Skip to main content

नेपालले T20 र T20I क्रिकेटमा बनाएका केही विश्व किर्तिमानहरु

नेपालले मंगोलिया विरुद्धको क्रिकेट खेलमा बनाएका केही विश्व किर्तिमानहरु:
खेल मिति: २०८० असोज १० (2023 Sept 27)

सर्वाधिक रन
नेपालले एसियन गेम्स 2023 मा मंगोलिया विरुद्ध 3 विकेटको क्षतिमा 314 रन बनाएर पुरुष टी-20 क्रिकेट इनिङ्समा विश्वकै सबैभन्दा धेरै रन बनाउने टिम बनेको छ। यस अघि T20 क्रिकेटको उच्चतम स्कोर वा रन 278 थियो, जुन अफगानिस्तानले 2019 मा आयरल्याण्ड विरुद्ध, र चेक गणतन्त्रले टर्की विरुद्ध 2019 मा बनाएको थियो। यो नेपालले बनाएको रन पुरुष T20 अन्तर्राष्ट्रिय स्तरमा पनि अहिले सम्मकै सर्वाधिक रन हो।

सबैभन्दा कम बलमा शतक
नेपालका कुशल मल्लले जम्मा 34 बलमा 100 रन वा शतक पुरा गरी सबैभन्दा कम बलमा छिटो शतक पुर्याउने खेलाडीको किर्तिमान राखेको हो। यसअघि 35 बलको कीर्तिमान साउथ अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमसेकराको नाममा रहेको थियो ।

सबैभन्दा कम बलमा अर्धशतक 
नेपालका दीपेन्द्र सिंह ऐरीले 9 बलमा अर्धशतक (50 रन) प्रहार गरी किर्तिमान राखेका हुन्। जसमा शुन्य चौका सहित आठ छक्का प्रहार गरेका हुन्। यस अघि यो किर्तिमान 12 बलमा संयुक्त रूपमा युवराज सिंह, क्रिस गेल र हज्रातुल्लाह जजई को हातमा थियो।

सर्वाधिक रन अन्तरले विजयी 
मंगोलिया विरुद्धको खेलमा नेपालले 273 रनको अन्तरले जित हासिल गर्दै टी-20 मा उच्चतम मार्जिन विनको किर्तिमानी राखेको हो। यसअघिको सबैभन्दा ठूलो अन्तरले चेक रिपब्लिकले 2019 मा टर्की विरुद्ध 257 रनको जित हासिल गरेको थियो।

उच्चतम स्ट्राइक रेट
दीपेन्द्र सिंह ऐरीले 10 बलमा 52 रन बनाउँदा 520 स्ट्राइक रेट थियो। जुन हालसम्म T20 को इतिहासमा कुनै ब्याट्सम्यानले 10 वा सोभन्दा बढी बलको इनिङमा 500 भन्दा बढी स्ट्राइक रेट बनाउन सकिएको छैन। यसअघि उत्कृष्ट 2016 मा जिम्बाब्वेको घरेलु टी–20 प्रतियोगितामा माटाबेलेल्याण्ड टस्कर्स विरुद्ध 10 बलको इनिङ्समा माल्कम वालरको 430 को स्ट्राइक रेट थियो।

एकै खेलमा सर्वाधिक छक्का प्रहार 
नेपालका ब्याट्सम्यानहरुले एकै खेलमा 26 छक्का प्रहार गरी टी-20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै छक्का प्रहार गर्ने टिम बनेको छ। यस अघिको उच्चतम 22 छक्का थियो, जुन अफगानिस्तानले 2019 मा आयरल्याण्ड‌ विरुद्ध र यस वर्षको सुरुवातमा दक्षिण अफ्रिका विरुद्ध वेस्ट इन्डिजले बनाएका थिए। साथै 2018 मा अफगानिस्तान प्रिमियर लिगमा काबुल ज्वानान विरुद्ध बाल्ख लेजेन्ड का ब्याट्सम्यानले 23 छक्का प्रहार गरेको थियो। 

दोस्रो कान्छो ब्याट्सम्यान
कुशल मल्लले 19 वर्ष 206 दिनको उमेरमा शतक पुरा गरी पुरुषको T20I मा शतक बनाउने दोस्रो कान्छो ब्याट्सम्यान बने। सबैभन्दा कान्छो फ्रान्सका गुस्ताभ म्याकेन हुन्, जसले जुलाई 2022 मा 19 वर्ष पुग्नुअघि नै दुई शतक बनाएका थिए।

उच्चतम अनुपात (%)
अतिरिक्त (एक्स्ट्रा: Extras) मार्फत आएको रन मंगोलियाको कुल रनको 56.10% प्रतिशत हो जसमा 41 रनमा अलआउट हुँदा 23 रन एक्स्ट्रा थिए। यो पुरुषको T20I इनिङ्समा एक्स्ट्रा मार्फत आएको टिम रनको उच्चतम अनुपात हो (न्यूनतम: पाँच ओभर बोल्ड)। अघिल्लो उच्चतम चीनको लागि 34.62% थियो, जसमा यस वर्षको सुरुमा थाइल्याण्ड विरुद्ध आफ्नो 26 अलआउटको क्रममा 9 अतिरिक्त थिए। 

शतक प्रहार 
एसियन गेम्स मा कुशल मल्लको 137* रन बनाएका हुन्। यस अघि खालिद लतिफले 2010 मा पुरुष प्रतियोगिताको क्वार्टर फाइनलमा चीन विरुद्ध पाकिस्तानको लागि 103 रन बनाएका थिए।

✍️ उत्तर तामाङ्ग (Uttar Tamang)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टेन ▶शार्जे हिमाल :- शान्ति पिक ▶कञ्चनजंघा :- नेपाल पिक , पाँचौ चुली ▶गौरी शंकर :- पाथिभरा हिमाल ▶धौलागिरी :- सेताे हिमाल ▶जासम्बा :- पासाङचुलि

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन खोलिएको संस्था कुन हो ?? → नार्क (NARC) ४. नेपालको कुल कृषि क्षेत्रको भूमिको कति प्रतिशत भूमिमा सिचाई सुविधा पुगेको छ ?? → ६६% ५. बाह्रै महिना सिचाईको सुविधा भएको कुल कृषि योग्य भूमि कति प्रतिशत रहेको छ ?? → ३६% ६. नेपालमा पहिलो पटक कृषि गणना कहिले भएको थियो ?? → वि.सं . २०१८ ७. छैटौं कृषि गणना अनुसार सबैभन्दा बढी खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मोरङ 2. झापा 3. सर्लाही 4. सिराहा 5. सुनसरी ८. छैटौं कृषि गणना अनुसार सबैभन्दा कम खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मनाङ् 2. मुस्ताङ् 3. डोल्पा 4. रसुवा 5. हुम्ला ९. नेपालमा हाल कृषि क्षेत्रको बृद्धिदर कति रहेको छ ?? → २.८० % १०. कृषि क्षेत्रको उत्पादनमा धानबालीको हिस्सा कति प्रतिशत रहेको छ ?? → २०.८० % ११. चालू आर्थिक बर्षमा गैर कृषि क्षेत्रको बृद्धिदर कति हुने अनुमान रहेको छ ?? →

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अङ्ग भनिन्छ । संवैधानिक अङ्गका काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको सङ्ख्या, तिनको नियुक्ति एवम् बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अङ्ग स्वतन्त्र, स्वायत्त, तटस्थ एवम् निष्पक्ष हुने गर्दछन् । सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका ह अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुनसक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भैष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अङ्गको आवश्यकता पर्दछ । नेपालमा हाल भएका #संवैधानिक_अङ्ग » नेपालको संविधान अनुसार हाल नेपालमा निम्न १३ वटा संवैधानिक अङ्ग रहेका छन्ः १. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २. महालेखा परीक्षक, ३. लोकसेवा आयोग, ४. निर्वाचन आयोग, ५. राष्ट्रिय मानव अधिकार आयोग, ६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, ७. राष्ट्रिय महिला आयोग, ८.