Skip to main content

चक्रीय ब्याज (Compound Interest )

iStock


1. कति प्रतिशत चक्रीय ब्याजका दरले रु. 100 को 1 वर्षको चक्रीय ब्याज रु. 12 हुन्छ?
➤ 12%

2. कति प्रतिशत चक्रीय ब्याजका दरले रु.200 को 2 वर्षको चक्रीय ब्याज रु.42 हुन्छ?
➤ 10%

3. एक जना व्यापारीले कमर्सियल बैङ्कबाट वार्षिक 12% ब्याजदरमा 2 वर्षका लागि वार्षिक रूपमा ब्याज बुझाउने गरी रु. 5,00,000 ऋण लिए उनले पहिलो वर्षको अन्त्यमा तिर्नुपर्ने ब्याज तिर्न सकेनन् फलस्वरूप पहिलो वर्षको ब्याजको समेत दोस्रो वर्षमा ब्याज तिर्नुपर्ने भयो, भने दोस्रो वर्ष उसले जम्मा ब्याज रकम कति तिर्यो होला?
➤ रु.1,27,200

4. एउटा बैङ्कबाट विशालले साधारण ब्याज र बद्रीले चक्रीय ब्याज तिर्ने सर्तमा 3 वर्षका लागि प्रतिवर्ष 10% ब्याजका दरले रु..30,000 ऋण लिएछन् । विशाल र बद्रीले जम्मा ब्याज कति कति तिर्नुपर्छ?
➤ विशाल रु.9,000
➤ बद्री रु.9,930

5. तपाईंको काकाले आफूसँग भएको रु. 1,00,000 को 15% प्रतिवर्ष ब्याजदरमा 1 वर्षका लागि चक्रीय ब्याजमा लगानी गर्ने सोच बनाउनु भएछ । वार्षिक ब्याज, अर्धवार्षिक ब्याज वा त्रैमासिक ब्याज मध्ये कुन विकल्पबाट लगानी गर्दा फाइदा होला काकालाई सुझाव दिनुहोला?
➤ वार्षिक रु.15,000
➤ अर्धवार्षिक रु.15,562.50
➤ त्रैमासिक रु.15,865.04

6. रु. 2,000 को वार्षिक 12% व्याज दरमा 2 वर्षपछि चक्रीय ब्याज र चक्रीय मिश्रधन कति हुन्छ?
➤ चक्रीय ब्याज रु.508.80 
➤ चक्रीय मिश्रधन रु.2,508.80

7. वार्षिक चक्रीय ब्याज अनुसार 12% प्रति वर्ष ब्याज दरले 3 वर्षका लागि रु. 25,000 सापटी लिएर ठिक 3 वर्षपछि बुझाउँदा हुन आउने चक्रीय ब्याज र चक्रीय मिश्रधन कति हुन्छ होला?
➤ रु.10,123.20 
➤ रु.35,123.20

8. एक जना मानिसले आफ्नो साथीबाट वार्षिक 12.5% साधारण ब्याज दरले रु.32,000 ऋण लिएछ । उसले सोही ब्याज दरले चक्रीय ब्याज पाउने गरी ऋणमा लिएको सम्पूर्ण रकम एक जना पसलेलाई सापटी दिएछ 3 वर्षपछि उसले कति रकम बढी पाउँछ होला?
➤ रु. 1562.50

9. समिरले रु. 5,000 वार्षिक 8% का दरले 2 वर्षका लागि लगानी गर्ने निधो गरे। त्यसका लागि उनीसँग 2 ओटा सुरक्षित विकल्प छन्। पहिलो विकल्प अर्धवार्षिक रूपमा ब्याज पाउने र दोस्रो विकल्प वार्षिक रूपमा ब्याज पाउने छ । यदि तपाईंले सुझाव दिनुपयो भने कुन विकल्पमा जाने सुझाव दिनुहन्छ ?
➤ अर्धवार्षिक चक्रीय ब्याज रु.849.29
➤ वार्षिक चक्रीय ब्याज रु.832

10. एक विद्यार्थीले रु. 10,000 वार्षिक चक्रीय ब्याजदरमा 2 वर्षका लागि लगानी गरेछन् । एक वर्षको अन्त्यमा चक्रीय मिश्रधन रु. 11,200 हुन्छ भने, वार्षिक चक्रीय ब्याजदर र दोस्रो वर्षका अन्त्यमा चक्रीय मिश्रधन कति हुन्छ होला?
➤ चक्रीय ब्याजदर = 12%
➤ चक्रीय मिश्रधन = रु.12,544

11. रु.2,00,000 लाई पहिलो वर्षका लागि 8% प्रतिवर्ष दोस्रो वर्षका लागि 10% प्रतिवर्ष र तेस्रो वर्षका लागि 12% प्रतिवर्ष व्याज दर निर्धारण गरी लगानी गर्दा तीन वर्ष पछिको चक्रीय मिश्रधन र चक्रीय ब्याज कति हुन्छ होला?
➤ चक्रीय मिश्रधन = रु.2,66,112
➤ चक्रीय ब्याज = रु..66,112

12. निश्चित वार्षिक चक्रीय ब्याजदरले कुनै धनको मिश्रधन 2 वर्षमा रु.14,520 र 3 वर्षमा रु.15,972 हुन्छ भने ब्याजदर र मूलधन कति हुन्छ होला?
➤ ब्याजदर 10% प्रतिवर्ष
➤ मूलधन रु.12,000

13. एक जना व्यक्तिले विकास बैङ्कमा रु. 2,00,000 दुई वर्षका लागि प्रति वर्ष 10% को दरमा पाएको ब्याजमा 5% कर कट्टी हुने गरी अर्धवार्षिक चक्रीय ब्याज पाउने गरी जम्मा गरेछन्। तर ठिक एक वर्षपछि बैङ्कले नीति परिवर्तन गरी सोही ब्याज दरमा त्रैमासिक चक्रीय ब्याज दिने निर्णय गरेछ भने कर कट्टी गरी पहिलो वर्ष र दोस्रो वर्षको ब्याज रकम कति-कति होला?
➤ रु.19,475
➤ रु.21,645.12

14. वाणिज्य बैंकले रु. 52,500 बाबुलाल र जीवनलाललाई वार्षिक 10% चक्रीय ब्याज दरमा ऋण प्रवाह गरेछ बाबुलालले 2 वर्षपछि बैंकलाई बुझाएको चक्रीय मिश्रधन र जीवनलालले 3 वर्षपछि बुझाएको चक्रीय मिश्रधन बराबर रहेछ भने उनीहरूले बैङ्कबाट कति कति रकम ऋण लिएका रहेछन् ?
➤ रु.27,500
➤ रु.25,000

15. एक कृषकले कुखुरा पालनका लागि रु. 20,000 एक सहकारीबाट 15% प्रतिवर्ष ब्याज दरमा 3 वर्षका लागि कर्जा लिएछन्। 3 वर्ष पछिको वार्षिक चक्रीय ब्याज र चक्रीय मिश्रन कति हुन्छ होला?
➤ रु. 10,417.50 
➤ रु. 30417.50

16. एक शिक्षकले रु. 50,000 आफ्नो छोरीको नाममा बैंकमा जम्मा गरे यदि बैंकले वार्षिक 10% ब्याजदर प्रदान गर्छ भने 3 वर्षपछिको चक्रीय ब्याज र मिश्रधन कति हुन्छ होला?
➤ रु.16,550 
➤ रु.66,550

17. सविताले रु.1,50,000 बैंकमा जम्मा गरिन् । यदि बैङ्कले वार्षिक 6% ब्याजदर प्रदान गर्छ भने 2 वर्ष 5 महिना पछि उनले चक्रीय मिश्रधन र चक्रीय ब्याज प्राप्त गर्छ होला ?
➤ रु. 1,72,753.50 
➤ रु. 22,753.50

18. मनिषाले वार्षिक चक्रीय ब्याज 8% ले रु. 50,000 बैंकमा जम्मा गरिन्। यदि बैंकले अर्धवार्षिक हिसाबले चक्रीय ब्याज दिने रहेछ भने 2 वर्षपछि उनले पाउने मिश्रधन र चक्रीय ब्याज कति हुन्छ होला?
➤ रु.58,492.93
➤ रु.8,492.93

19. एउटा बैङ्कले एक चौथाइ वार्षिक हिसाबले चक्रीय ब्याज दिन्छ । सुनिलले रु.50,00,000 वार्षिक 12%, ब्याज पाउने गरी 1 वर्षका लागि जम्मा गरे भने चक्रीय मिश्रधन र चक्रीय ब्याज कति हुन्छ होला?
➤ रु.56,27,544.05
➤ रु.6,27,544.05

20. कर्मा गुरुङले वार्षिक चक्रीय व्याज 8% को दरले रु. 80,000 एउटा बैंकमा जम्मा गरेछन् । 2 वर्षपछि सो रकमको साधारण ब्याज र वार्षिक चक्रीय ब्याजको फरक कति हुन्छ होला?
➤ रु.512

21. रु.7,500 को वार्षिक 12% ब्याजदरले 3 वर्षमा हुने साधारण ब्याज र वार्षिक चक्रीय ब्याजको फरक कति हुन्छ होला?
➤ रु.336.96

22. छिरिङले वार्षिक चक्रीय ब्याज 6% ले रु.40,000 एउटा बैंकमा जम्मा गरेका रहेछन् भने 2 वर्षमा सोको वार्षिक र अर्धवार्षिक चक्रीय ब्याजको फरक कति हुन्छ होला?
➤ रु.76.35

23. रु.18,000 को 1 वर्षमा 12% वार्षिक ब्याज दरले हुने अर्धवार्षिक चक्रीय ब्याज र एक चौथाइ वार्षिक चक्रीय ब्याजको अन्तर कति हुन्छ होला?
➤ रु.34.36

24. प्रतिवर्ष 15% ब्याज दरले 2 वर्षमा हुने रकमको वार्षिक चक्रीय ब्याज साधारण ब्याज भन्दा रु. 180 ले बढी हुन आउँछ भने मूलधन कति हुन्छ होला?
➤ रु.8,000

25. वार्षिक 10% का दरले एक वर्षमा हुने धनराशिको अर्धवार्षिक चक्रीय ब्याज सोही अवधिमा उही दरले हुन आउने वार्षिक चक्रीय ब्याज भन्दा रु.40 ले बढी हुन्छ भने मूलधन कति हुन्छ होला?
➤ रु.16,000

26. सुप्रिमले वार्षिक चक्रीय ब्याज दर 10% का दरले दुई वर्षका लागि केही रुपियाँ सापटी लियो र तुरुन्तै उसले अर्धवार्षिक चक्रीय ब्याज दरमा सोही दरले उत्तिनै समयका निम्ति सापटी दियो। यो सिलसिलामा उसले रु. 2,019.24 नाफा गर्यो भने कति रुपियाँ सापटी लिएको थियो होला?
➤ रु.3,66,717.82

27. कति समयमा वार्षिक 10% चक्रीय ब्याज दरमा मूलधन रु. 1,00,000 को मिश्रधन रु. 1,21,000 हुन्छ होला?
➤ 2 वर्ष 

28. वार्षिक चक्रीय ब्याज अनुसार प्रतिवर्ष 5% ब्याज दरले कति समयमा रु.8,00,000 को चक्रीय ब्याज व्याज रु.12,61,00 हुन्छ होला?
➤ 3 वर्ष 

29. कति प्रतिशत चक्रीय ब्याज दरले 2 वर्षमा रु.700 को मिश्रधन रु.847 हुन्छ होला?
➤ 10%

30. वार्षिक कति प्रतिशत चक्रीय ब्याज दरले रु.3,43,000 को 3 वर्षमा चक्रीय ब्याज रु.1,13,533 हुन्छ?
➤ 10%

31. वार्षिक चक्रीय ब्याज दरमा कुनै रकम 2 वर्षमा रु. 6,050 र 3 वर्षमा रु. 6,655 हुन्छ भने चक्रीय ब्याज दर र मूलधन कति हुन्छ होला?
➤ 10%
➤ रु.5,000

32. कुनै रकमको वार्षिक चक्रीय ब्याज दरले 2 वर्ष र 3 वर्षको मिश्रधन क्रमशः रु. 10,580 रु. 12,167 हुन्छ भने चक्रीय ब्याज दर र मूलधन कति हुन्छ होला?
➤ 15%
➤ रु.8,000

33. कुनै रकमको वार्षिक चक्रीय ब्याज अनुसार एक वर्ष र दुई वर्षको चक्रीय ब्याज क्रमशः रु. 1,800 रु. 3,816 हुन्छ भने चक्रीय ब्याज दर र मूलधन कति हुन्छ होला?
➤ 12%
➤ रु.15,000

34. एक जना व्यक्तिले कमर्सियल बैंकमा रु. 5,00,000 पाएको ब्याजमा दुई वर्षका लागि प्रति वर्ष 10% को दरमा अर्धवार्षिक चक्रीय ब्याज पाउने गरी जम्मा गरेछन् । नियमअनुसार पाएको ब्याजमा 5% कर लाग्छ । तर ठिक एक वर्षपछि बैंकले नीति परिवर्तन गरी सोही ब्याज दरमा एक चौथाइ वार्षिक चक्रीय ब्याज दिने निर्णय गरेछ भने, कर कट्टीपछि पहिलो र दोस्रो वर्षको ब्याज रकम कति-कति हुन्छ होला?
➤ रु. 48,687.50
➤ रु. 54,112.79

35. एक जना व्यक्तिले दुई वर्षका लागि कुनै सहकारी संस्थामा रु. 80,000 प्रति वर्ष 15% को दरमा पाएको ब्याजमा 5% कर कट्टी गर्ने गरी वार्षिक चक्रीय ब्याज पाउने गरी जम्मा गरेछन्। तर ठिक एक वर्षपछि सहकारी संस्थाले नीति परिवर्तन गरी सोही ब्याज दरमा अर्धवार्षिक चक्रीय ब्याज दिने निर्णय गरेछ । कर कट्टीपछि पहिलो वर्षको र दोस्रो वर्षका ब्याज रकममा कति प्रतिशतले फरक पर्छ होला?
➤ 18.53%

36. रामले रु. 41,000 दुई भागमा विभाजन गरी आफ्ना दुई छोरीका नाममा वार्षिक 5% चक्रीय ब्याज पाउने गरी 2 वर्ष र 3 वर्षका लागि कुनै बैंकमा जम्मा गरिदिएछन् । उनीहरूले 2 वर्ष र 3 वर्षपछि पाउने मिश्रधन बराबर हुन्छ भने प्रत्येकले कति कति रकम पाएका रहेछन्?
➤ रु. 21,000 
➤ रु. 20,000

37. रु. 21,000 लाई दुई भागमा विभाजन गर्नुहोस्। जसअनुसार 10% वार्षिक चक्रीय ब्याज दरले पहिलो भागको 3 वर्षको मिश्रधन र दोस्रो भागको 2 वर्षको मिश्रधन बराबर हुन्छ भने पहिलो भाग र दोस्रो भागमा कति कति रकम पर्छ होला?
➤ रु.10,000
➤ रु.11,000

38. वार्षिक चक्रीय ब्याज अनुसार 1 वर्ष र 2 वर्षमा कुनै रकमको चक्रीय ब्याज क्रमशः रु. 450 र 945 पुग्दछ भने ब्याज दर र मूलधन कति हुन्छ होला?
➤ 10%
➤ रु.4,500

39. कुनै रकमको वार्षिक चक्रीय ब्याज अनुसार 1 वर्ष र 2 वर्षको चक्रीय ब्याज क्रमशः रु.1,800 र रु.3,816 हुन्छ भने चक्रीय ब्याज दर र मूलधन कति हुन्छ होला?
➤ 12% 
➤ रु.1,500

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टेन ▶शार्जे हिमाल :- शान्ति पिक ▶कञ्चनजंघा :- नेपाल पिक , पाँचौ चुली ▶गौरी शंकर :- पाथिभरा हिमाल ▶धौलागिरी :- सेताे हिमाल ▶जासम्बा :- पासाङचुलि

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन खोलिएको संस्था कुन हो ?? → नार्क (NARC) ४. नेपालको कुल कृषि क्षेत्रको भूमिको कति प्रतिशत भूमिमा सिचाई सुविधा पुगेको छ ?? → ६६% ५. बाह्रै महिना सिचाईको सुविधा भएको कुल कृषि योग्य भूमि कति प्रतिशत रहेको छ ?? → ३६% ६. नेपालमा पहिलो पटक कृषि गणना कहिले भएको थियो ?? → वि.सं . २०१८ ७. छैटौं कृषि गणना अनुसार सबैभन्दा बढी खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मोरङ 2. झापा 3. सर्लाही 4. सिराहा 5. सुनसरी ८. छैटौं कृषि गणना अनुसार सबैभन्दा कम खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मनाङ् 2. मुस्ताङ् 3. डोल्पा 4. रसुवा 5. हुम्ला ९. नेपालमा हाल कृषि क्षेत्रको बृद्धिदर कति रहेको छ ?? → २.८० % १०. कृषि क्षेत्रको उत्पादनमा धानबालीको हिस्सा कति प्रतिशत रहेको छ ?? → २०.८० % ११. चालू आर्थिक बर्षमा गैर कृषि क्षेत्रको बृद्धिदर कति हुने अनुमान रहेको छ ?? →

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अङ्ग भनिन्छ । संवैधानिक अङ्गका काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको सङ्ख्या, तिनको नियुक्ति एवम् बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अङ्ग स्वतन्त्र, स्वायत्त, तटस्थ एवम् निष्पक्ष हुने गर्दछन् । सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका ह अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुनसक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भैष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अङ्गको आवश्यकता पर्दछ । नेपालमा हाल भएका #संवैधानिक_अङ्ग » नेपालको संविधान अनुसार हाल नेपालमा निम्न १३ वटा संवैधानिक अङ्ग रहेका छन्ः १. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २. महालेखा परीक्षक, ३. लोकसेवा आयोग, ४. निर्वाचन आयोग, ५. राष्ट्रिय मानव अधिकार आयोग, ६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, ७. राष्ट्रिय महिला आयोग, ८.