Skip to main content

धर्मशास्त्र-१४

३२६) महाभारतको कुन पर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ ?
➤ वन पर्व

३२७) प्राचीन कालमा स्वयंभूनाथलाई के भनिन्थ्यो ?
➤ युयान

३२८) आधिकारिक रूपमा बुद्धको जन्मस्थल कहिले पत्ता लागेको थियो ?
➤ सन् १८९५ डिसेम्बर १

३२९) श्रावण शुक्लपञ्चमीलाई के भनेर चिनिन्छ ? 
➤ नागपञ्चमी

३३०) भगवान सम्बन्धी अध्ययनलाई के भनिन्छ ?
➤ Theology

३३१) द्वापर युगका चक्रवर्ती राजा युधिष्ठिर हुन् भने कलियुगका चक्रवर्ती राजा को हुन् ?
➤ भोजराज

३३२) भगवान्  विष्णुले पहिरने मालालाई के भनिन्छ ?
➤ वैजयन्ती

३३३) भगवान गौतम बुद्धको मृत्यु पश्चात बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
➤ मूल सर्वास्तिविनय

३३४) गौतम बुद्धलाई बुद्धत्व प्राप्त गर्छ भनेर ठोकुवा गर्ने व्यक्ति को हुन् ?
➤ कौडिन्य

३३५) मच्छिन्द्रनाथलाई कसको पालामा काठमाडौँ  उपत्यका ल्याएको थियो ?
➤ नरेन्द्रदेव

३३६) इतिहासमा व्यक्त, भए अनुसार मच्छिन्द्रनाथलाई कहाँबाट ल्याइएको हो ?
➤ कामरूप कामाक्षा

३३७) लिच्छवीकालमा जनतालाई कति भागमा विभक्त गरिएको थियो ?
➤ दुई भागमा (पौर र जानपाद)

३३८) सीता भन्नाले पवित्र बुझिन्छ भने मिरा भन्नाले के बुझिन्छ ?
➤ भक्तिनी

३३९) अध्यात्मिक नेता साईबाबाको वास्तविक नाम के हो ?
➤ सत्यनारायण राजु

३४०) “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ?
➤ शेर्पा

३४१) रोमनका युद्धका देवता भनेर कसलाई मानिन्छ ?
➤ मार्स

३४२) अन्तर्राष्ट्रिय श्रम सँगठनको महासन्धि नं १६९ के सँग सम्बन्धित छ ?
➤ आदिवासी जनजाति

३४३) जानकी नवमी भन्नाले कुन तिथिलाई जनाउँछ ?
➤ वैशाख शुक्ल नवमी

३४४) नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दिएको थियो ?
➤ २०४९ भाद्र ४

३४५) “प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छन् ।” यो भनाई कसको हो ?
➤ सत्य साइ बाबा

३४६) राजनीतिक मनोकाङ्क्षा समेत पूरा गरिदिने देवीका रूपमा चिनिने छिन्नमस्ता देवीको मन्दिर कहाँ पर्छ ?
➤ सप्तरी

३४७) हिन्दु धर्म अनुसार काजक्रिया गर्दा १३ दिनमात्र गरे पुग्ने गरी इस्तिहार जारी गर्ने राणा प्रधानमन्त्री को हुन् ?
➤ जुद्धशमशेर

३४८) गौतम बुद्ध जन्मनासाथ नुहाइएको पोखरीलाई के भनिन्छ ?
➤ पुष्करिणी तीर्थ

३४९) महादेवका तीन नेत्रलाई के–के प्रतीक मानिन्छ ?
➤ अग्नी, सूर्य, र चन्द्र 

३५०) नेपालको एक मात्र जैन मन्दिर कहाँ रहेको छ ?
➤ काठमाडौंको ज्ञानेश्वरमा

Comments