Skip to main content

कान (Ear) सम्बन्धी प्रश्नोत्तर:

👂. श्रवणको ज्ञान दिलाउने ज्ञानेन्द्रिय कुन हो ??
कान (Ear)

👂. कानको संरचनालाई कति भागमा विभाजन गरिएको छ ??
तिन (बाहिरी कान, मध्य कान र भित्री कान)

👂. तलका मध्ये कुन अङ्गले शरिरलाई सन्तुलित राख्ने काम गर्दछ ??
क) नाक
ख) कान
ग) आँखा 
घ) छाला
ख)

👂. बाहिरी कान (External Ear) लाई कति भागमा विभाजन गरिएको छ ??
तिन (पिन्ना, श्रवण नली र कानको जाली)

👂. कानको सबैभन्दा बाहिर देखिने भागलाई के भनिन्छ ??
पिन्ना (Pinna)

👂. पिन्ना (Pinna) कस्तो हाडबाट बनेको हुन्छ ??
कुरकुरे हाड

👂. पिन्नाको तल्लो छेउ कुन तन्तुले बनेको हुन्छ ??
बोसे तन्तु (Fatty Tissue)

👂. पिन्ना (Pinna) को काम के हो ??
आवाजका तरङ्गहरुलाई सङ्कलन गरी श्रवण नली तिर पठाउने।

👂. पिन्ना देखि कानको जाली सम्म फैलिएको भाग के हो ??
श्रवण नली (Auditory Canal)

👂. श्रवण नली के ले ढाकिएको हुन्छ ??
रौँयुक्त छालाले

👂. श्रवण नलीमा कुन कुन ग्रन्थीहरू हुन्छन् ??
सेरुमिनस ग्रन्थी (Ceruminous Gland) र तेल ग्रन्थी (Sebaceous Gland)

👂. कानेगुजी (Earwax) के ले निकाल्छ ??
सेरुमिनस ग्रन्थी (Ceruminous Gland)

👂. सिवेसियस ग्रन्थीले के निकाल्छ ??
तेल जस्तो चिल्लो पदार्थ

👂. श्रवण नलीकाे कार्य के हो ??
धुलोका कणहरू भित्र जानबाट रोक्ने र कानलाई सुख्खा हुनबाट बचाउने।

👂. कानको जालीलाई अङ्ग्रेजीमा के भनिन्छ ??
टिम्पेनिक मेम्ब्रन (Tympanic Membrane)

👂. कानको जाली कहाँ रहेको हुन्छ ??
बाहिरी श्रवण नली र मध्य कानको बिचमा।

👂. तलका मध्ये कुन कानको जालीकाे गुण हो ??
क) तन्किने
ख) घुम्ने
ग) फैलिने 
घ) बढ्ने
क)

👂. बाहिरी कानको जाली पछाडि खप्परमा अवस्थित खाल्डो परेको हावादार भागलाई के भनिन्छ ??
मध्य कान (Middle Ear)

👂. मध्य कान कति ओटा अनियमित हाडहरु मिलेर बनेको हुन्छ ??

👂. मध्य कान बन्ने अनियमित तिन हाडहरु कुन कुन हुन् ??
हतौडा (Malleus), अचानो (Incus) र रिकाप (Stape)

👂. मध्य कान र घाँटी जोड्ने नली कुन हो ??
कण्ठकर्ण नली (Eustachian Tube)

👂. तलका मध्ये कुन अङ्ग सँग अडिटरी नर्भ सम्बन्धित छ ??
क) जिब्रो
ख) कान
ग) आँखा 
घ) छाला
ख)

👂. कानमा रहेकाे पारदर्शक तरल पदार्थलाई के भनिन्छ ??
इन्डोलिम्फ (Endolymph)

👂. कन्चटका हाडका बिचमा अवस्थित हाडलाई के भनिन्छ ??
ल्याबिरिन्थ (Labyrinth)

👂. भित्री कानमा पर्ने दुई भागहरू कुन कुन हुन् ??
हाडको घुमाउरो आकार (Bony Labyrinth) र झिल्लीको घुमाउरो आकार (Membranous Labyrinth)

👂. Bony र Membranous Labyrinth को बिचमा रहेको तरल पदार्थ कुन हो ??
पेरिलिम्फ (Perilymph)

👂. हाडको घुमाउरो आकार (Bony Labyrinth) लाई कति भागमा विभाजन गरिएको छ ??
३ {भेस्टीबुल (Vestibule), अर्ध चन्द्राकार नली (Semicircular Canal) र कक्लिया (Cochlea)}


👂. हवाई जहाजमा चकलेट किन दिइन्छ ??
कानमा हावाको चापलाई सन्तुलन बनाई राख्न र साथै कण्ठकर्ण नली खुल्ने र बिचको कानमा हावा पस्ने हुनाले।

👂. मानिसले कसरी आवाज सुन्छ ?? How do people hear sound ??
स्रोतबाट आएको ध्वनि तरङ्गहरू बाहिरी कानको पिन्नाले जम्मा गरी श्रवण नली हुँदै कानको जालीमा कम्पन पैदा गर्दछन् । जसका कारण मध्य कानमा गति पैदा हुन्छ । यसले गर्दा कम्पन इन्डोलिम्फमा पुग्छन् । त्यसपछि आवाजका तरङ्गहरू पेरिलिम्फ हुँदै कक्लियामा पुगेपछि यसमा रहेका रौयुक्त कोषहरू उत्तेजित हन्छन । आवाजको प्रेरणालाई कक्लियामा जोडिएको श्रवण नलीले मस्तिष्कको श्रवण केन्द्रमा पुर्याउँदा मानिसले आवाज सुनेको महसुस गर्छ।

👂. कानको हेरचाह र सरसफाइ कसरी गर्न सकिन्छ ?? (Care and hygiene of Ear)
➤ कानको हेरचाह र सरसफाइ निम्नानुसार गर्न सकिन्छ:
(क) साबुन पानीले कानलाई धोएर,
(ख) कडा वस्तु कानभित्र पस्न नदिएर,
(ग) जथाभावी औषधीको प्रयोग नगरेर,
(घ) आमाको दुध बच्चाको कानमा पर्न नदिएर
(ङ) धेरै चर्को आवाज नसुनेर,
(च) कान सम्बन्धी समस्या परेमा चिकित्सकलाई देखाएर।


🖊Uttar Tamang (उत्तर तामाङ्ग)

यस्तै अन्य ज्ञानेन्द्रियहरु: आँखा (Eye), नाक (Nose), जिब्रो (Tongue)छाला (Skin) सम्बन्धी प्रश्नोत्तरको लागि यहाँ थिच्नुहोस्।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...