१. नेपालको संविधान अनुसार नेपालको शासन प्रणालीको आधारभूत पक्ष कुन हैन?
➤ खाद्य सार्वभौमिकता
२. दिइएका नगरपालिका मध्ये क्षेत्रफलको आधारमा ठूलो देखि सानो क्रममा मिलाउनुहोस्।
➤ शितगंगा, आठविसकोट, त्रियुगा, कमलामाई
३. प्रदेश मन्त्रिपरिषद्को गठन व्यवस्था संविधानको कुन धारामा छ?
➤ धारा १६८
४. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दा नेपालका प्रधानमन्त्री को थिए?
➤ टंक प्रसाद आचार्य
५. दिइएका मध्ये संयुक्त राष्ट्र संघको खर्च व्यहोर्ने राष्ट्र मध्ये बढी खर्च व्यहोर्नेबाट कम खर्च व्यहोर्ने राष्ट्रको क्रम मिलाउनुहोस्।
➤ अमेरिका, जर्मनी, फ्रान्स, क्यानडा
६. सन् २०२१ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेका घोलाभिर कुन देशमा पर्दछ?
➤ भारत
७. विमस्टेकको सचिवालय कहाँ रहेको छ?
➤ बंगलादेश
८. प्रदेश २ को नाम मधेस प्रदेश कहिले घोषणा भयो?
➤ २०७८ माघ ३
९. सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोक्न नेपाल प्रहरीले २०७४ साउन १८ देखि सुरु गरेको नयाँ अभियानको नाम के हो?
➤ सेफ्टीपिन
१०. विटक्वाईनलाई कानुनी मान्यता दिने पहिलो राष्ट्र कुन हो?
➤ एल साल्भाडोर
११. दिईएका हिमालहरू मध्ये पूर्व देखि पश्चिम सम्मको क्रम कुन सही छ?
➤ आमादब्लम, दोर्जे लाक्पा, गौरीशंकर, गणेश, पिसाङ
१२. १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणना अनुसार प्रदेश १ को कुल जनसंख्या कति रहेको छ?
➤ ४९,७२,०२१ जना
१३. बाल ब्रह्मचारी षडानन्दले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए?
➤ वि.सं. १९३२
१४. हाल नेपालमा कति प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ?
➤ ४४.४७%
१५. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ?
➤ अप्रिल ७
१६. विश्व सिमसार दिवस २०२२ को नारा के थियो?
➤ Wetland Action For People and Nature
१७. वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को अध्यक्ष को रहने व्यवस्था छ?
➤ प्रधानमन्त्री
१८. २७औँ कोप सम्मेलन कुन देशमा आयोजना हुदैछ?
➤ इजिप्ट
१९. न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने उद्देश्य पहिलो पटक कुन पञ्चवर्षीय योजनाले राखेको थियो?
➤ छैठौं
२०. हवाइजहाज उडाउँदा प्रयोग हुने ग्यास कुन हो?
➤ हिलियम
२१. सञ्चारको क्षेत्रमा ADSL को पूरा रुप के हो?
➤ Asymmetric Digital Subscriber Line
२२. प्रदेश १ को चालु वार्षिक नीति तथा कार्यक्रमको नारा के हो?
➤ स्वच्छ, सुखी र समुन्नत प्रदेश
२३. शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ?
➤ फोक्यू
२४. नेपालको इतिहासका अनुसार देहायका मध्ये कुन समुदायका मानिसलाई गोपालवंशी भन्ने चलन छ?
➤ गाईपालक समुदाय
२५. मल्लकालिन समयमा प्रचलनमा रहेको इटाचपली शब्दले के बुझिन्थ्यो?
➤ न्याय प्रशासन सञ्चालन गर्ने अड्डा
२६. नेपाल र चिन बीच वि.स.१८४१ मा सम्पन्न बेत्रावी सन्धीमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए?
➤ देविदत्त थापा
२७. विभिन्न प्रकारका १८० भन्दा बढी जडीबुटी पाईने घुम्टे लेक कुन जिल्लामा पर्दछ?
➤ बाग्लुङ
२८. जैविक विविधताको दृष्ट्रिकोणले विश्वकै अग्रणी मानिने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो?
➤ लाङटाङ राष्ट्रिय निकुञ्ज
२९. महागुरू फाल्गुनन्दले उपदेश गरेको धर्मलाई लिम्बुहरूले के नाम दिएका थिए?
➤ सत्यहाङ्गमा
३०. दिइएका मध्ये कुन भाषा भारोपेलि भाषा परिवार अन्तर्गत पर्दछ?
➤ भोजपुरी
३१. नेपालका शासक वंशहरूको सहि क्रम कुन हो?
➤ गोपाल वंश, महिसपाल वंश, सोम वंश, सूर्य वंश, लिच्छवि वंश
३२. वि.सं. २००८ सालमा नेपालको पहिलो बजेट पेश गर्ने व्यक्ति को थिए?
➤ सुवर्ण समशेर जबरा
३३. नेपालमा हालसम्म भएका सार्क शिखर सम्मेलन कुन कुन हुन?
➤ तेस्रो, एघारौँ र अठारौँ
३४. दिइएका मध्ये नेपालमा सूचिकृत ५९ आदिवासी जनजाती मध्ये कुन आदिवासी जनजाती अति सीमान्तकृत समुह भित्र पर्दैन?
➤ सुनुवार
३५. भित्रि मधेशमा पर्ने जिल्लाहरुको सूचिमा दिइएका मध्ये कुन गलत छ?
➤ दाङ, सुर्खेत, उदयपुर, नवलपरासी(पश्चिम) र दाङ, सिन्धुली, चितवन, पर्सा
✒️. उत्तर तामाङ्ग
Comments
Post a Comment