Skip to main content

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर (Current Affairs of Nepal)


१. राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई कहिले नियुक्त भएकाे हाे?
➤ २०७९ माघ २३

२. टर्कीमा कहिले ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो?
➤ २०२३ फेब्रुअरी ६

३. सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने रेकर्ड हालै कसले बनाएको छ?
➤ अमेरिकी गायिका बियोन्से
➤ अहिलेसम्म ३२ वटा ग्रामी जितेकी

४. भारतीय क्रिकेट बोर्ड (BCCI) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (WPL) अक्सनमा नेपालका कति जना खेलाडीले नाम दर्ता भएको हो?
➤ ५ खेलाडी
➤ रुविना क्षेत्री बेलबासे, सीता रानामगर, कविता कुँवर, अश्मिना कर्माचार्य र इन्दु बर्मा 
➤ प्रतियोगिता २०२३ मार्च ४ देखि २६ सम्म हुने

५ . छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो?
➤ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब
➤ एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै

६. छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी को घोषित भएकी छन्?
➤ प्रतिभा माली
➤ उत्कृष्ट स्पाइकर : निरुता ठगुन्ना
➤ उत्कृष्ट ब्लकर : हिरा केसी
➤ उत्कृष्ट सर्भर : सरस्वती चौधरी
➤ उत्कृष्ट सेटर : प्रगति नाथ
➤ उत्कृष्ट लिवेरो : सलिना श्रेष्ठ
➤ उत्कृष्ट प्रशिक्षक : कुमार राई
➤ उदयीमान खेलाडी : सलिना बुढामगर

७. लोकसेवाको परीक्षामा थारू समुदायलाई आरक्षण दिन सर्वोच्च अदालतले कहिले आदेश जारी गरेको हो?
➤ माघ २४, २०७९

८. ७६ वर्षअघि नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्ती सम्झौता पुनरावलोकन गर्न सर्वोच्च अदालतले नेपाल सरकारलाई कहिले निर्देशनात्मक आदेश जारी गरेको हो?
➤ २०७९ माघ २४

९. अष्ट्रेलियाका क्रिकेट खेलाडी एरोन फिन्चले अन्तर्राष्ट्रिय खेलबाट सन्यास कहिले लिएको हो?
➤ २०२३ फेब्रुअरी ७
➤ सन् २०२१ मा उनकै कप्तानीमा अस्ट्रेलियाले पहिलो पटक २०-ट्वान्टी विश्वकप जितेको।

१०. प्रो बास्केटबलको इतिहासमा सबैभन्दा धेरै स्कोर गर्ने खेलाडी को बन्न सफल भएको छ?
➤ लेब्रोन जेम्स
➤ उनले करीम अब्दुल-जब्बारको रेकर्ड तोडेको ।

११. नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले शान्ति सेनाबाट आर्थिक वर्ष २०७८/०७९ मा शोधभर्ना मार्फत कति रकम भित्र्याएको हो?
➤ १५ करोड डलर

१२. सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कमल बहादुर शाहलाई प्रदेश प्रमुख देवराज जोशीले कहिले शपथ ग्रहण गराएका हुन्?
➤ २०७९ माघ २७

१३. अख्तियार दुरुपयोग अनुसन्धान आयोग को ३२ औं स्थापना दिवसको नारा के रहेको छ?
➤ "मिलेर फालौं भ्रष्टाचारको जालो : सुशासन प्रवर्द्वनमा गरौँ हातेमालो"

१४. फिफा क्लब विश्वकपको उपाधि कुन क्लबले जितेको हो? 
➤ रियल म्याड्रिड
➤ पाँचौं पटक च्याम्पियन
➤ उपविजेता: अल हिलाल (५-३ गोलान्तर)

१५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ मा कति यात्रुहरूले हवाई यात्रा गरेका छन्, जुन अहिले सम्मकै उच्च हो?
➤ ७९ लाख ५४ हजार ४८० जना

१६. विश्व रेडियो दिवस २०२३ को नारा के रहेको छ?
➤ "Radio and Peace"

१७. काठमाडौं महानगरले ल्याएको 'घर बहाल व्यवस्था निर्देशिका २०७९' अनुसार काठमाडौंभित्र घरभाडा प्रत्येक २/२ वर्षमा कति प्रतिशतका दरले बढ्ने भएको छ?
➤ १०%

१८. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार देशभरका ७५३ स्थानीय तहहरूमध्ये सबभन्दा उत्कृष्ट गाउँपालिका कुन बन्न सफल भएको छ?
➤ नरैनापुर 
➤ ७८.५१८६ अङ्क प्राप्त

१९. 'धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९' अनुसार ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा कति चुक्ता पूँजी हुनुपर्ने नियम ल्याएको हो?
➤ रू १ करोड ५० लाख

२०. नेपालमा एकैपटक ५५५ वटा मादल बजाएर विश्व कीर्तिमान कायम कसले गरेको छ?
➤ नेपाली सेना 
➤ महाशिवरात्रि तथा सेना दिवसका अवसरमा

२१. आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर को बनेका छन्?
➤ सन्दीप लामिछाने

२२. यस वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार कति औं ल्होसार हो?
➤ २१५०औँ

२३. बुटवलमा १ अर्ब ११ करोडको लागतमा तयार भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शेर बहादुर देउवाले कहिले गरेको हो?
➤ २०७९ भदौ ११

२४. स्पेनिस फुटबल क्लब रियल मड्रिडका महान खेलाडी अमान्सियो अमारोको ८३ वर्षको उमेरमा कहिले निधन भएको हो?
➤ २०२३ फेब्रुअरी २१ 

२५. बहराइनको राजा हमाद बिन इसा अल खालिफाले डा. सन्दुक रुइतलाई प्रतिष्ठित इशा अवार्ड कहिले हस्तान्तरण गरेका हुन्?
➤ २०७९ फागुन ०९

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...