Skip to main content

गाउँपालिका (Rural Municipality)

 🏘. गाउँपालिका भन्नाले के बुझिन्छ ?? वा गाउँपालिका भनेको के हो ??
५ देखि २१ ओटा सम्म वडाहरू मिलाएर समाजको विकास र व्यवस्थापनका लागि बनाएको स्थानीय तहलाई गाउँपालिका भनिन्छ।
➤ गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई ।

🏘. नेपालको वर्तमान संविधानअनुसार नेपाललाई कति तहमा विभाजन गरिएको छ ??
३ तह
सङ्घ, प्रदेश र स्थानीय

🏘. केन्द्रमा कुन सरकार रहन्छ ??
सङ्घीय सरकार

🏘. नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ ??
७ प्रदेश

🏘. स्थानीय तह भन्नाले केलाई बुझिन्छ ??
गाउँपालिका र नगरपालिका लाई

🏘. स्थानीय कानून भनेको के हो ??
दफा ३ बमोजिम सभाले बनाएको ऐन तथा कार्यपालिकाले बनाएको नियम, कार्यविधि, निर्देशिका वा जारी गरेको आदेशलाई स्थानीय कानून भनिन्छ।

🏘. जनतासँग नजिकको र प्रत्यक्ष सम्पर्कमा रहने तह कुन हो ??
स्थानीय तह (गाउँपालिका र नगरपालिका)

🏘. नेपालमा २०७३ फाल्गुन २७ मा लागू हुदाँ स्थानीय तहको सङ्ख्या कति थियो ??
७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएका थिए।

🏘. नेपालमा हाल कति ओटा गाउँपालिका छन् ??
४६०

🏘. गाउँपालिकाको न्यायिक समितिमा को-को हुन्छन् ??
उपाध्यक्षको संयोजकत्वमा अन्य दुई जना सदस्यहरू

🏘. गाउँसभा भनेको के हो ??
संविधानको धारा २२२ बमोजिम गाउँपालिकाको व्यवस्थापकीय कार्य गर्ने अङ्गलाई गाउँसभा भनिन्छ।
गाउँसभामा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू रहेका हुन्छन्।

🏘. गाउँ कार्यपालिका भनेको के हो ??
गाउँपालिकाको सम्पूर्ण कार्य विभाजन र सम्पादन गर्ने कार्यकारिणी अङ्गलाई गाउँ कार्यपालिका भनिन्छ।
गाउँ कार्यपालिकामा जननिर्वाचित प्रतिनिधिका साथै गाउँसभाले निर्वाचित गरेका सदस्यहरू हुन्छन्।

🏘. गाउँ कार्यपालिकाको कार्यकाल कति वर्षको हुन्छ ??
५ वर्ष

🏘. गाउँसभाका सदस्यहरूको सङ्ख्या के अनुसार फरक-फरक हुन्छ ??
वडाको सङ्ख्याअनुसार

🏘. एक गाउँपालिकामा कति देखि कति ओटासम्म वडा रहने व्यवस्था छ ??
५ देखि २१ ओटा सम्म

🏘. गाउँसभाको गठन संविधानको कुन धारा अनुसार गरिन्छ ??
धारा २२२

🏘. गाउँसभाको गठन कसरी हुन्छ ??
➤ निम्नानुसार हुन्छन्ः


🏘. गाउँ कार्यपालिकाको गठन कसरी हुन्छ ??
➤ निम्नानुसार हुन्छन्ः


🏘. गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाहरू के-के हुन् ??
यसप्रकार छन्ः
(क) स्थानीय जनताका लागि आवश्यक पर्ने सेवाहरूको व्यवस्था,
(ख) स्थानीय स्तरका विकास आयोजनाहरू सञ्चालन,
(ग) स्थानीय जनतालाई घरजग्गा र धनीपुर्जा वितरण,
(घ) स्थानीय स्तरमा रेडियो वा एफ. एम. सञ्चालन,
(ङ) स्थानीय तथ्याङ्क, अभिलेख सङ्कलन तथा व्यवस्थापन,
(च) आफ्नो अधिकारसूचीमा परेका विभिन्न कर सङ्कलन,
(छ) स्थानीय सहकारीको रेखदेख,
(ज) आधारभूत र माध्यमिक शिक्षा व्यवस्थापन,
(झ) आधारभूत स्वास्थ्य र सरसफाइका कार्य र
(ञ) सामाजिक सुरक्षा र व्यवस्थापनसम्बन्धी कार्य।

🏘. गाउँ कार्यपालिकाले गर्ने कार्यहरू के-के हुन् ??
यसप्रकार छन्ः
(क) सामान्य प्रशासकीय कार्य
(ख) राजश्व तथा आर्थिक कार्य
(ग) पूर्वधार विकास कार्य
(घ) आर्थिक विकास कार्य
(ङ) सामाजिक विकास कार्य
(च) योजना, अनुगमन तथा मूल्यांकन कार्य
(छ) तथ्याङ्क व्यवस्थापन

(स्रोतः गाउँ कार्यपालिका नियमावली, २०७४)

🏘. गाउँ कार्यपालिका गठन गर्नुको मुख्य कारण के हो ??
गाउँपालिका भित्रका जनताको काम छिटो छरितो र पारदर्शी तरिकाले सम्पन्न गर्न।

🏘. विधेयक भनेको के हो ??
सभामा पेश भएको ऐनको मस्यौदा हो।


यस्तै नगरपालिका (Municipality) सम्बन्धी जानकारीको लागि यहाँ थिच्नुहोस।

Ⓢ Uttar Tamang

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...