्या - २०,१७,५३२ जना

🇳🇵. सबैभन्दा कम जनसंख्या भएको पाँच जिल्लाहरु कुन-कुन हुन्?
➤ मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
➤ मनाङ जनसंख्या - ५,६४५ जना

🇳🇵. सबैभन्दा धेरै जनसंख्या भएको पाँच नगरपालिकाहरू कुन-कुन हुन्?
➤ काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज
➤ काठमाडौँ महानगरपालिका - ८,४५,७६७ जना

🇳🇵. सबैभन्दा कम जनसंख्या भएको पाँच नगरपालिकाहरु कुन-कुन हुन्?
➤ ठूलीभेरी, त्रिपुरसुन्दरी, मादी, लालिगुराँस र जिरी
➤ ठूलीभेरी नगरपालिका - १०,१८७ जना

🇳🇵. राष्ट्रिय जनगणना २०७८ कति औं जनगणना हो?
➤ १२ औं

🇳🇵. राष्ट्रिय जनगणना २०७८ कहिले देखि कहिले सम्म र कति चरणमा संचालन भएको हो?
➤ पहिलो चरण: भाद्र ३० देखि असोज १८, २०७८
➤ दोस्रो चरण: कार्तिक २५ देखि मंसिर ९, २०७८

🇳🇵. नेपालको संघीय गणतान्त्रिक प्रणाली पछिको पहिलो जनगणना कुन हो?
➤ राष्ट्रिय जनगणना २०७८

🇳🇵. वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक भएको भौगोलिक क्षेत्र कुन हो?
➤ हिमाली क्षेत्र (–०.०२)

🇳🇵. २०६८ को तुलनामा २०७८ विदेशिने महिलाहरूको संख्या कति प्रतिशतले बढेको देखिन्छ?
➤ ७१.०९%

Comments