Skip to main content

नाफा र नोक्सान (Profit and Loss) सम्बन्धि नमुना अभ्यास

1. यदि 6 ओटा घडीको बिक्रय मूल्य त्यही 5 ओटा वस्तुको विक्रय मूल्यसँग बराबर छ भने नाफा प्रतिशत पत्ता लगाउनुहोस् ।





2. एउटा फलफूल विक्रेताले 12 दर्जन सुन्तलाहरू भएको एक टोकरी रु.432 मा किनेछ। तर 14 ओटा सुन्तलाहरू कुहिएका रहेछन् । उसले त्यसपछि राम्रा सुन्तलाहरू रु.3.50 प्रति एकका दरले बिक्री गरेछ । उसको नाफा वा नोक्सान पत्ता लगाउनुहोस् ।





3. नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् जब कलमहरू प्रति दर्जन रु.50 का दरले किनेर 100 ओटाको रु.450 मा बेचियो?





4. सीताले दुईओटा किताबहरू प्रत्येकको रु.100 मा बेचिन् । यदि उनीलाई एउटामा 25% नाफा र अर्कोमा 20% नोक्सान भएछ भने जम्मा नाफा वा नोक्सान के भयो? प्रतिशतमा निकाल्नुहोस् ।





5. एउटा वस्तु रु.6.40 मा बेच्दा क्रयमूल्यको 3/5 नाफा हुन्छ । यदि त्यसलाई रु.5.60 मा बेचिएको भए कति प्रतिशत नाफा हुने थियो?





6. एउटा व्यक्तिले 300 ओटा डटपेनहरू रु.750 मा किनेछ । उसले त्यसमध्ये 200 ओटा 5% नोक्सानमा बेचेछ । अब, कुन दरमा उसले बाँकी रहेका डटपेनहरू बेच्नुपर्ला ? जबकी यसबाट सबैमा उसले 10% नाफा गर्नुपर्दछ? ।




7. यदि एउटा मानिसले दुईओटा टाइपराइटरहरू प्रत्येकको रु.1980 मा बेच्यो । यदि उसलाई क्रयमूल्यको 10% नाफा एउटामा र अर्को 10% नोक्सान भएछ भने उसले गरेको नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् ।





8. एउटा पसलेले 40 ओटा किताबहरू रु.1600 मा किनेछ। उसले 10 ओटा किताबहरू एउटाको रु.40 का दरले र 15 ओटा किताबहरू एउटाको रु.45 का दरले बेचेछ। सबैमा 15% नाफा पाउन बाँकी रहेका किताबहरूलाई प्रत्येकको कति मूल्यमा बेच्नु पर्ला?





9. एउटा व्यापारीले 1600 ओटा सुन्तलाहरू रु.1200 मा किनेछ । 40 ओटा त्यसमध्ये बिग्रिएका रहेछन् र बाँकी रहेका बिक्रीगर्दा उसलाई 17% नाफा भएछ। कुन दरमा उसले तिनीहरूलाई बेचेको हुनुपर्छ?





10. अनिलले एउटा घडी रु.500 मा किनेर सुनिललाई 10% नाफामा बेचेछ । केही समयपछि सुनिलले त्यो घडी अनिललाई 10% नोक्सानमा फिर्ता गरेछ। त्यो कारोबारमा अनिलको फाइदा निकाल्नुहोस् ।





11. एउटा घडी रु.480 मा बेच्दा रमेशलाई 25% नाफा हुन्छ। यसलाई रु.408 मा बेचियो भने कति प्रतिशत नाफा हुन्छ?





12. अन्जलीले केही नोक्सान खपेर रु.900 मा एउटा चाइनिज रेडियो बिक्री गरिन् । यदि 20% बढीमा बेचेका भए उनलाई 12.5% नाफा हुने थियो। उनले कति प्रतिशत नोक्सानमा रेडियो बेचिछिन्?





13. एउटा मानिसले एउटा कुखुरा र हाँस रु.370 मा किन्यो र रु.402 मा बेच्यो । यसो गर्दा कुखुरामा 20% नाफा र हाँसमा 15% नोक्सान भयो भने हाँसको क्रयमूल्य कति थियो?





14. कुनै वस्तुको अङ्कित मूल्य रु.2800 थियो जुन क्रय मूल्यको 40% बढी थियो । 20% छुट दिई बेचेमा कति प्रतिशत नाफा होला ? पत्ता लगाउनुहोस् ।





15. कुनै एउटा वस्तुको अंकित मूल्यमा 20% छुट दिइ बेच्दा 20% नाफा हुन्छ। यदि 25% छुट दिइ बेचेको भए रु.125 नाफा हुन्थ्यो भने सो वस्तुको अंकित मूल्य निकाल्नुहोस्।





16. एक जना व्यापारीले आफ्नो वस्तुमा यस्तो किसिमले मूल्य निर्धारण गर्दछ की 4% छुट दिंदा पनि 20% नाफा गर्ने गर्दछ, रु.1400 परेको एउटा वस्तुलाई त्यस व्यापारीले कति अङ्कित मूल्य राख्नु पर्ला?





17. एक जना व्यापारीले एउटा टेलिभिजनलाई अङ्कित मूल्यमा विक्री गर्दा उसलाई 25% नाफा हुन्छ तर 10% छुट दिदा रु.230 मात्र नाफा हुन्छ भने उक्त टेलिभिजन कतिमा किनेको हुनुपर्छ?





18. एउटा विक्रेताले आफ्नो सामानको अङ्कित मूल्य क्रय मूल्यभन्दा 30% बढी कायम गयो र ग्राहकलाई 10% छुट दिएर विक्री गर्दा रु.34 मात्र नाफा भयो भने सो सामानको अङ्कित मूल्य निकाल्नुहोस्?





19. एउटा पसलेले कुनै वस्तु रु.3500 मा किनेर त्यस वस्तुको अङ्कित मूल्य यस्तो किसिमले निर्धारण गर्छ कि 10% छुट दिँदा उसलाई 8% नाफा हुन्छ भने सो वस्तुको अङ्कित मूल्य पत्ता लगाउनुहोस्?





20. एउटा पसलेले रेडियोमा 30% नाफा हुने गरेर अङ्कित मूल्य निर्धारण गयो । उक्त रेडियोको अङ्कित मूल्यमा 15% छूट दिई बेच्दा उसलाई कति प्रतिशत नाफा होला?





Comments