Skip to main content

जिब्रो (Tongue) सम्बन्धी प्रश्नोत्तरहरू:

Pic: Blogger











👅. स्वाद थाहा पाउने ज्ञानेन्द्रिय कुन हो ??
➤ जिब्रो (Tongue)

👅. मानव जिब्रोलाई कुन झिल्लीको ढाकेको हुन्छ ??
➤ म्युकस झिल्ली

👅. जिब्रोको जराको भाग कुन हाडसँग जोडिएको हुन्छ ??
➤ घाँटीको हाड (Hyoid bone)

👅. जिब्रोको किनारको भाग के द्वारा चिउँडोको हाडसँग जोडिएको हुन्छ ??
➤ मांसपेशी

👅. मानव जिब्रोलाई कति भाग वा सतहमा बाँडिएको छ ??
➤ दुई (माथिल्लो र तल्लो सतह वा भाग)

👅. जिब्रोको माथिल्लो भागलाई कुन मांसपेशी भनिन्छ ??
➤ बाहिरी मांसपेशी (Extrinsic muscle)

👅. एक्सट्रिन्सिक मसल के-के सँग जोडिएको हुन्छ ??
➤ जिब्रोको जरा, चिउँडो र घाँटीको हाड

👅. जिब्रोको बाहिरी मांसपेशीको कार्य के हो ??
➤ जिब्रोलाई उठाउने र भित्र बाहिर गराउन सहयोग।

👅. जिब्रोको तल्लो भागमा कुन मांशपेशी रहन्छ ??
➤ भित्री मांसपेशी (Intrinsic muscle)

👅. जिब्रोको भित्री मांसपेशीले के गर्न सहयोग गर्दछ ??
➤ जिब्रोको आकार बदल्न।

👅. जिब्रोको माथिल्लो सतह खस्रो हुन्छ, जसलाई के भनिन्छ ??
➤ अङ्कुर (Papillae)

👅. अङ्कुर (Papillae) मा कस्ता कोषहरू हुन्छन् ??
➤ स्वादका ग्राहक कोष (Receptor cell)

👅. स्वादका अङ्कुर (Papillae) हरूलाई कति भागमा बाँडिएको छ ??
➤ तिन भाग
१. भ्यालेट अङ्कुर (Vallate papillae)
२. फङ्गिफर्म अङ्कुर (Fungiform papillae)
३. फिलिफर्म अङ्कुर (Filiform papillae)

👅. जिब्रोको नाडी सूत्रहरु मिलेर स्वादलाई मस्तिष्क सम्म के को सहायताले पुर्याउँछन् ??
➤ स्वाद नाडी

👅. मुख्यतया स्वाद कति प्रकारका हुन्छन् ??
➤ चार
➤ गुलियो, नुनिलो, अमिलो र तितो

👅. जिब्रोको कार्यलाई कति भागमा बाँडिएको छ ??
➤ दुई
१. संवेदनात्मक कार्य (Sensory function)
२. क्रियात्मक कार्य (Motor function)

👅. जिब्रोको संवेदनात्मक कार्य अन्तर्गत के पर्दछ ??
➤ तितो, अमिलो, नुनिलो र गुलियो स्वादहरू छुट्याउने कार्य।

👅. जिब्रोको क्रियात्मक कार्य अन्तर्गत के पर्दछ ??
➤ खाना चपाउने र निल्ने, तथा बोली निकाल्ने कार्य।

👅. जिब्रोको टुप्पोले कुन स्वाद थाहा पाउँछ ??
➤ गुलियो र नुनिलो

👅. जिब्रोको कुन भागले कुन स्वाद थाहा पाउँछन् ??
➤ टुप्पो → गुलियो
➤ टुप्पोको पछाडि → नुनिलो
➤ बिच → अमिलो
➤ फेद → तितो

👅. मानिसले कसरी स्वाद थाहा पाउँछन् ?? How do people know the taste ??
➤ फरक फरक किसिमका स्वाद थाहा पाउन फरक फरक स्वादका अङ्कुरहरू जिब्रोमा हुन्छन् । जुन वस्तुको स्वाद थाहा पाउने हो, त्यो वस्तु थुकमा घुल्छ । घुलेको वस्तुले सम्बन्धित स्वादका ग्राहक कोषहरूलाई उत्तेजित गर्छन् र नाडी प्रेरणा निकाल्दछन् । यी नाडी प्रेरणाहरू मस्तिष्कको स्वाद केन्द्रमा पुग्दा मानिसले त्यो वस्तुको स्वाद थाहा पाउँछौँ ।

👅. जिब्रोको हेरचाह र सरसफाइ कसरी गर्न सकिन्छ ??
➤ जिब्रोको हेरचाह र सरसफाइ निम्नानुसार गर्न सकिन्छ:
(क) जिब्रो सफा राख्ने,
(ख) बढी तातो पेय पदार्थको प्रयोगमा कमी ल्याएर,
(ग) मुखमा धारिलो चिजविजहरू नराखेर,
(घ) रसिला खाद्य पदार्थ प्रयोग गरेर,
(ङ) जिब्रोको समस्या भएमा चिकित्सकलाई देखाएर।


🖊उत्तर तामाङ्ग (Uttar Tamang)

यस्तै अन्य ज्ञानेन्द्रियहरु: आँखा (Eye), कान (Ear), नाक (Nose) र छाला (Skin) सम्बन्धी प्रश्नोत्तरको लागि यहाँ थिच्नुहोस्।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...