१. वि.सं. २०७९ फागुन ११ देखि १३ सम्म हुने ‘जनकपुर साहित्य महोत्सव - २०२३' को उद्घाटन कसले गरेको हो?
➤ पूर्वराष्ट्रपति रामबरण यादव
२. अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा नेपालको अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ?
➤ ५%
३. २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी को घोषित भएका छन्?
➤ लियोनेल मेस्सी
त्यस्तै:
➤ उत्कृष्ट पुरुष प्रशिक्षक : लियोनेल स्कालोनी
➤ उत्कृष्ट पुरुष गोलकिपर : एमिलियानो मार्टिनेज
४. बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह कहिले थुनामुक्त भएका हुन्?
➤ २०७९ फागुन १५
५. १८० देशको सर्वेक्षण गर्दा इपीआई भ्यालु ८२.५ सहित संसारको सबैभन्दा सफा देश कुन बनेको छ?
➤ डेनमार्क
➤ नेपाल २८.३ अंकसहित १६२औं स्थानमा
➤ अन्तिम स्थानमा: भारत
६. महिला टी-२० विश्वकप २०२२ को उपाधि कुन देशले जितेको हो?
➤ अष्ट्रेलिया
➤ उपविजेता: दक्षिण अफ्रिका (१९ रनले पराजित)
➤ अष्ट्रेलियाको यो छैटौं उपाधि (सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२२)
७. प्रदेश नं. १ को नाम कोशी प्रदेश कहिले नामकरण गरिएको हो?
➤ २०७९ फागुन १७
८. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाख देखि शैक्षिक सत्र सुरु गर्ने गरी कहिले मन्त्रिस्तरीय निर्णय गरेको थियो?
➤ २०७९ माघ ६
९. कृष्ण मन्दिरको ३८६ औं स्थापना दिवस कहिले मनाइएको हो?
➤ फागुन शुक्ल दशमी
१०. नेपाली पार्कर खेलाडी दिनेश सुनारले हालै कति मिनेटमा सबैभन्दा धेरै लेटरल जम्प बर्पीजका लागि गिनिज वर्ल्ड रेकर्ड बनाएका हुन्?
➤ २७ मिनेट
➤ यो उनको १४ औं विश्व कीर्तिमान हो।
११. सिडिएस एन्ड क्लियरिङ लिमिटेड का अनुसार हाल एक जना व्यक्तिले कति ओटा सम्म हितग्राही खाता (Demat Account) खोल्न पाउने व्यवस्था छ?
➤ २ ओटा
➤ नेपालमा हाल ३२% निष्क्रिय हितग्राही खाता
१२. हालै सार्कको नयाँ महासचिव को, कहिले र कुन देशको नियुक्त भएका हुन्?
➤ गोलाम सरवार
➤ २०२३ मार्च ०४
➤ बंगलादेश
१३. नेपालको उत्कृष्ट महिला वर्ष खेलाडीको अवार्ड कसले जितेकी छिन्?
➤ अरुणा शाही
१४. भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा कहिले निधन भएको हो ?
➤ २०२३ मार्च ०८
१५. खेलकुदको सबैभन्दा ठूलो अवार्ड समारोह पल्सर स्पोर्टस अवार्डमा कतारका मोहमद हिजीले कुन अवार्ड जितेको हो?
➤ एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड
➤ रामचन्द्र पौडेल
➤ २०७९ फागुन २५ मा
➤ ३३ हजार ८०२ मतभार प्राप्त
१७. १५ औं मिस तामाङ्ग २०२३ को विजेता को बनेका हुन्?
➤ पासाङ याङ्जी वाईबा तामाङ्ग
➤ सिन्धुली
१८. हङकङमा भएको ५० किलोमिटर दूरीको “द नर्थ फेस अल्ट्रा ट्रैल रन” मा नेपालको कसले नयाँ कीर्तिमान सहित जित हासिल गरेका छन्?
➤ सुनमाया बुढा
➤ ६ घन्टा १२ मिनेट २५ सेकेन्डमा
१९. हालै चीनको नयाँ प्रधानमन्त्रीमा को नियुक्त भएका हुन्?
➤ ली छ्याङ
➤ २०२३ मार्च ११ मा सांघाई पार्टीका सचिव
२०. बिबिसीका अनुसार सन् २००१ देखि २०१८ सम्म कुन क्लबले ८.४ मिलियन युरो दिएर हालै रेफ्री किनेको आरोप लागेको छ?
➤ बार्सिलोना
२१. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ बमोजिम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा कहिले स्वीकृत गरेका हुन्?
➤ २०७९ फागुन २८
२२. राष्ट्रपति रामचन्द्र पौडेल द्वारा शपथ र पदभार ग्रहण कहिले गर्नुभएको हो?
➤ वि.सं. २०७९ फागुन २९
२३. ओस्कार अवार्ड २०२३ मा 'बेस्ट ओरिजिनल सङ्' 'Best Original Song' को अवार्ड कसले जितेको हो?
➤ नाटु नाटु
➤ फिल्म: आरआरआर
२४. 'सफा हिमाल अभियान २०२३' कसले सञ्चालन गर्ने भएको छ?
➤ नेपाली सेना
➤ चार हिमाल सफा गर्ने: सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण
२५. नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ८ हजार ४ सय ६४ जना सहिदहरूको नामावली नेपाल राजपत्रमा कहिले प्रकाशित गर्ने निर्णय गरेको हो?
➤ २०७९ चैत्र ४
Comments
Post a Comment