Skip to main content

समसामयिक जानकारी सहित प्रश्नोत्तर

१. विश्वको सातौँ अग्लो धौलागिरि हिमालको आरोहण कहिले देखि सुरु भएको छ?
➤ २०८० असोज १२

२. प्रधानमन्त्री पुष्पकमल दाहाल कहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिई २०८० असोज ५ गते चीन गएका हुन्?
➤ २०८० भदौ ३०
➤ स्वदेश फिर्ता: २०८० असोज १२

३. यस वर्षको विश्व मुटु दिवसको नारा के रहेको छ?
➤ 'मन लगाऔँ मुटु बचाऔँ'

४. यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कुन टिमले जितेका हुन्?
➤ भारत 
➤ उपविजेता: पाकिस्तान (३-०)

५. हालै एसियन गेम्स मार्फत T-20I मा ६ विकेट लिने पहिलो नेपाली बलर को बनेका छन्?
➤ अभिनाश बोहरा
➤ ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका
➤ यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका 

६. भारतीय डान्स रियालिटी शो 'इन्डियाज् बेस्ट डान्सर सिजन ३' को उपाधि नेपालका कसले जितेका हुन्?
➤ समर्पण लामा
➤ ट्रफी सहित १५ लाख भारू

७. वि.सं २०७९ सालको मदन पुरस्कार कसले र कुन कृतिले प्राप्त गरेको हो?
➤ विवेक ओझा को उपन्यास 'ऐंठन' ले

८. २०७९ सालको जगदम्बा श्री पुरस्कार कसलाई दिने निर्णय भएको छ?
➤ टेकवीर मुखिया

९. संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ले हालै तयार पारेको प्रतिवेदनअनुसार नेपाल सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा कति औं स्थानमा रहेको छ?
➤ पाँचौ 
➤ त्यस्तै: पहिलो स्थानमा भारत, नाइजेरिया दोस्रो, चीन तेस्रो र इन्डोनेसिया चौथो

१०. सन् २०२३ को 'फिजियोलोजी तथा मेडिसिन' तर्फको नोबेल पुरस्कार कसलाई दिएको छ?
➤ क्याटालिन कारिको र ड्र्यू वेसम्यान 
 ➤ कोभिड-१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गरेकोले 

११. सन् २०२३ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क-कसलाई दिने निर्णय भएको छ?
➤ पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियर
➤ योगदान: ‘पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययनका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने परीक्षणिक विधि'

१२. विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ?
➤ ३.९ प्रतिशत
➤ नेपालको बजेटले ६% आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको 

१३. यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क-कसलाई प्रदान गर्ने भएको छ?
➤ मोउंगी जी बावेन्डी, लुइस ई. ब्रुस र एलेक्सई आई एकिमोभ
➤ योगदान: 'क्वान्टम डट्सको खोज र संश्लेषण'

१४. बझाङ केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको भूकम्प कहिले गएको हो?
➤ २०८० असोज १६

१५. सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कहिले स्वीकृति दिएको हो?
➤ १७ आश्विन २०८०

१६. बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा 'योङ वर्ल्ड पोलिटिसियन अफ द इयर (Young World Politician of the Year)' अवार्ड कसले प्राप्त गरेको छ?
➤ सोबिता गौतम
➤ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

१७. विश्वव्यापी तथ्यांक राख्ने संस्था 'वर्ल्ड स्टाटिस्टिक्स' का अनुसार संसारमा सबैभन्दा बढी सार्वजनिक बिदा दिने देश कुन रहेको छ?
➤ नेपाल
➤ ३५ दिन बिदा 
➤ त्यस्तै: दोस्रो म्यानमार (३२ दिन), तेस्रो इरान (२६ दिन), चौथो श्रीलंका (२५ दिन) र पाँचौ बंगलादेश र इजिप्ट (२२-२२ दिन)

१८. यस वर्ष २०२३ को शिक्षक दिवसको नारा के रहेको छ?
➤ 'हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छ: शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता'
➤ "The teachers we need for the education we want: The global imperative to reverse the teacher shortage."

१९. सन् २०२३ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गर्ने घोषणा गरिएको छ?
➤ नर्गिस मोहम्मदी
➤ महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत

२०. जाजरकोटको बारेकोट गाउँपालिका, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प कहिले गएको हो ?
➤ वि.सं. २०८० कात्तिक १७

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टेन ▶शार्जे हिमाल :- शान्ति पिक ▶कञ्चनजंघा :- नेपाल पिक , पाँचौ चुली ▶गौरी शंकर :- पाथिभरा हिमाल ▶धौलागिरी :- सेताे हिमाल ▶जासम्बा :- पासाङचुलि

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन खोलिएको संस्था कुन हो ?? → नार्क (NARC) ४. नेपालको कुल कृषि क्षेत्रको भूमिको कति प्रतिशत भूमिमा सिचाई सुविधा पुगेको छ ?? → ६६% ५. बाह्रै महिना सिचाईको सुविधा भएको कुल कृषि योग्य भूमि कति प्रतिशत रहेको छ ?? → ३६% ६. नेपालमा पहिलो पटक कृषि गणना कहिले भएको थियो ?? → वि.सं . २०१८ ७. छैटौं कृषि गणना अनुसार सबैभन्दा बढी खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मोरङ 2. झापा 3. सर्लाही 4. सिराहा 5. सुनसरी ८. छैटौं कृषि गणना अनुसार सबैभन्दा कम खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मनाङ् 2. मुस्ताङ् 3. डोल्पा 4. रसुवा 5. हुम्ला ९. नेपालमा हाल कृषि क्षेत्रको बृद्धिदर कति रहेको छ ?? → २.८० % १०. कृषि क्षेत्रको उत्पादनमा धानबालीको हिस्सा कति प्रतिशत रहेको छ ?? → २०.८० % ११. चालू आर्थिक बर्षमा गैर कृषि क्षेत्रको बृद्धिदर कति हुने अनुमान रहेको छ ?? →

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अङ्ग भनिन्छ । संवैधानिक अङ्गका काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको सङ्ख्या, तिनको नियुक्ति एवम् बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अङ्ग स्वतन्त्र, स्वायत्त, तटस्थ एवम् निष्पक्ष हुने गर्दछन् । सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका ह अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुनसक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भैष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अङ्गको आवश्यकता पर्दछ । नेपालमा हाल भएका #संवैधानिक_अङ्ग » नेपालको संविधान अनुसार हाल नेपालमा निम्न १३ वटा संवैधानिक अङ्ग रहेका छन्ः १. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २. महालेखा परीक्षक, ३. लोकसेवा आयोग, ४. निर्वाचन आयोग, ५. राष्ट्रिय मानव अधिकार आयोग, ६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, ७. राष्ट्रिय महिला आयोग, ८.