१. सामाजिक अध्ययनको अवधारणा कसले ल्याएका हुन् ?
➤ जोन डेवेले
२. सामाजिक अध्ययन भनेको के हो ?
➤ समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु र विश्लेषण गर्नु समाजिक अध्ययन हो।
३. सामाजिक अध्ययन किन आवश्यक छ ?
➤ सामाजिक अध्ययन गरेर नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक आदि पक्षको जानकारी प्राप्त गर्न आवश्यक छ।
४. जीवनोपयोगी शिक्षा भनेको के हो ?
➤ सञ्चार, सहकार्य, सहयोग, समस्या समाधान, नेतृत्व, संवेग व्यवस्थापन आदि जस्ता हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग पुर्याउने जीवनोपयोगी सीप सिकाउने प्रक्रिया जीवनोपयोगी शिक्षा हो।
५. सामाजिक विज्ञान भनेको के हो ?
➤ मानव जीवनसँग सम्बन्धित विषयहरू जस्तै भूगोल, अर्थशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र आदिको वैज्ञानिक एवम् व्यवस्थित रूपमा अध्ययन गर्ने विद्या सामाजिक विज्ञान हो।
६. स्वस्थ जीवनशैली भनेको के हो ?
➤ सन्तुलित भोजन, शारीरिक कसरत, सरसफाइ, तनावमुक्त जीवन र स्वथ्यकर खाना हुनु स्वस्थ जीवनशैली हो।
७. न्याय दर्शनका प्रचणेता को हुन् ?
➤ महर्षि गौतम
८. नास्तिक दर्शनलाई एक वाक्यमा चिनाउनुहोस्।
➤ वेदलाई आधार मानेर त्यहाँ प्रस्तुत विचार, दृष्टिकोण आदिलाई नमान्ने दर्शन नास्तिक दर्शन हो।
९. आधुनिक कालका प्रख्यात दार्शनिक को को हुन् ?
➤ डेस्कार्टस, लिवनिस, जोन लक, डेबिड ह्युम, कास्ट, हेगेल आदि आधुनिक कालका प्रख्यात दार्शनिक हुन्।
१०. अनुसन्धान भनेको के हो ?
➤ कुनै प्रचलित मान्यता वा दृष्टिकोणको परीक्षण गर्ने, त्यसको सत्यापन गर्ने र प्राप्त परिणामका आधारमा नवीन धारणा सार्वजनिक वैज्ञानिक तवरले गर्नु अनुसन्धान हो।
११. सह सम्बन्ध भनेको के हो ?
➤ जब दुई वा दुई भन्दा बढी समूह वा वर्गको विचमा एउटा निश्चित सम्बन्ध विद्यमान हुन्छ भने त्यसलाई सहसम्बन्ध भनिन्छ।
१२. तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन् ?
➤ दुई
➤ प्राथमिक र द्वितीय
१३. चर भनेको के हो ?
➤ अनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ।
१४. शुन्य सहसम्बन्ध भन्नाले के बुझिन्छ ?
➤ जब दुई चरहरू बिचमा कुनै सम्बन्ध हुँदैन त्यसलाई शुन्य सहसम्बन्ध भनिन्छ।
१५. कार्यकारण सम्बन्धलाई परिभाषित गर्नुहोस्।
➤ कार्यकारण सम्बन्ध भन्नाले दुई विषयवस्तुमा एकले अर्कोलाई पारेको प्रभाव वा एउटा विषयमा परिवर्तन आउन अर्को कसरी कारण बन्न सक्छ भन्ने बुझिन्छ।
१६. अध्ययन प्रस्तावनालाई एक वाक्यमा परिभाषित गर्नुहोस्।
➤ कुनै पनि विषयमा अध्ययन, खोज वा अनुसन्धान गर्नु अघि आफुले गर्ने अनुसन्धान योजनलाई अध्ययन प्रस्तावना भनिन्छ।
१७. अध्ययनको सीमा भन्नाले के बुझ्नुहुन्छ ?
➤ शोध कथत, शोधको उद्देश्य र शोध विधिमा उल्लेख गरिएका कुराका विषयवस्तु बाहेकका अन्य विषयवस्तुबारे अध्ययन गरिदैन । यसैलाई अध्ययनको सीमा भनिन्छ।
१८. तथ्याङ्क तयारी भनेको के हो ?
➤ तथ्याङ्क तयारी भनेको तथ्याङ्कलाई सफाइ गर्ने, अनावश्यक तथ्याङ्क हटाउने, र सूचनालाई तालिका वा सूचीमा प्रस्तुत गर्नु हो।
१९. अर्न्तवार्ता मार्गदर्शन भनेको के हो ?
➤ अन्तवार्ताकारले उत्तर दातालाई सोध्ने प्रश्नहरू वा सो सम्बन्धि टिपोटलाई अन्तर्वाता मार्गदर्शन भनिन्छ।
२०. प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो ?
➤ प्रश्नावली साधनबाट धेरै व्यक्तिहरूबाट कम समय र स्रोत साधन प्रयोग गरी तथ्याङ्क संकलन गर्न सकिने, परिणात्मक तथ्याङ्क सङ्कलन गर्न बढी प्रयोग हुने र प्रश्नहरू मौखिक, लिखित वा इमेल मार्फत सोध्न सकिने कारणले सबैभन्दा प्रचलित साधन हो।
२१. शाब्दिक प्रस्तुतीकरण भनेको के हो ?
➤ जानकारीलाई शब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतिकरण भनिन्छ।
२२. कुनै दुई गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयरको नाम उल्लेख गर्नुहोस्।
➤ MAXQDA र Dedoose
२३. मध्यक भनेको के हो ?
➤ मध्यक भनेको उपलब्ध तथ्याङ्कको औषत अङ्क हो । यसलाई विवरणको योगफललाई तथ्यको संख्याले भाग गरी निकालिन्छ।
२४. स्तरीय भिन्नताले के मापन गर्दछ।
➤ स्तरीय भिन्नताले तथ्याङ्कको सेटभित्र तथ्यहरू मध्यकबाट कति टाढा वा नजिक छन् भन्ने कुरा मापन गर्छ।
२५. जीवनोपयोगी सीप विद्यालय शिक्षामा औपचारिक रूपमा कहिले देखि सुरु भएको हो ?
➤ जीवनोपयोगी सीप विद्यालय शिक्षामा औपचारिक रूपमा सन् १९६५ तिरबाट सुरु भएको हो।
२६. जीवनोपयोगी सीप कति प्रकारका छन् ?
➤ तीन
➤ आत्मवोध सीप, अन्तर वैयक्तिक सीप र सोचाइ सीप
२७. समालोचनात्मक चिन्तन भनेको के हो ?
➤ कुनै कार्य वा घटनालाई सावधानिक पूर्वक मूल्याङ्कन गरेर तर्कको उत्पादन गर्ने क्षमता समालोचनात्मक चिन्तन हो।
२८. सिर्जनात्मक चिन्तन भन्नाले के बुझिन्छ ?
➤ समस्यालाई नयाँ तरिकाले हल गर्ने विधि वा समस्याको मौलिक तथा व्यावहारिक रूपमा समाधान गर्नु सिर्जनात्मक चिन्तन हो।
२९. समानुभूति भनेको के हो ?
➤ समानुभूति भनेको अरू व्यक्तिप्रति आदरभाव सम्मान व्यक्त गर्ने तथा अरुको भावनालाई बुझ्नु हो।
३०. आत्मबोध भनेको के हो ?
➤ आत्मबोध भन्नाले आफ्ना व्यक्तिगत गुण, व्यवहार र भावनाको बारेमा जानकारी हुनु भन्ने बुझिन्छ।
३१. आत्ममूल्याङ्कन भनेको के हो ?
➤ आत्ममूल्याङ्कन भनेको आफ्ना क्रियाकलाप तथा व्यवहारका बारेमा अवलोकन र विश्लेषण गर्ने व्यवस्थित प्रक्रिया हो।
३२. विद्यार्थी जीवनमा आत्मबोधको आवश्यकता किन पर्दछ ?
➤ संवेग, विचार, सोचाइ तथा व्यवहारलाई नियन्त्रण गरी जीवनमा सफल हुन विद्यार्थी जीवन आत्मबोधको आवश्यकता पर्दछ।
३३. आत्मआलोचनालाई परिभाषित गर्नुहोस्।
➤ आत्मआलोचना भनेको आफ्ना सवल पक्ष र कमजोर पक्ष पहिचान गरी भविष्यमा समेत कमजोरी सच्चाइ आफूलाई सफल बनाउनु हो।
३४. समानुभुति सीपका कुनै दुई फाइदा लेख्नुहोस्।
➤ समाजमा मिलनसार भई साथी तथा समाजको प्रिय हुनु र कार्यस्थलमा सकारात्मक प्रभाव पार्नु समानुभुति सीपका दुई फाइदा हुन्।
३५. समानुभूतिका कुनै दुई तत्त्व उल्लेख गर्नुहोस् ।
➤ अरुलाई बुझ्नु र सेवाभाव राख्नु समानुभुतिका दुई तत्त्व हुन् ।
३६. संवेग भन्नाले के बुझिन्छ ?
➤ कुनै वस्तु वा परिस्थिति प्रतिको चेतनायुक्त मानसिक प्रक्रिया संवेग हो । यो मानसिक स्नायू प्रणालीसँग सम्बन्धित छ।
३७. संवेग व्यावस्थापन भनेको के हो ?
➤ सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगप्रति सचेत रहने तथा रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ।
३८. प्रजातीय तथा जातीय विविधता भनेको के हो ?
➤ प्रजातीय तथा जातीय विविधता भनेको समाजमा अनेक प्रजाती तथा जातिका मानिसहरू रहेको अवस्था हो।
३९. भाषिक विविधता भनेको के हो ?
➤ समाजमा अनेक भाषा बोल्ने मानिसहरू रहेको अवस्थालाई भाषिक विविधता भनिन्छ।
४०. दर्शन भन्नाले के बुझिन्छ ?
➤ तर्क, अस्तित्व, ज्ञान, मूल्य, मन र भावनाको बारेमा उठ्ने अनेक प्रश्नहरूको उत्तरको अपेक्षा सहित गरिने अध्ययन दर्शन हो।
४१. भौतिक वादी दर्शन भनेको के हो ?
➤ पदार्थलाई सृष्टिको अस्तित्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने अनि संसारलाई बुझ्न, विश्लेषण र बदल्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो।
४२. विश्व दृष्टिकोण भन्नाले के बुझिन्छ ?
➤ विश्वदृष्टिकोण भन्नाले विश्व वा जगत्को अवलोकन र विश्लेषण गरी आफ्नो अनुभूति समेतका आधारमा विश्वबारे बनाइएको धारणा भन्ने बुझिन्छ।
४३. जनसंख्याका आधारमा नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो ?
➤ काठमाडौँ
४४. विपतको परिभाषा लेख्नुहोस्।
➤ प्रकोपका घटनाबाट जनधनको क्षति भएको अवस्था नै विपत् हो।
४५. सामाजिक रुपान्तरण भनेको के हो ?
➤ सामाजिक परिवेश, क्रियाकलाप, मूल्यमान्यता, सरोकार एवं सम्बन्धहरूमा परिवर्तन आई एउटा अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रक्रिया वा प्रवृत्तिलाई सामाजिक रूपान्तरण भनिन्छ।
४६. सङ्घीय शासन प्रणालीको प्रमुख उद्देश्य के हो ?
➤ सङ्घीय शासन प्रणालीको प्रमुख उद्देश्य जनता र सरकारको बीचको निकटता र विश्वासको सम्बन्ध स्थापित गर्नु, प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउने, सामाजिक न्याय र समानताको अवधारणालाई सन्तुलन कायम गर्नु हो।
४७. विकेन्द्रीकरण भनेको के हो ?
➤ सङ्घीय शासन प्रणाली प्रदेश बीच प्रशासनिक शक्ति बाँडफाँड गरी स्थानिय तहसम्म पुर्याउनु विकेन्द्रिकरण हो।
४८. सूचना प्रविधि भनेको के हो ?
➤ सूचना प्रविधि भनेको ध्वनि, तस्वीर, अक्षर तथा अङ्कको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू कम्प्यूटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरी भण्डारण, सम्पादन, सम्प्रेषण, सङ्ग्रह र प्रवाह गर्ने प्रविधि हो।
४९. GIS र GPS को पूरा रूप लेख्नुहोस् ।
➤ GIS : Geographic Information System
➤ GPS : Global Positioning System
५०. गोपालहरू कुन बाटो हुँदै नेपाल प्रवेश गरेका थिए ?
➤ गोपालहरू दक्षिणको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए।
५१. महिषपाल वंशका पहिलो र अन्तिम राजा को थिए ?
➤ महिषपाल वंशका पहिलो राजा नरसिंह र अन्तिम राजा भुवनसिंह थिए।
५२. मध्यकाल भन्नाले कुन समयवधिलाई बुझाउँछ ?
➤ वि.सं. ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्ति पछि र मल्लको पतन हुनु अघिको ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ।
५३. पृग्वीनारायण शाहका पिताको नाम के थियो ?
➤ नरभुपाल शाह
५४. नेपाललाई सत्ययुग, त्रेतायुग र द्वापर युगमा के के भनिन्थ्यो ?
➤ नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्धापरयुगमा मुक्तिसोपान भनिन्थ्यो।
५५. गोरखाले कीर्तिपुर विजय कहिले गरे ?
➤ वि.सं. १८२१ चैत्र ३ गते गोरखाले कीर्तिपुर विजय गरे।
५६. नेपाल अङ्ग्रेज युद्ध कहिल भयो ?
➤ नेपाल र अङ्ग्रेज बीचको युद्ध वि.सं. १८७१ मा भएको थियो।
५७. राज्य लक्ष्मीले किन कोतमा भेला हुन भारदारलाई आदेश दिइन् ।
➤ आफ्नो विश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाइ दण्डित गर्ने उद्देश्यले सबै भारदारहरूलाई बिना हतियार कोतमा भेला हुने आदेश दिइन् ।
५८. कोतपर्वमा कति जनाको सामूहिक हत्या भएको थियो ?
➤ कोतपर्वमा ५५ जनाको सामूहिक हत्या भएको थियो।
५९. दिल्ली सम्झौतालाई किन त्रिपक्षीय सम्झौता भनिन्छ ?
➤ वि.सं. २००७ फाल्गुन १ गते भारतको नयाँ दिल्लीमा नेपाली काग्रेस, राजा त्रिभुवन र राजा बीचमा सम्झौता भएको कारणले यसलाई त्रिपक्षीय सम्झौता भनिन्छ।
६०. २०१७ साल पुस १ गते लाई नेपालको राजनीतिक इतिहासमा किन कालो दिन भनिन्छ ?
➤ राजा महेन्द्रले प्रजातान्त्रीक व्यवस्थाको अन्त्य गरी देशमा निरङ्कुश शासन शुरु गरे र संविधानका केही धारा निलम्वन गरेको कारणले यस दिनलाई नेपालको राजनीतिक इतिहासमा कालो दिन भनिन्छ ।
६१. नेपालमा पञ्चायत काल कहिले देखि कहिले सम्म रह्यो ?
➤ नेपालमा पञ्चायत काल वि.सं. २०१७ देखि २०५६ सम्म रह्यो।
६२. अधिकार र कर्तव्यको परिभाष दिनुहोस् ।
➤ अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् । नागरिकले राज्यबाट अपेक्षा गरेका हक नागरिक अधिकार भनिन्छ । राज्यको नागरिक भएको नाताले नागरिकले पनि राज्यप्रति निश्चित दायित्वहरू पुरा गर्नु पर्ने हुन्छ जुन नागरिक कर्तव्य हो।
६३. फौजदारी अभियोग कस्तो अभियोग हो ?
➤ मारपिट, डकैती, ज्यान, मानव बेचविखन, चोरी, लुटपिट, ठगी, बेइज्जति सम्बन्धि कसूर फौजदारी अभियोग हो।
६४. सूचनाको हक भनेको के हो ?
➤ प्रजातान्त्रकि मुलुकमा रहेको नागरिकलाई सार्वजनिक महत्त्वको सूचना वा जानकारी माग गर्ने हक अधिकार हुन्छ जसलाई सूचनाको हक भनिन्छ।
६५. सहरको परिभाषा दिनुहोस्।
➤ गैरकृषि कार्यहरूमा संलग्न भई व्यापारिक तथा बजार निमार्ण गरी उच्च जनसंख्याको अवस्थामा रहेको बाक्लो बस्ती शहर हो।
६६. गाउँ भन्नाले के बुझिन्छ ?
➤ थोरै जनसंख्या भएको, घरहरू छरिएर रहेका, विकासका पुर्वाधारहरूको विकास कम भएको ठाउँलाई गाउँ भनिन्छ।
६७. गाउँ र सहर विचको कुनै एक भिन्नता लेख्नुहोस्।
➤ गाँऊका मानिसको जीविकोपार्जन कृषि तथा पशुपालनमा आधारित छ भने सहरका मानिसहरू खेती कार्य भन्दा व्यापार व्यवस्थामा बढी केन्द्रित हुने गरेका छन्।
६८. बसाइसराइको अर्थ लेख्नुहोस्।
➤ आफ्ना विभिन्न इच्छा र आवश्यकता पूरा गर्ने क्रममा मानिसहरू आफू बसेका ठाउँ छाडी अन्य ठाऊँमा जान्छन यसैलाई बसाँइसराइ भनिन्छ। बसाँइसराइ भनेको मानिसहरूले वासस्थान परिवर्तन गर्नु हो।
६९. अस्थायी बसाइसराइ भनेको के हो ?
➤ निश्चित कामका लागि एक ठाउँबाट अर्को ठाँऊमा जाने र पछि काम सकिएपछि पुन आफू बसोबास गरेको पुरानै ठाँउमा फर्किने प्रक्रियालाई अस्थायी बसाँइसराइ भनिन्छ।
७०. बसाइसराइको आर्थिक प्रभावबारे लेख्नुहोस्।
उत्तरः बसाईसराइको कारणले मानिसको आर्थिक गतिविधिमा हुने परिवर्तनलाई बसाईसराइको आर्थिक प्रभाव भनिन्छ।
७१. नेपाल र जापान बीच दौत्य सम्बन्ध कहिले स्थापना भयो ?
➤ सन् १९५६ सेप्टेम्वर १
७२. व्यापार सन्तुलन भनेको के हो ?
➤ व्यापार सन्तुलन भनेको कुनै निश्चित समयावधि भित्र एउटा देशको वस्तुहरूको कुल आयात मूल्य र वस्तुहरूको कुल निर्यात मूल्य बीचको अन्तरलाई बुझिन्छ।
७३. प्रतिकुल भुक्तानी सन्तुलनलाई परिभाषित गर्नुहोस् ।
➤ बैंदेशिक व्यापारका क्रममा निर्यातबाट हुने आम्दानी भन्दा आयातमा हुने खर्च बढी भएमा त्यसको भुक्तानीलाई प्रतिकुल भुक्तानी सन्तुलन भनिन्छ।
७४. वैदेशिक श्रम वा रोजगार भनेको के हो ?
➤ आफ्नो देशमा रोजगार कम भइ विदेशी भूमिको फराकिलो श्रम बजारमा गएर श्रम र पसिना बेची आम्दानी गर्ने हेतुले जाने र काम गर्ने प्रक्रिया वैदेशिक श्रम वा रोजगार हो।
७५. सार्कको स्थापना कहिले भएको थियो ?
➤ ८ डिसेम्बर १९८५
७६. सार्क स्थापनाको मुख्य उद्देश्य के हो ?
➤ सार्क राष्ट्रहरू भित्रको आर्थिक वृद्वि, सामाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीव्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानका साथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु हो।
७७. विश्व व्यापार सङ्गठनको स्थापना कहिले भयो ?
➤ १ जनवरी १९९५
७८. नेपालको अर्थतन्त्रको कति हिस्सा उद्योग क्षेत्रले ओगटेको छ ?
➤ नेपालको आर्थिक सर्वेक्षण २०२० अनुसार अर्थतन्त्रको करिव ११.८% हिस्सा उद्योग क्षेत्रले ओगटेको छ।
७९. गरिबी भनेको के हो ?
➤ अभावको अवस्था गरिबी हो । अर्को शब्दमा भन्नुपर्दा आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चित हुनु गरिबी हो।
८०. गरिबी चक्रलाई परिभाषित गर्नुहोस् ।
➤ राम्रो आय आर्जन नभएको कारणले गरिबीको अवस्था एक पुस्ताबाट अर्को पुस्ताहरूमा सर्दै जाने प्रक्रिया गरिबी चक्र हो।
८१. नेपालका दुर्गम र विकट क्षेत्रहरूमा गरिबीको अवस्था भयावह रहनुको प्रमुख कारण के होला ?
➤ नेपालका दुर्गम र विकट क्षेत्रहरूमा अन्याय, अत्याचार, शोषण, विभेद रहनु, रोजगारीको अवसर कम हुनु, मानव स्रोत विकास कार्यक्रम सञ्चालन नहुनु आदि गरिबीको अवस्थाका कारण हुन्।
८३. शिक्षा भनेको के हो ?
➤ मानिस जन्मिए देखि मृत्यू पर्यन्त प्राप्त गर्ने सम्पूर्ण ज्ञान वा अनुभव शिक्षा हो । अध्ययन र अनुभवबाट प्राप्त ज्ञान व्यावहारको शैली शिक्षा हो।
८२. औपचारीक शिक्षा भनेको के हो ?
➤ नियमित शैक्षिक संस्थामा गई तोकिएका शैक्षणिक क्रियाकलापको माध्यमद्वारा वा निश्चित पाठ्यक्रममा आधारित भइ लिइने ज्ञान औपचारिक शिक्षा हो।
८३. विशेष शिक्षा भन्नाले के बुझिन्छ ?
➤ विशेष शिक्षा भन्नाले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अवस्थाअनुसार दिइने शिक्षा बुझिन्छ।
८४. मानव संसाधन भनेको के हो ?
➤ जनसंख्या अर्थ व्यवस्थाको आधार बन्ने अवस्था मानव संसाधन हो।
८५. दक्ष जनशक्ति भन्नाले कस्तो जनशक्तिलाई बुझाउँछ ?
➤ बौद्विक र गैरवौद्विक भई प्राध्यापन, वकिल, डाक्टर, पाइलट, कालिगढ, मजदुर आदि सीपमूलक कार्य गर्ने जनशक्तिलाई दक्ष जनशक्ति भनिन्छ।
८६. शिक्षामा समावेशीता भन्नाले के बुझिन्छ ?
➤ वैयक्तीक कारणले विद्यालय आउन नसकेका, आएर पनि शिक्षा प्राप्त गर्न नसकेका गरिब, दलित, अपाङ्गता, भाषिक कठिनाइ भएका सबै प्रकारका बालबालिकालाई समावेश गरी दिइने शिक्षा समावेशी शिक्षा हो।
८७. सामाजिक विकास भन्नाले के बुझिन्छ ?
➤ समाजका प्रत्येक व्यक्तिले आफ्नो क्षमताको उच्चतम तहसम्म पुग्न सक्ने गरी उनीहरूको सुविधामा सुधार गर्नु समाजिक विकास हो।
८८. शिक्षामा पहुँच भन्नाले के बुझिन्छ ?
➤ शिक्षामा पहुँच भनेको लिङ्ग, सामाजिक वर्ग, जातीय पृष्ठभूमि, अपाङ्गता आदिका आधारमा कुनै भेदभाव विना सबैले शिक्षा लिन सक्ने क्षमता र अवसर प्राप्त गर्नु हो।
८९. आर्थिक वृद्धिको अर्थ के हो ?
➤ कुल राष्ट्रिय आय, कुल उत्पादन, कुल रोजगार, कुल उपभोग, कुल बजार माग, कुल निर्यात, कुल बचत, कुल लगानी आदिका कारणले राष्ट्रिय आय बढ्नु आर्थिक वृद्धि हो।
९२. दिगो विकासको अर्थ बताउनुहोस् ।
➤ भावी पुस्ताले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्ने प्रक्रियालाई सुनिश्चित गर्दै आफैमा धानिन सक्ने प्रक्रिया दिगो विकास हो । यसमा साधन र स्रोतको परिचालन, संरक्षण र व्यास्था गरिन्छ।
९०. वैदेशिक व्यापार भनेको के हो ?
➤ वैदेशिक व्यापार भनेको कुनै देशले अरू देशहरूसँग गरिने अन्तर्राष्ट्रिय व्यापार हो।
९१. व्यापार सन्तुलनलाई परिभाषित गर्नुहोस् ।
➤ देशमा उत्पादित वस्तु तथा सेवा विदेशमा निर्यात गर्दा प्राप्त हुने मूल्य र विदेशमा उत्पादित वस्तु तथा सेवा आयात गर्दा भुक्तान गरिने मूल्यबीचको सन्तुलन व्यापार सन्तुलन हो।
९२. विश्व व्यापार सङ्गठनका दुइ उद्देश्यहरू लेख्नुहोस्।
➤ जनताको जीवनस्तर अभिवृद्धि गर्ने
➤ पूर्णरोजगार तथा उच्च एवम् स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने
९३. साफ्टा किन ल्याइएको हो ?
➤ सार्वभौमिकता, समानता, स्वतन्त्रता र राज्यको क्षेत्रीय अखण्डताको सम्मान गर्दै सार्क मुलुकमा जनताको हितका लागि यी आठ ओटा सार्क राष्ट्रको व्यापार र विकासलाई सहयोग पुयाउन साफ्टा ल्याइएको हो।
९४. आर्थिक विकासका कुनै दुइ सूचकको नाम लेख्नुहोस्।
➤ उच्च प्रतिव्यक्ति आम्दानी
➤ उच्च राष्ट्रिय आय
९५. नेपालको अर्थव्यवस्थाका प्रमुख आधार के हुन ?
➤ नेपालका अर्थव्यवस्थाका प्रमुख आधारहरू कृषि, उद्योग तथा व्यापार, पर्यटन, वैदेशिक रोजगार आदि हुन् ।
९६. सुरक्षित आप्रवासन भनेको के हो ?
➤ सुरक्षित आप्रवासन भन्नाले आप्रवासी कामदारहरूको आप्रवासन प्रक्रियाका सबै चरणहरू जस्तै उत्पति, स्रोत वा मूल, पारगमन र गन्तव्य देशहरूमा आइपर्ने सम्भावित जोखिमबाट सुरक्षित रहने क्षमतालाई बुझाउँछ।
९७. अन्तर्राष्ट्रिय संस्थाहरूको कस्तो भूमिका रहन्छ ?
➤ प्रविधि, यातायात, व्यापारिक कारोवार, पर्यटन, अन्तर्राष्ट्रिय सम्बन्ध आदिले ल्याएका परिवर्तनलाई व्यवस्थापन गर्ने कार्यमा अर्न्तराष्ट्रिय संस्थाहरूको भूमिका रहन्छ।
✒️. चित्र कुमारी सुवेदी
✒️. ए.के. पब्लिकेसन
Comments
Post a Comment