१. नेपालको उपराष्ट्रपतिमा को निर्वाचित हुनु भएको छ?
➤ रामसहाय प्रसाद यादव
➤ कहिले निर्वाचित: २०७९ चैत्र ३
➤ मतभार: ३०,३२८
➤ संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाएको
➤ पार्टी: जनता समाजवादी पार्टी (जसपा)
➤ मतदान अवधि: बिहान १० बजे - दिउँसो ३ बजे
२. चैत्र ३ मा भएको उपराष्ट्रपति निर्वाचनमा कति जना सांसदले भोट हालेको हो?
➤ ८२९ सांसद
➤ संघ ३११ र प्रदेश सभा ५१८ सांसद
३. अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको हो?
➤ सन् २०२३ मार्च १७
४. लोकगायक राजेन्द्र लम्सालको निधन कहिले भएको हो?
➤ २०७९ फागुन २३
५. चलचित्र कलाकार संघको अध्यक्षमा को निर्वाचित हुनु भएको छ?
➤ मोहन निरौला
६. इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो?
➤ २०२३ मार्च १९
७. आईसीसी क्रिकेट विश्वकप लिग - २ मा युएई माथि ऐतिहासिक जित निकाल्दै नेपाल कहिले विश्वकप क्रिकेट क्वालिफायरका लागि छनोट भएको हो?
➤ २०७९ चैत्र २
➤ सन् २०२३ मार्च १६
८. उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ कहिले लिएका हुन्?
➤ २०७९ चैत्र ६
९. अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (OECD) का अनुसार विश्वको सबैभन्दा धेरै शिक्षित जनसंख्या भएको देश कुन बनेको छ?
➤ क्यानडा (५९.९६ प्रतिशत)
➤ दोस्रो: जापान (५२.६८ प्रतिशत)
१०. आगामी असोजमा हुने साफ च्याम्पियनसिपको १३ औँ संस्करण कहाँ आयोजना हुने भएको छ?
➤ बेङ्गलोर, भारत
११. विश्व खुसि सुचकांक २०२३ मा नेपाल कति औं स्थानमा रहेको छ?
➤ ७८ औं
➤ पहिलो स्थानमा: फिनल्याण्ड
➤ अन्तिम स्थानमा: अफगानिस्तान
१२. सन् २०२३ मा विश्वको सबैभन्दा उत्कृष्ट एयरपोर्ट कुन बन्न सफल भएको छ?
➤ जिवेल चाङ्गी एयरपोर्ट (Jewel Changi Airport), सिङ्गापुर
१३. स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०७९ कहिले भएको हो?
➤ वि.सं. २०७९ चैत्र ५
➤ त्रि.वि. का २४३ क्याम्पसमा सम्पन्न
१४. उल्टो सिँढी चढेर गिनिज वर्ल्ड रेकर्ड राख्ने नेपाली को हुन्?
➤ हरिचन्द्र गिरी
➤ २५.०३ सेकेन्डमा ७७ पाइला उल्टो सिँढी चढेर
१५. च्याटजीपीटी (ChatGPT) का संस्थापक को हुन्?
➤ साम अल्टम्यान (Sam Altman)
१६. ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) मा को र कहिले नियुक्त हुनुभएको हो?
➤ वसन्त बहादुर कुँवर
➤ २०७९ चैत १० गते
१७. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले युद्ध प्रभावित युक्रेनको अर्थतन्त्र सुधारका लागि कति रकम ऋण दिने घोषणा गरेको छ
➤ १५ अर्ब ६० करोड डलर
➤ चार वर्षीय ऋण
१८. अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प माथि ३४ आरोप लागेपछि म्यानहटन फौजदारी अदालतमा उनले कहिले आत्मसमर्पण गरेका हुन्?
➤ सन् २०२३ अप्रिल ५
१९. ८,००० मिटरभन्दा माथिका सबै १४ चुचुराहरूको शिखरमा पुग्ने इतिहासकै पहिलो महिला को बन्न सफल भएको छ?
➤ डोङ होङ जुआन
➤ चिन
➤ सन् २०१५ देखि २०२३ सम्म मा
२०. एसीसी पुरुष प्रिमियर कप २०२३ (ACC Men's Premier Cup 2023) क्रिकेटको उपाधि कुन देशले जितेको हो?
➤ नेपाल
➤ यूएईलाई ७ विकेटले हराएर
२१. 'राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३' को नारा के रहेको छ?
➤ "सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि"
२२. विश्व प्रेस स्वतन्त्रता दिवस २०२३ को नारा के रहेको छ?
➤ 'भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता'
➤ सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको
२३. एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी को चुनिएका छन्?
➤ सन्दीप लामिछाने
➤ ५ खेलमा १३ विकेट लिएकाे, ब्याटिङतर्फ ४२ रन बनाएकाे
२४. एक वर्षभित्र सबै शिखरमा पुगेर ८,००० मिटरभन्दा अग्ला १४ चुचुराहरू सफलतापूर्वक सबैभन्दा छिटो आरोहण गर्ने महिला को बन्न सफल भएकी छिन्?
➤ क्रिस्टिन हरिला (नर्वे)
२५. ‘जिउँदो सहिद’ का रूपमा रहेका मुकेश कायस्थको निधन कहिले भएको हो?
➤ २०८० बैशाख २७
Comments
Post a Comment