Skip to main content

धर्मशास्त्र—२

 २५) रामको बहिनीको नाम के हो ??
शान्ति

२६) अन्धा धृतराष्ट्रलाई महाभारतको युद्ध सुनाउने को थिए ??
सञ्जय

२७) रामायणकालमा भारत र श्रीलङ्गा जोड्ने पुलको नाम के थियो ??
आदम पुल

२८) भगवान विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पैतालाको चिन्हलाई के भनिन्छ ??
श्रीवत्स

२९) शेष नागको वासस्थानलाई के भनिन्छ ??
मणीमण्डप

३०) राम र सीता बीच कस्तो विवाह भएको थियो ??
पराक्रम विवाह

३१) गाईजात्रा कुन तिथिमा पर्दछ ??
भाद्र कृष्ण प्रतिपदा

३२) “गाईजात्रा” लाई नेपाल भाषामा के भनिन्छ ??
सापारू

३३) इन्द्र जात्रा कहिले मनाइन्छ ??
श्रावण शुक्ल चर्तुदशी 

३४) हाँस्य ब्यङ्गय उत्सव भनेर कुन दिनलाई चिनिन्छ ??
गाईजात्रा 

३५) इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ??
जयप्रकाश मल्ल 

३६) नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ??
कीर्तिपुर (२०६९, लो. से.आ.) 

३७) १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ??
रातो मछिन्द्रनाथको मन्दिर

३८) इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ??
जय प्रकाश मल्ल 

३९) ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिना सम्म मनाउने पर्व हो ??
रानाथारू 

४०) ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ??
भैरव

४१) दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ??
खोकना 

४२) दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ??
पशुपति क्षेत्र

४३) “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ??
शेर्पा

४४) “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ??
नेवार

४५) हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ??
म्याग्दी

४६) छोक्रा नाच कुन समुदायको नाच हो ??
थारू 

४७) नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ??
लिम्वु

४८) वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ??
पश्चिम तराईका थारू 

४९) “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ??
चण्डी नाच

५०) महिला हिंसा सँग सम्बन्धित “कमलरी प्रथा” कुन जातिमा प्रचलित कुप्रथा हो ??
थारु जाति (२०६८, लो . से.आ.)


Uttar Tamang

Comments