🏠. नगरपालिका भन्नाले के बुझिन्छ ?? वा नगरपालिका भनेको के हो ??
➤ गाउँपालिका भन्दा अलि ठूलो क्षेत्र र जनसङ्ख्या समेटेको स्थानीय तहलाई नगरपालिका भनिन्छ।
➤ नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो।
➤ गाउँपालिका भन्दा अलि ठूलो क्षेत्र र जनसङ्ख्या समेटेको स्थानीय तहलाई नगरपालिका भनिन्छ।
➤ नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो।
🏠. नगरपालिका कति प्रकारको हुन्छन् ??
➤ ३
➤ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका
🏠. हाल नेपालमा कति नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छन् ??
➤ २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका
🏠. नगरपालिकालाई के-के को आधारमा विभाजन गरिन्छ ??
➤ आयस्रोत, जनसङ्ख्या, क्षेत्र, विकास, सुविधा आदि
🏠. नगरपालिकामा कम्तीमा कति देखि बढीमा कति ओटा सम्म वडाहरू रहने व्यवस्था छ ??
➤ ९ देखि ३५ ओटा सम्म वडाहरू
🏠. नगरपालिकाको न्यायिक समितिमा को-को हुन्छन् ??
➤ नगर उपप्रमुखको संयोजकत्वमा अन्य दुई जना सदस्यहरू।
🏠. नगरसभा भनेको के हो ??
➤ संविधानको धारा २२३ बमोजिम नगरपालिकाको व्यवस्थापकीय कार्य गर्ने अङ्गलाई नगरसभा भनिन्छ।
➤ नगरसभामा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू रहेका हुन्छन्।
🏠. नगर कार्यपालिका भनेको के हो ??
➤ नगरपालिकाको सम्पूर्ण कार्य विभाजन र सम्पादन गर्ने कार्यकारिणी अङ्गलाई नगर कार्यपालिका भनिन्छ।
➤ नगर कार्यपालिकामा जननिर्वाचित प्रतिनिधिका साथै नगरसभाले निर्वाचित गरेका सदस्यहरू हुन्छन्।
🏠. नगरसभाको गठन कसरी हुन्छ ??
➤ यसप्रकार हुन्छः
🏠. नगर कार्यपालिकाको गठन कसरी हुन्छ ??
➤ यसप्रकार हुन्छः
🏠. नगर कार्यपालिकाको कार्यकाल कति वर्षको हुन्छ ??
➤ ५ वर्ष
🏠. नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाहरू के-के हुन् ??
➤ यसप्रकार छन्ः
(क) स्थानीय जनताका लागि आवश्यक पर्ने सेवाहरूको व्यवस्था,
(ख) स्थानीय स्तरका विकास आयोजनाहरू सञ्चालन,
(ग) स्थानीय जनतालाई घरजग्गा र धनीपुर्जा वितरण,
(घ) स्थानीय स्तरमा रेडियो वा एफ. एम. सञ्चालन,
(ङ) स्थानीय तथ्याङ्क, अभिलेख सङ्कलन तथा व्यवस्थापन,
(च) आफ्नो अधिकारसूचीमा परेका विभिन्न कर सङ्कलन,
(छ) स्थानीय सहकारीको रेखदेख, कर र मालपोत सङ्कलन,
(ज) आधारभूत र माध्यमिक शिक्षा व्यवस्थापन,
(झ) आधारभूत स्वास्थ्य र सरसफाइका कार्य र
(ज) सामाजिक सुरक्षा र व्यवस्थापनसम्बन्धी कार्य।
🏠. नगर कार्यपालिकाले गर्ने कार्यहरू के-के हुन् ??
➤ यसप्रकार छन्ः
(क) सामान्य प्रशासन कार्य
(ख) राजस्व तथा आर्थिक प्रशासन कार्य
(ग) आर्थिक क्रियाकलाप विकास कार्य
(घ) शहरी पूर्वधार विकास कार्य
(ङ) वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन कार्य
(च) सामाजिक विकास कार्य
(छ) भूमि व्यवस्थापन तथा भवन नियमन कार्य
(ज) योजना, अनुगमन तथा तथ्याङ्क शाखाको कार्य
(झ) न्याय, कानुन तथा मानव अधिकार प्रवर्द्धन।
Uttar Tamang
Comments
Post a Comment