Skip to main content

सामान्य ज्ञान


१. WHO को विश्व स्वास्थ्य सम्मेलनले २०२० लाई कुन वर्षको रूपमा तोकेको छ?
➤ नर्स र मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष

२. कुन ग्लोबल टेक फर्मले सृजनात्मकतामा केन्द्रित रहेको टांगी (Tangi) नामक छोटो भिडियो बनाउने एप लन्च गरेको छ?
➤ गुगल

३. ‘सियारा’ नामको आँधीले हालै कुन महादेशका धेरै देशहरूमा असर पारेको छ?
➤ युरोप

४. सबैभन्दा ठूलो कोरोनाभाइरस प्रकोपको साक्षी रहेको डायमण्ड प्रिन्सेस क्रूज जहाज कुन देशमा क्वारेन्टाइनमा राखिएको छ?
➤ जापान

५. कुन देशको संसदले हालै २०२४ पछि राष्ट्रपतिको चुनाव लड्न अनुमति दिने विधेयक पारित गरेको हो?
➤ रसिया

६. प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सी (UNWRA) को मुख्यालय कहाँ रहेको छ?
➤ अम्मान, जोर्डन

७. बेलायतले भेनेजुएलाको संवैधानिक अन्तरिम राष्ट्रपतिको रूपमा कसलाई मान्यता दिएको छ?
➤ जुआन गुएइडो (Juan Guaido)

८. कुन देशले आफ्नो श्रम कानून परिमार्जन गरी श्रमिकको न्यूनतम ज्याला २५% बढाएको छ?
➤ कतार

९. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो?
➤ शुक्र

१०. लिच्छविकालमा सेनापतिलाई के भनिन्थ्यो?
➤ बलाध्यक्ष

११. मानव शरीरमा कति प्रकारका मांशपेसी हुन्छन्?
➤ ३ प्रकारका

१२. सियार जातिको मुख्य बसोवास रहेको जिल्ला कुन हो?
➤ गोरखा

१३. पैगम्बर मोहम्मदको जन्म कुन ठाउँमा भएको थियो?
➤ मक्का

१४. नेपाल र भारतबीच गण्डक सम्झौता कुन प्रधानमन्त्रीको पालामा भएको थियो?
➤ बीपी कोइराला

१५. विश्वकप फुटबल इतिहासमा सबैभन्दा बढी पेनाल्टी प्रदान गरिएको विश्वकप कुन हो?
➤ विश्वकप २०१८

१६. राप्ती नदीको उद्गम स्थल कुन हो?
➤ शिवालिक पर्वत

१७. नेपालले दोस्रो पटक चीनलाई उपहार स्वरूप दिएको गैंडाको नाम के हो?
➤ मितिनी र भद्र

१८. एक ग्राम चिल्लो पदार्थमा कति शक्ति प्राप्त हुन्छ?
➤ ९ क्यालोरी

१९. नेपाल सरकारले भलिबललाई कहिले राष्ट्रिय खेलको रूपमा घोषणा गर्यो?
➤ २०७४ साल जेठ ८ 

२०. नेपालमा टिस्यु कल्चर गरी तयार पारिएको पहिलो बाली कुन हो?
➤ गोलभेंडा

२१. भारत बेलायतको उपनिवेशबाट कहिले मुक्त भयो?
➤ सन् १९४७ अगस्ट १५

२२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त को हुन्?
➤ प्रेम कुमार राई

२३. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ?
➤ भाद्र ३ गते

२४. हालै कुन देशले “No Mask, No Service” नीति अपनाएको छ?
➤ बंगलादेश

२५. कति वटा देशहरू नर्डिक-बाल्टिक सहयोग ढाँचासँग सम्बन्धित छन्?
➤ ८ 

✒️. उत्तर तामाङ्ग (Uttar Tamang)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...