Skip to main content

नेपाली साहित्यका चम्किला ताराहरु

“त्यस घाँसीले
कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु
न राखि किर्ति”


आदिकवि भानुभक्त आचार्य
भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको रम्घामा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई आदिकवि भानुभक्तका नामले चिनिन्छ । उनले आफ्नो ५४ वर्षको जीवन अवधिभर 'रामायण', 'भक्तमाला', 'प्रश्नोत्तर', 'वधुशिक्षा' र ३ दर्जनभन्दा बढी फुटकर कविताहरू सृर्जना गरेका छन् । भानुभक्तले आफ्नो विभिन्न कला कृतिद्वारा नेपाली साहित्यको जगलाई बलियो बनाएका छन् ।

“उद्देश्य के लिनु
उडी छुनु चन्द्र एक !”


महाकवि लक्ष्मी प्रसाद देवकोटा
लक्ष्मी प्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाका दिन काठमाण्डौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका नामले चिनिन्छ । देवकोटा कविता, आख्यान, नाटक र निबन्ध गरी नेपाली साहित्यका चार ओटै विधामा निपूर्ण थिए । उनले 'मुनामदन', 'सुलोचना', 'शकुन्तला' जस्ता अद्वितीय कृतिहरू लेखेका छन् ।

“कालो मन्दाकिनीको जल,
जलनिधिका मोतीको ज्योति कालो!
कालो सौदामिनीको चहक सब,
शरच्चन्द्रको कान्ति कालो!!”


कविशिरोमणि लेखनाथ पौड्याल
लेखनाथ पौड्यालको जन्म लेखनाथ नगरपालिकाको अघौं अर्चलेमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई कविशिरोमणि लेखनाथ पौड्यालका नामले चिनिन्छ। पौड्याल आधुनिक युगको जन्मदाता तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छन् । उनका 'ऋतु विचार', 'वुद्धिविनोद', 'सत्यकलि संवाद', 'सत्यस्मृति', 'मेरो राम', 'त्याग र उदयको सन्देश', 'गीताञ्जली', 'तरुण तपसी', 'लक्ष्मीपूजा', 'गौरी-गौरव' जस्ता कृतिहरू प्रकाशित छन्।

“म सबै जान्दछु भन्ने
जसलाई घमण्ड छ,
त्यसले वास्तवमा
केही पनि जानेको हुँदैन ।”


नाट्यसम्राट बालकृष्ण सम
बालकृष्ण समको जन्म काठमाण्डौको ज्ञानेश्वरमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई नाट्यसम्राट बालकृष्ण समका नामले चिनिन्छ । सम नाटक, उपन्यास, महाकाव्य, कविता, कथा, निबन्ध लगायत धेरै नेपाली साहित्य विधामा कलम चलाउँथे। 'मुकुन्द-इन्दिरा', 'मुटुको व्यथा', 'प्रेमपिण्ड', 'अमरसिंह', 'नालापानीमा' लगायत उनका थुप्रै कृतिहरू प्रकाशित छन्।

“मेरो विचार उति स्पष्टसँग
परिभाषित छैन तर म
त्यसतर्फ केही उज्यालो देरछु ।”


मनोवैज्ञानिक उपन्यासकार विश्वेश्वर प्रसाद कोइराला
विश्वेश्वर प्रसाद कोइरालाको जन्म भारतको वाराणासीमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई मनौवैज्ञानिक उपन्यासकारका रूपमा चिनिन्छ । उत्कृष्ट साहित्य सृजना गरेर कोइरालाले नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली थपेका छन् । उनका 'सुम्निमा', 'मोदीआइन्', 'बाबु, आमा र छोरा', 'नरेन्द्रदाइ', 'तीन घुम्ती' तथा 'हिटलर र यहुदी' जस्ता कृतिहरू प्रख्यात छन्।

“नेपाली हामी रहौँला
कहाँ नेपालै नरहे”


राष्ट्रकवि माधवप्रसाद घिमिरे
माधवप्रसाद घिमिरेको जन्म लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई राष्ट्रकवि माधवप्रसाद धिमिरेका नामले चिनिन्छ । उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख - प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभाशाली व्यक्ति थिए । उनका 'नवमञ्जरी', 'गौरी', 'राजेश्वरी', 'किन्नर-किन्नरी', 'मालती मङ्गले' जस्ता कृतिहरू सङ्कलित छन्।

“कति बलियो मेरो मृत्यु
जो अमरत्वलाई नै
अधमरो बनाएर गयो।”


पारिजात
पारिजातको जन्म दार्जिलिङ्गमा भएको थियो । उनको वास्तविक नाम विष्णु कुमारी वाइबा भएता पनि नेपाली साहित्य जगतमा उनलाई पारिजातका नामले चिनिन्छ । कविता, कथा, उपन्यास, निबन्ध, आत्मकथा लगायतका विधाहरूमा पोख्त पारिजात बहुआयामिक व्यक्तित्व हुन् । उनका 'महत्ताहीन', 'बैंसको मान्छे', 'तोरीबारी, बाटा र सपनाहरू', 'परिभाषित आँखाहरू', 'अनिँदो पहाडसँगै', 'शिरीषको फूल' लगायतका कृतिहरू प्रकाशित र चर्चित छन्।

“संसार नाट्यशाला हो;
प्रकाश सूर्य,
चन्द्र हुन् जीवनधारीहरू
सारा कर्मचारी समान हुन्।”


भीमनिधि तिवारी
भीमनिधि तिवारीको जन्म काठमाण्डौँको डिल्लीबजारमा भएको थियो । लेखनका क्रममा उनले गजल, कविता, एकाङ्की, पूर्णाङ्की, नाटक, निबन्ध, प्रबन्ध, कथा, गीत, हास्यव्यङ्ग्य र उपन्यासहरू लेखेका छन् । उनले 'कवितानन्द', 'यशस्वी शव', 'सिंहदरबार', 'किसान', 'सिदार्थ गौतम', 'सत्य हरिश्चन्द्र', 'माटोको माया', 'तितौरा मस्यौरा' जस्ता चर्चित कृतिहरू लेखेका छन्।

“आमा त्यो आउँछ र?
होबा! त्यो आउँछ”


गोपाल प्रसाद रिमाल
गोपाल प्रसाद रिमालको जन्म काठमाण्डौँको लगनटोलमा भएको थियो। उनी नेपाली साहित्य जगतमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन्। कवि रिमालका 'मसान', 'यो प्रेम', 'आमाको सपना' लगायतका कृतिहरु निकै प्रख्यात छन् । उनी चर्चित नेपाली राष्ट्रभक्ति गीत 'रातो र चन्द्र सूर्य' का गीतकार समेत हुन्।

“पथ सात फुटे, बस नौ गजको,
सिट बीस भए भिड सौतकको।”


भैरव अर्याल
भैरव अर्यालको जन्म ललितपुरको कुपण्डोलमा भएको थियो । अर्यालका लेखहरू विशेष गरी नेपाली जीवन शैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन् । हास्यव्यङ्ग्यका शिखर सम्राटको मान्यता पाएका अर्यालका 'काउकुती', 'जयमुँडी', 'गलबन्दी', 'इतिश्री', 'दस औतार', 'टेढो ऐना' जस्ता लोकप्रिय कृतिहरू प्रकाशित छन्।

“बडामहारानी!
'आज मैले सेतो बाघ देखेँ।
कस्तो रहेछ?
सरकार ! निक्खुर सेतो।
'त्यो सेतो बाघलाई
सरकारबाट हानिबक्सिएन?'
'हानेँ, तर लागेन।”


डायमनशमशेर राणा
डायमनशमशेर राणाको जन्म पाल्पा जिल्लामा भएको थियो । नेपाली साहित्य जगतमा उनी ऐतिहासिक उपन्यासकारका रूपमा प्रचलित छन् । उनले नेपाली साहित्यमा राणाकालिन पृष्ठभूमिमा एतिहासिक उपन्यासहरू लेखेका छन् । उनका 'वसन्ती', 'सेतो बाघ', 'सत्प्रयास', 'अनिता', 'धनको धब्बा' र 'गृहप्रवेश' लगायतका कृतिहरू प्रसिद्ध छन्।

“हुँदैन बिहान मिर्मिरेमा
तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत
मरेर नगए”


कवि भूपि शेरचन
भूपि शेरचनको जन्म मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो। उनको वास्तविक नाम भूपेन्द्रमान शेरचन भएता पनि नेपाली साहित्य जगतमा उनी कवि भूपि शेरचनका नामले प्रख्यात छन् । उनी 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविता संग्रहबाट नेपाली साहित्य जगतमा प्रचलित भएका थिए । उनका 'परिवर्तन' 'नयाँ झ्याउरे' 'निर्भर' लगाएतका कृतिहरू चर्चित छन्।

✒️. संकलन: उत्तर तामाङ्ग

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...