Skip to main content

छाला (Skin) सम्बन्धी प्रश्नोत्तरहरू:

Pic: Depositphotos


💆. स्पर्श चेतना (Sense of touch) कुन ज्ञानेन्द्रियले प्राप्त गर्दछ ??
छाला (Skin)

💆. संरचनाको दृष्टिले मानिसको छालालाई कति भागमा विभाजन गरिएको छ ??
दुई
१. बाहिरी छाला (Epidermis)
२. भित्री छाला (Dermis)

💆. बाहिरी छाला (Epidermis) मा के के हुन्छन् ??
पातला, रक्तनली नभएका, कोषहरूकाे पत्र

💆. भित्री छाला (Dermis) मा के के हुन्छन् ??
स्नायु रेशाहरू, रक्तनली, पसिनाका ग्रन्थीहरू, तेल निकाल्ने ग्रन्थीहरू र रौँका जराहरू।

💆. बाहिरी छाला (Epidermis) कस्तो तन्तुले बनेको हुन्छ ??
पारदर्शी तह र तहदार तन्तु (Stratified Epithelium Tissue)

💆. बाहिरी छालामुनिको तहलाई के भनिन्छ ??
भित्री छाला

💆. भित्री छालाको तल्लो भागमा के को पत्र पाइन्छ, जुन खुकुलो हुन्छ ??
बोसो

💆. भित्री छालामा रहेको बोसोलाई अङ्ग्रेजीमा के भनिन्छ ??
Subcutaneous Fat
यो पुरुषको तुलनामा महिलामा बढी मात्रामा हुन्छ।

💆. भित्री छालामा रहेको बोसोको काम के हो ??
शरीरलाई तातो बनाउने

💆. तपाईलाई थाहा छ ??
मानिसहरू सूर्यबाट भिटामिन डी पाइन्छ भन्ने विश्वास गर्दछन् तर सौर्य विकिरणबाट भिटामिन डी प्राप्त हुँदैन। सौर्य विकिरण मध्ये परावैजनी युक्त विकिरण हरूले शरीरमा रहेको इर्गोस्टेरोल रसायन (Ergosterol chemical) लाई भिटामिन डी मा परिणत गर्छन्।

💆. छालाको कार्यहरू के के हुन् ??
➤ यस प्रकार छन्:
(क) शरिरलाई बाहिरबाट छोपेर विभिन्न प्रकारका खतराबाट रक्षा गर्ने,
(ख) बाहिरी असर पर्नसाथ तुरुन्त चेतना दिने,
(ग) पसिनाको वाष्पिकरण प्रक्रियाबाट शरीरको तापक्रम सन्तुलन बनाई राख्ने,
(घ) चिल्ला पदार्थहरू शोषण गर्नु,
(ङ) पसिना र चिल्लो पदार्थ अलग गर्नु,
(च) शरीरबाट बेकारका वस्तुहरू फ्याँक्नु,
(छ) घामको विकिरण र इर्गोस्टेरोलको संश्लेषणबाट छालामा भिटामिन डी उत्पादन गर्नु,
(ज) पानी र बोसोको भण्डार गरी आवश्यकता अनुसार खर्च गर्नु,
(झ) छालामा काटेको तथा घाउ लागेको अवस्थामा मर्मत गर्नु,
(ञ) तातो, चिसो, खस्रो, नरम, पीडा आदिको चेतना सम्बन्धी ज्ञान दिनु।

💆. छालाको हेरचाह र सरसफाइ कसरी गर्न सकिन्छ ??
➤ छालाको हेरचाह र सरसफाइ निम्नानुसार गर्न सकिन्छ:
(क) समय र परिवेश अनुसारको नुहाउने,
(ख) चिलाउने र पोल्ने चिजबाट टाढा रहने,
(ग) सधैँ सफा पानी र साबुनको प्रयोग गर्ने,
(घ) छालामा कस्मेटिक पदार्थको अधिक प्रयोग नगर्ने,
(ङ) बढी तातो तथा चिसो वस्तुको सम्पर्कमा नजाने,
(च) झुलको प्रयोग गर्ने,
(छ) पोषणयुक्त खाद्य पदार्थ र भिटामिन ए युक्त पदार्थहरूको प्रयोग गर्ने।


🖊उत्तर तामाङ्ग (Uttar Tamang)

यस्तै अन्य ज्ञानेन्द्रियहरु: आँखा (Eye), कान (Ear), नाक (Nose)जिब्रो (Tongue) सम्बन्धी प्रश्नोत्तरको लागि यहाँ थिच्नुहोस्।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...