३५१) तिब्बती धार्मिक गुरु दलाई लामा भारतमा कहिले देखि निर्वासित छन् ?
➤ सन् १९५९ देखि
३५२) बुद्ध धर्मको झण्डामा कति रंग हुन्छन् ?
➤ ५ वटा
३५३) गौतम बुद्ध कि आमा माया देवीको निधन हुँदा उनी कति उमेरका थिए ?
➤ ५ दिन
३५४) आर्य वल्लभ नेपालका कुन प्रख्यात देवताको अर्को नाम हो ?
➤ मछिन्द्रनाथ
३५५) नेपालमा पहिलो पटक भारत आन्द्र प्रदेशका प्रख्यात भगवान तिरूपति वालाजीको मूर्ति दर्शनको लागि काठमाडौँको खुला मञ्चमा कहिले राखिएको थियो ?
➤ २०६८ फागुन १३ नेपालको पहिलो
३५६) बृन्दावन कुन ठाउँमा निर्माण हुँदैछ ?
➤ भक्तपुर ७ दधिकोटको अनन्तलिङ्गेश्वर परिसर
३५७) मान्म पन्चदेवल कहाँ पर्छ ?
➤ कालिकोट
३५८) स्वर्गद्वारी महाप्रभुको वास्तविक नाम के हो ?
➤ नारायण गौतम खत्री
३५९) पाँच पाण्डव र द्रौपदीले नेपालको कुन स्थानमा यज्ञ गरी मोक्ष प्राप्त गरेको विश्वास गरिन्छ ?
➤ स्वर्गद्वारी
३६०) नवरात्रीमा पूजिने विभिन्न देवीहरूमध्ये पहिलो दिन कुन देवीको पूजा आराधना गर्ने गरिन्छ ?
➤ शैलपुत्री
३६१) पूराणहरू मध्ये नेपाल बारे सबैभन्दा धेरै बयान भएको पूराण कुन हो ?
➤ स्कन्ध पूराण
३६२) ईंटबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ?
➤ पाटनको महाबौद्ध मन्दिर
३६३) भगवान गौतम बुद्धले ज्ञान प्राप्तिका लागि उपयोग गरेको मानिने साधना बिधि विपश्यनाका आधुनिक अभियन्ता कसलाई मानिन्छ ?
➤ सत्य नारायण गोयन्का
३६४) बौद्ध दर्शन र तामाङ संस्कृति अध्ययन गर्न सकिने ‘क्याङजेन भ्याली’ नेपालको कुन जिल्लामा रहेको छ ?
➤ रसुवा
३६५) सम्राट अशोकले हिद बुधे जाते शाक्यमुनि भगवान अभिलेख सहित शिलास्तम्भ राखेको बुद्ध जन्मस्थललाई डा. फुहररले कहिले पत्ता लगाएका थिए ?
➤ सन् १८९९ डिसेम्वर १
३६६) आवश्यक शुत्र कुन धर्मको धार्मिक ग्रन्थ हो ?
➤ जैन धर्म
३६७) खराउ मात्र लगाएर 'अरुण नदी' पार गर्ने नेपाली धर्मपुरुष को हुन् ?
➤ बालागुरु षडानन्द
३६८) आईतबार, आश्विन शुक्ल पूर्णिमा, रेवती नक्षत्र, व्याघात हर्षण योग र चन्द्र ग्रहणको योग गरी ५ दुर्लभ संयोग भएमा मनाईने पर्व कुन हो ?
➤ दिपंखा यात्रा
३६९) चावहिल स्थित बौद्ध स्तुपा (विहार) कसले बनाएको हो ?
➤ चारूमती
३७०) ग्रीक देवताहरूको प्रमुख को हुन् ?
➤ जीउस
३७१) “कैलाशनाथ महादेव” नामले चिनिने नेपाल स्थित भक्तपुरमा रहेको विश्वकै अग्लो शिव मूर्तिको उचाई कति रहेको छ ?
➤ १४३ फिट
३७२) गम्की नामक नेवारी भाषाको पुस्तक कसले लेखेको हो ?
➤ धुस्वाँ सायमी
३७३) दशैं तिहारमा बिदा दिने चलन कहिले देखि चलेको हो ?
➤ २००८
३७४) राउटे, किसान, मेचे, जनजातिहरू कुन समूह अन्तर्गत पर्दछन् ?
➤ लोपोन्मुख समूह
३७५) राष्ट्रिय दलित आयोग कहिले गठन भएको थियो ?
➤ २०५८ चैत्र
Click Here for धर्मशास्त्र-१४ ⏮⏸⏭ धर्मशास्त्र-१६
Comments
Post a Comment